८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar अकबरेमा ‘कोत्रे’ रोग देखिएपछि किसान चिन्तामा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar भोटेकोशी विपद्पछि पुनःस्थापना र पुनर्निर्माणका लागि जी–७ को सहयोग आवश्यक: परराष्ट्रमन्त्री खनाल News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने

संगीतज्ञ मनोहर गोपाल गुर्वाचार्यद्धारा लिखित शोधग्रन्थ नेपाली सङ्गीतको विकासक्रम’ बिमोचन

संगीतज्ञ मनोहर गोपाल गुर्वाचार्यद्धारा लिखित शोधग्रन्थ नेपाली सङ्गीतको विकासक्रम’ बिमोचन
अ+ अ-

काठमाण्डौ । सहप्राध्यापक एवं संगीतज्ञ मनोहर गोपाल गुर्वाचार्यद्धारा लिखित शोधग्रन्थ (पुस्तकं) ‘नेपाली सङ्गीतको विकासक्रम’ बिमोचन भएको छ । बरिष्ठ संस्कृतिविद् वाङमय शताब्दी पुरुष सत्यमोहन जोशीले आइतबार ललितपुरमा आयोजित एक कार्यक्रममा उक्त पुस्तकको बिमोचन तथा लोकार्पण गर्नुभएको हो ।

पुस्तकमा ललितपुर, काठमाडौं र भक्तपुरका दफा र मृदङ्ग भजन मण्डलहरुमा गाउँदै आएका प्राचीन तथा मौलिक गीत सङ्गीतलाई समेटिएको छ । त्यसबाहेक विगत ४ सय वर्ष देखि निरन्तर रुपमा ज्येष्ठ पूर्णिमाका दिन मंगलबजार कात्र्तिक डबलीमा गाउँदै आएका कृष्णभक्त कबि राजा सिद्धिनरसिंह मल्लका गीतहरु समेत पुस्तकमा समावेश छन् । यस्तै विश्व प्रसिद्ध चर्या नृत्य नेपालमा श्रृजना भएको तथ्य आठौं शताब्दिको अन्त्य तिर लेखिएको ‘‘हेबज्रतन्त्र’’ ग्रन्थको आधार पनि प्रस्तुत गरिएको छ ।

पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै बरिष्ठ संस्कृतिविद् शताब्दी पुरुष जोशीले यस्तो किसिमको पुस्तकले देशभित्र सङ्गीतको विधालाई फडको मार्न ठूलो मद्दत पुर्योउने बताउनुभयो । 
कार्यक्रममा लेखक गुर्वाचार्यले काठमाडौं उपत्यका भित्र रहेको प्रचिन सङ्गीतलाई अनुसन्धान गरी पुस्तकमा समेटने प्रयास गरिएको बताउनुभयो ।

करिब १ हजार वर्ष पहिला नै विश्वबाट लोप भइसकेका ‘‘जातिगान’’का क्रियात्मक स्वरुप र शैली जस्ता अमूल्य सांस्कृतिक धरोहरहरु अहिलेपनि नेपाली समुदायमा संरक्षित भई व्यवहारमा आइरहेकाले त्यस्ता सङ्गीतलाई पुस्तकमा समेटिएको छ । यसबाट परम्परागत सङ्गीतको क्षेत्रमा ठूलो उपलब्धि हुने र देशको छवि विश्वसामु उजागर गर्न सफल हुने  विश्वास समेत गरिएको छ ।