२९ चैत्र २०८१, शुक्रबार
April 11, 2025 Friday

16.27°C

काठमाडौं

16.27°C

Kathmandu

Feels-like: 16.56

Wind: 1.54

Humidity: 100

Latest
विद्युतीय दुर्घटनाबाट मृत्यु हुनेका परिवारलाई १० लाखसम्म राहत दिइने गोली लागेर एक सैनिकको मृत्यु विसु पर्व मनाउन घर फर्कदै नेपाली खेलकुद राष्ट्रको पहिचान र गौरवको आधारशिला हो मादी नदीमा डुबेर बालकको मृत्यु शिक्षकका माग पूरा गर्न समाजवादी मोर्चाको आग्रह केन्द्रीय समितिको बैठकबारे रास्वपाका कार्यवाहक सभापति अर्यालले कारागारमै पुगेर गरे सभापति रविसँग छलफल डेडिकेटेड तथा ट्रंकलाइन विवाद समाधान गर्न उद्योगीसँग छलफल सभामुख घिमिरेद्वारा दिगवङ्त सांसद बोहोराप्रति श्रद्धान्जली व्यक्त नेपाली साहित्यको विकासमा मस्र्याङ्दी प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईपीएलमा बिक्रि भएका विदेशी खेलाडीले प्रतियोगिता नखेले २ वर्षसम्म प्रतिबन्ध लगाइने



अ+ अ-

काठमाडौँ । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले शनिबार आईपीएलको नयाँ रिटेन्सन नीति लागू गरेको छ । नीति नियमका कारण विदेशी खेलाडीहरु घाटामा रहेको देखिन्छ ।

यसअन्तर्गत सबै विदेशी खेलाडीले मेगा अक्सनमा दर्ता गर्नुपर्नेछ । यदि उनीहरूले दर्ता गरेनन् भने, उनीहरूले पछि हुने मिनी लिलामीमा प्रवेश पाउने छैनन् ।

साथै, लिलामीमा बिक्री भएपछि कुनै खेलाडी प्रतियोगिताबाट पछि हटेमा उसलाई अर्को २ सिजनको लागि प्रतिबन्ध लगाइनेछ । साथै विदेशी खेलाडीले अब एक सिजनमा १८ करोड रुपैयाँभन्दा बढी कमाउन पाउने छैनन् । पछिल्लो मिनी लिलामीमा अस्ट्रेलियाका मिचेल स्टार्क २४.७५ करोडमा र प्याट कमिन्स २०.५० करोडमा बिक्रि भएका थिए ।

यदि कुनै विदेशी खेलाडी लिलामीमा बिक्री भइसकेपछि प्रतियोगिताबाट फिर्ता भएमा उसलाई अर्को २ सिजन प्रतिबन्ध लगाइनेछ । यसको मतलब उसले अर्को दुई लिलामीमा भाग लिन सक्नेछैन । यद्यपि, खेलाडी घाइते भएमा उसलाई प्रतिबन्ध लाग्दैन । यसका लागि उसले आफ्नो राष्ट्रिय बोर्डबाट अनुमति लिनुपर्नेछ ।

पहिलो पटक आईपीएलमा विदेशी खेलाडीलाई दिइने रकममा नियम आएको छ । मिनी लिलामीमा विदेशी खेलाडीले १८ करोड रुपैयाँभन्दा बढीको रिटेन्सन मूल्य पाउने छैनन् । अथवा मेगा अक्सनमा सबैभन्दा महँगो भारतीय खेलाडी १६ करोड भारुमा बिक्रि भएमा मिनी अक्सनमा विदेशी खेलाडीले १६ करोडभन्दा बढी पाउने छैनन् ।

उदाहरणका लागि मुम्बई इन्डियन्सले सूर्यकुमार यादवलाई १८ करोड भारुमा राखेको छ । अब मेगा अक्सनमा रिंकु सिंह सबैभन्दा महँगो भए पनि उनको मूल्य १५ करोड मात्रै रह्यो । त्यसैले अर्को मिनी लिलामीमा विदेशी खेलाडीले १५ करोड रुपैयाँभन्दा बढी पाउने छैनन् ।

त्यसैगरी मेगा अक्सनमा रिंकु सिंहलाई २० करोडमा किनेको भए अर्को मिनी अक्सनमा विदेशी खेलाडीले सूर्या १८ करोडभन्दा बढीमा पाउने छैनन् । यहाँ, विदेशी खेलाडीहरूले रिटेन्सन र मेगा लिलामीको उच्चतम मूल्य बीचको सबैभन्दा कम रकम पाउनेछन् ।

तर, टोलीले २०, २५ वा ३० करोड रुपैयाँमा विदेशी खेलाडी किन्न सक्छन् । उसको पर्सबाट उति नै रकम उसले बोली लगाए पनि काटिनेछ तर खेलाडीले १५ वा १८ करोड मात्र पाउनेछन् । बाँकी रकम बीसीसीआईमा जानेछ, जुन बोर्डले आफ्ना खेलाडीहरूमा खर्च गर्नेछ ।