१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

झ्याप्ले खोला पहिरोः २९ वटा शव निकालियो



अ+ अ-

काठमाडौँ । काठमाडौँ र धादिङको सिमानामा पर्ने धादिङको धुनिबेसी नगरपालिका–९ झ्याप्लेखोलामा गएको पहिरोबाट हालसम्म २९ वटा शव निकालिएको छ ।

विंगर र बसभित्रबाट ती शवहरू निकालिएको प्रहरीले जनाएको छ । यसअघि शनिवार साँझ १४ वटा शव निकालिएको थियो ।

आइतबार बिहानैदेखि स्काभेटर लगाएर पहिरो हटाउनेक्रममा बसबाट थप शवहरू भेटिन थालेको हो ।

उक्त पहिरोमा कति वटा सवारी साधन पुरिएका छन् भन्नेबारे अझै यकिन हुन सकेको छैन ।