११ श्रावण २०८३, सोमबार
,
Latest
देवानगञ्ज घटनाको मानव अधिकार आयोगले अनुसन्धान गर्ने नाबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा पाँच जना पक्राउ व्यावसायिक योजना बिना बनेका विमानस्थलमा करोडौँ लगानी, चार विमानस्थल वर्षौँदेखि बन्द काठमाडौंमा ‘बंगलादेश म्याङ्गो डेलिकेसी’ : आँपको स्वादसँगै व्यापार र कूटनीतिक सम्बन्ध प्रवर्द्धन झुण्डिएका तार व्यवस्थापनबारे सञ्चार र ऊर्जा मन्त्री संयुक्त अनुगमनमा जाने नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो पन्छाउन तीन ठाँउमा उपकरण आँपको उत्पादन बढ्यो, घटेन मूल्य देवानगञ्ज घटनापछि सुनसरीमा सर्वदलीय बैठक जारी, कप्तानगञ्जमा अनिश्चितकालीन निषेधाज्ञा मुग्लिन–नारायणगढ सडकखण्ड पूर्णरूपमा सञ्चालनमा पोखरामा अमेरिकी नागरिकको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

नारायणी नदीमा झोलुंगे पुल बनेसँगै सुस्तावासीले भनेः जोखिमबाट मुक्ति पायौँ



अ+ अ-

चितवन । नारायणी नदी पार गर्नका लागि झोलुंगे पुल निर्माण भएसँगै नवलपरासी सुस्तावासीमा खुशीयाली छाएको छ ।

गत असोज १० गते बिहीवार (हिजो) राष्ट्रपति रामचन्द्र पौडेलले नारायणी नदीमाथि बनाइएको १५७२ मिटर लामो त्रिवेणी महेशपुर (सुस्ता) मल्टिसपान झोलुगे पुल उद्घाटन गरेसँगै स्थानीयवासी हर्षित भएका हुन् ।

उनीहरुले वर्षोदेखि डुंगाको जोखिमपूर्ण यात्राबाट पार पाइएको र नेपाली भूमिबाटै जिल्लाको बजार र सदरमुकाम जानका लागि धेरै सहज भएको प्रतिक्रिया दिएका छन् । सो झोलुंगे पुलले आफूहरुलाई धेरै सुविधा दिएकाले आफूहरु सबै खुशी रहेका स्थानीयवासीको भनाई थियो ।

स्थानीयले भनेका छन्, ‘पहिला पुल थिएन । डुंगामा जानुपर्ने अवस्था थियो । अब अहिले पुल बन्यो । सबैलाई सुविस्था भयो, राम्रै भयो । हामी धेरै खुशी छौं । ’

सो अवसरमा राष्ट्रपति पौडेलले सो क्षेत्रका लागि एकीकृत राष्ट्रिय विद्युत प्रणालीबाट विद्युत आपूर्ति पनि शुभारम्भ गर्नुभएको थियो । सोलार पावरमा भर पर्नुपर्ने अवस्था अन्त्य भएको भन्दै स्थानीयले आपसी खुशी साटासाट गरे ।

अब २४ घण्टा नै बिजुली बत्ति आउने आशा आफूहरुले गरेको उनीहरुको भनाई थियो । स्थानीयले भनेका छन्, ‘पहिला सोलार प्लान्टमा चल्दै थियो । अब विद्युत जोडिएपछि यहाँ २४ घण्टा नै विद्युत उपलब्ध हुन्छ । अब रातदिन बत्ती बल्छ भन्ने पनि लागेको छ ।’

सुस्तामा सो पुल बनेसँगै डुंगामा भाडासहित जोखिमपूर्ण यात्रा गर्नुपर्ने स्थानीयको बाध्यता अन्त्य भएको छ । पुलको अभावमा सरकारी सेवा लिन समेत भारतको भूमिहुँदै गाउँपालिकाको केन्द्र तथा सदरमुकाम पुग्नुपर्ने अवस्था थियो ।