८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar अकबरेमा ‘कोत्रे’ रोग देखिएपछि किसान चिन्तामा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar भोटेकोशी विपद्पछि पुनःस्थापना र पुनर्निर्माणका लागि जी–७ को सहयोग आवश्यक: परराष्ट्रमन्त्री खनाल News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने

आजबाट नेपाल संवत ११४१ सुरु

आजबाट नेपाल संवत ११४१ सुरु
अ+ अ-

काठमाडौ ।  नेवार समुदायले राष्ट्रिय विभूति शंखधर शाख्वाको प्रतिमामा माल्र्यापण गर्दै नेपाल संवत ११४१  लाई स्वागत गरेका छन् । विशेषगरी नेवार समुदायले नेपाल संवत धुमधामका साथ मनाउने गर्दछन् । विगत वर्षहरु मोटर साइकल ¥याली, सहर परिक्रमा लगायतका विभिन्न कार्यक्रम गरी नेपाल संवत मनाउने गरिएको भएपनि यो वर्ष कोरोना महामारीका कारण औपचारिकतामा मात्रै सिमित रह्यो ।

राष्ट्रिय विभूति शङ्खधर साख्वाले विसं ९३७ (इसं ८८०) मा गरिब जनताको ऋणमोचन गरी नेपाल संवतको सुरुवात गरेको विश्वास गरिन्छ । विश्वभरी नेपाल समुदायले नेपाल संवत मनाउने गरेका छन् । नेवार समूदायका अगुवाहरुले नेपाल संवतलाई राष्ट्रिय संवतको रुपमा मान्यता दिएर पनि सरकारले आधिकारिक रुपमा प्रचलनमा नल्याएको भन्दै सरकारसँग असन्तुष्टी व्यक्त गरेका छन् ।

नेपालको आफ्नो संवत हुँदाहुँदै पनि प्रचलनमा नल्याउनु दुः खद भएको नेवार समुदायका अगुवा तथा सर्वसाधारणहरुको भनाई छ । नेपाल संवतलाई राष्ट्रिय मान्यता दिँदै आधिकारिक रुपमा प्रचलनमा ल्याउनुपर्ने माग राख्दै विसं २००७ साल देखि नै अभियान चल्दै आएको छ । अहिले विश्व नै कोरोना महामारीसँग लडिरहेको अवस्थामा ‘कोरोनामुक्त वर्ष ११४१’ होस भन्ने कामनाका साथ शुभकामना आदान प्रदान गरि नेपाल संवत भनाइरहेको नेपाल संवत (न्हुँद) राष्ट्रिय समारोह समितिका संयोजक रमेश महर्जनले बताउनुभयो ।