काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार बिहान ११ बजेर ३७ मिनेटको शुभसाइतमा बहिनी कौशल्या कोईरालाको हातबाट भाइटीका लगाउनुभएको छ । प्रधानमन्त्री ओलीसँगै उहाँकी पत्नी राधिका शाक्यले पनि कौशल्यको हात बाट टिका लगाउनु भएको छ ।
कोरोना महामारीका कारण अरु बहिनीहरु झापामै रहेकाले एकजना बहिनीले मात्रै भाइटीका लगाइदिनुभएको हो ।












