८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar अकबरेमा ‘कोत्रे’ रोग देखिएपछि किसान चिन्तामा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar भोटेकोशी विपद्पछि पुनःस्थापना र पुनर्निर्माणका लागि जी–७ को सहयोग आवश्यक: परराष्ट्रमन्त्री खनाल News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने

नेपाल मधुमेही समाजलाई भवन निर्माणका लागि आर्थिक सहयोग गर्ने काठमाडौं महानगरपालिकाको घोषणा

नेपाल मधुमेही समाजलाई भवन निर्माणका लागि आर्थिक सहयोग गर्ने काठमाडौं महानगरपालिकाको घोषणा
अ+ अ-

काठमाडौं। विश्व मधुमेह दिवसका अवशरमा काठमाडौं महानगरपालिकाले नेपाल मधुमेही समाजलाई भवन निर्माणका लागि आर्थिक सहयोग गर्ने घोषणा गरेको छ । विपन्न मधुमेहीहरुलाई उपचार र परीक्षण लगायतका सम्पूर्ण सेवाहरु निःशुल्क प्रदान गर्दै आएको मधुमेही समाजलाई महानगरपालिकाले भवन निर्माणका लागि आर्थिक सहयोग गर्ने भएको हो । दिवसका अवशरमा आज आयोजित कार्यक्रममा महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले राज्यले सेवा दिनुपर्ने वर्गलाई लक्षीत गरि सेवा प्रदान गर्नेगरी भवन निर्माणका लागि आर्थिक सहयोग गर्ने बताउनुभयो । महानगरपालिकाले विभिन्न सरकारी अस्पतालहरुलाई सहयोग गर्दै आइरहेको स्मरण गराउँदै आफ्नो सामाजिक उत्तरदायित्व अन्तरगत जनताको सेवाका लागि सहकार्य गर्न तयार रहेको बताउनुभयो ।

दिवसका अवशरमा १५ जना विशेषज्ञ चिकित्सकहरुबाट लिखित ‘मधुमेह’ नामक पुस्तक लोकार्पण गरिएको छ । यस्तै मधुमेह रोग सम्बन्धि ससाखः कका नामक लघु चलचित्र पनि प्रदर्शन गरिएको छ । नेपाल मधुमेही समाजका अध्यक्ष शिव श्रेष्ठले कोभिडबाट मधुमेहबाट पीडित व्यक्तिहरु बढी प्रभावित भएकाले नियमित रुपमा मधुमेह सम्बन्ध् विशेषज्ञा चिकित्सकको व्यवस्था गर्न महानगरसँग आग्रह गर्नुभयो ।

वरिष्ठ मुटुरोग विशेषज्ञा डा. प्रकाशराज रेग्मीले मधुमेहको उपचार भनेर सुगर नियन्त्रण मात्रै हो भन्ने सोच परिवर्तन गर्न सबैमा आग्रह गर्नुभयो । उहाँले नसर्ने रोग भएपनि कोरोना महामारी भन्दा मधुमेह रोग बढी खतरनाक भएको बताउनुभयो । नेपाल मधुमेही समाजले अहिले विशेषज्ञहरुबाट मधुमेह, ग्रन्थी, थाइरोइड, मुटु, आँखा, हाड जोनी तथा इसिजी, इको लगायतका सेवाहरु न्यून शुल्कमा उपलब्ध गराउँदै आएको छ ।