२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसद्को हिउँदे अधिवेशन तयारी



अ+ अ-

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण उत्कर्षमा पुगेका बेला सङ्घीय संसद् सचिवालयले हिउँदे अधिवेशनको तयारी थालेको छ । एक अधिवेशन र अर्को अधिवेशन बीचको अन्तर छ महिनाभन्दा बढी हुन नहुने संवैधानिक प्रावधान अनुसार पुस १७ भित्र हिउँदे अधिवेशन प्रारम्भ गर्नुपर्ने भएपछि अधिवेशनको तयारी थालिएको हो ।

सङ्घीय संसद्का महासचिव डा। भरतराज गौतमले यस अघिभन्दा थप स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर विभिन्न विकल्पसाथ अधिवेशनको तयारी थालिएको जानकारी दिए । उनले यसअघि कोरोनामा केन्द्रित भएर हामीले अधिवेशनको बैठक चलाएका थियौँ, अहिले हामीबीच सङ्क्रमित हुन सक्छन् भन्नेसमेत सोचेर बैठकको तयारी गर्नुपर्नेछ । संवैधानिक सीमाको ख्याल गरेर सचिवालयका तर्फबाट आन्तरिक तयारी भने गरिरहेका छौँ भन्नुभयो । अधिवेशनको प्रारम्भ भने मन्त्रिपरिषद्को सिफारिसपछि राष्ट्रपतिबाट बैठक आह्वान भएपछि हुनेछ ।

यसअघि कोरोना कहरबीच डाकिएको बजेट अधिवेशनमा सांसदबीच भौतिक दूरी कायम गरिएको थियो । प्रवेश गेटमा ज्वरो नाप्ने लगायतका सुरक्षात्मक उपाय अवलम्बन गरिएको थियो । साथै बैठक कक्षमा एक र अर्को सांसद बीचका दुई कुर्सी खाली राखिएका थिए । दुवै सदनको संयुक्त बैठकमा भने दर्शकदीर्घा रहने स्थानमा पनि सांसदलाई राखिएको थियो । एक बैठकको हकमा बैठक कक्ष मात्र प्रयोग भएको थियो ।

कोरोनाको अवस्था बढिरहेका कारण हाल सङ्क्रमित समेत हुनसक्ने अवस्था दृष्टिगत गरेर थप सुरक्षा उपाय अपनाइने गौतमले बताए । यसअघि कायम भएको भौतिक दूरी थप बढाउने तयारी भइरहेको उनको भनाइ छ । ग्यालरीलाई समेत सांसद आशन कक्षमा विस्तार गर्ने योजना रहेको गौतमले बताए ।

उनले हामी ग्यालरीलाई पनि सांसदको आशन कक्ष बनाउने गरी तयारी गरिरहेका छौँ । यो पटक संयुक्त बैठक बस्नुपर्ने अवस्था छैन । यसकारण केही सहज भने हुनेछ भन्नुभयो । यस्तै सचिवालयले स्वास्थ्य मापदण्ड अनुसार चिकित्सकको सल्लाहमा बैठक कक्ष नियमित सफाइ गर्ने, आवश्यक केमिकलको प्रयोगबाट बैठक प्रारम्भअघि सफाइ गर्ने जनाएको छ । विज्ञ सँगको परामर्शका आधारमा सफाइका अन्य योजना बनाउने सचिवालयको तयारी छ । यस्तै बैठकको प्रवेश विन्दुमा ज्वरो नाप्ने तथा हाजिर कक्षसमेत थप व्यवस्थित बनाउने तयारीमा सचिवालय छ । सचिवालयले राजनीतिक दलको परामर्शमा लक्षण देखिएका वा आशङ्कामा रहेका सांसदलाई बैठकमा उपस्थित हुँदा थप सतर्क हुन अपिल गर्ने तयारी गरेको छ ।

यसअघि बजेट अधिवेशन समेत कोरोना प्रभाव बढ्दै जाँदा आकस्मिक रूपमा अन्त्य गरिएको थियो । वार्षिक बजेट तथा संविधान संशोधन विधेयक पारित भएपछि असार १८ गते अधिवेशन अन्त्य गरिएको थियो । उक्त समय सीमा अनुसार ढिलामा पनि अब पुस १७ भित्र अधिवेशन प्रारम्भ भइसक्नुपर्नेछ । बजेट अधिवेशन लामो समय नचल्दा कतिपय महìवपूर्ण विधेयक समेत लामो समयदेखि संसद्मा विचाराधीन छन् । दुवै सदनमा गरी विभिन्न चरणमा ५० वटा जति विधेयक विचाराधीन छन् । हिउँदे अधिवेशन विधेयक अधिवेशनका रूपमा समेत चलाइने प्रचलन रहेकाले महìवपूर्ण विधेयक पारित हुने अपेक्षा गरिएको छ ।, समाचार गोरखापत्र दैनिकमा प्रकाशित छ ।