१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन News Polar श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन News Polar जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो News Polar सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै News Polar मंसिर ७ देखि काठमाडौँमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ : सहमति पत्रमा हस्ताक्षर News Polar कालीगण्डकी बाढीको असरः राहुघाटको परीक्षण उत्पादन रोकियो

न्युयोर्कमा परराष्ट्रमन्त्री डा राणाको व्यस्त कार्यसूची

न्युयोर्कमा परराष्ट्रमन्त्री डा राणाको व्यस्त कार्यसूची
अ अ+ अ-

वाशिङ्टन डिसी । परराष्ट्रमन्त्री डा आरजु राणा देउवा यही सेप्टेम्वरको २१ तारिखमा क्यानाडाबाट न्युयोर्क आइपुग्नुभयो । यहाँ जारी संयुक्त राष्ट्रसङ्घको ७९ औँ महासभामा सहभगिताका लागि उहाँ यहाँ आउनुभएको थियो ।

उहाँ क्यानाडामा विश्वका महिला विदेशमन्त्रीहरुको बैठकमा सहभागी भएर न्युयोर्क आएपछि केही दिनयतादेखि उहाँको यहाँ व्यस्त कार्यसूचीमा काम गरिरहनुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेतत्व गर्नुभएको नेपाली टोलीमा रहेर परराष्ट्रमन्त्री डा राणाले राष्टसङ्घको फोरमदेखि मुख्य विकास साझेदार देशका प्रतिनीधिहरुसँग भेटघाटमा व्यस्त रहनुभएको छ । साथै उहाँले यहाँ विभिन्न देशका विदेशमन्त्रीहरुसँग द्विपक्षीय भेटवार्ताका साथै केही देशसँग नेपालका तर्फबाट समझ्दारी पनि गरिरहनुभएको छ ।

यहाँ आयोजना भएका महिला सशक्तिकरण, प्रजनन् स्वास्थ्य तथा महिला नेतृत्व, जलवायु परिवर्तन एवं अतिकम विकसित राष्ट्रहरुका फोरम आदिमा उहाँको सक्रिय सहभागिता रहेको छ ।

उहाँ नेपालले संविधानमा व्यवस्था गरेको महिला अधिकारदेखि सरकारले हालै पारित गरेको सङ्क्रमणकालीन न्यायसम्बन्धी कानुनका साथै गत वर्षको अक्टोवरमा हमास विद्रोहीले अपहरण गरेका नेपाली नागरिक विपीन जोशीको रिहाइका लागि अन्र्तराष्ट्रिय मञ्चमा कुरा राख्नेसम्मका विषयमा विश्वको ध्यानाकर्षण गराइरहनुभएको छ ।

आफना नागरिकप्रति राज्य कति संवेदनशील हुनुपर्छ भन्ने विषयलाई उहाँले यो विश्व मञ्चमा पनि प्रस्तुत गरिदिनुभएको छ । मन्त्री डा राणाले महिलाहरुको प्रजनन् अधिकार सम्बन्धी फोरममा दिनुभएको सम्बोधनले त यहाँ उपस्थित भएका विश्वका महिलाहरुको ध्यान नै तानेको थियो । उहाँको धारणा र नेपालमा महिलाको प्रजनन अधिकार तथा सुरक्षित मातृत्वका क्षेत्रमा गरेका कामको जानकारीले उनीहरु निकै उत्साहित भएका थिए । विकसित देशहरुमा समेत अझै पनि गर्भपतनका कारण ज्यान गुमाउनुपर्ने अवस्था रहेकाले हामीहरु हाम्रो संविधानमा नै महिलाको अधिकारको लागि संवेदनशील विषयलाई सम्बोधन गराउन सफल भएका छौँ भनेर उहाँले दिनुभएको जानकारी यहाँका धेरै महिला नेतृत्वका लागि प्रेरणा बनेको उनीहरुको भनाई थियो ।

मन्त्री राणाको अर्को व्यस्त कार्यसूची अन्र्तगत रहेको थियो छिमेकी देशका सरकार प्रमुखसँग हाम्रो सरकार प्रमुखको भेटको व्यवस्था मिलाउनु । यसमा उहाँले आफ्ना भारतीय समकक्षीसँग गर्नुभएको सुझबुझपूर्ण समन्वयले एउटा निर्णायक मोड दिलाउन सफल भएको छ । त्यसैको प्रयत्नस्वरुप प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच न्युयोर्कमा साइडलाई बैठक सम्भव भएको थियो । यो भेटवार्ताले नेपाल भारत सम्बन्धलाई महत्वपूर्ण बनाउन सफल भएको अनुमान धेरैको छ ।

मन्त्री डा राणाले नेपालका लागि खास महत्व बोकेका राष्ट्रसङ्घका उपमहासचिवहरुसँग विभिन्न विषयमा छलफल गर्नु भएको थियो । खासगरी शान्ति स्थापनार्थ खटिने नेपाली सुरक्षाकर्मीहरुको मनोबल उच्च बनाउन उच्च तहको सहभागिताका रुपमा उहाँले गर्नुभएका यी भेटवार्ताहरु महत्वपूर्ण रहेका छन् । उहाँले शान्ति मिसनसँग सरोकार राख्ने राष्टसङ्घका उपमहासचिव जाँ पिय लाख्वासँग भेट गर्दा पनि यी विषयलाई उच्च प्राथमिकताका साथ उठाउनुभएको थियो ।

मन्त्री राणाले जी २० का विदेश मन्त्रीहरुको बैठकमा पनि अल्पविकसित देशहरुका तर्फबाट आफना धारणा राख्ने अवसर प्राप्त गर्नुभएको थियो । विश्वका धनी राष्ट्रहरुका बीचमा उहाँले राख्नुभएको यो विचारले विकासशील राष्ट्रहरुका लागि लाभ पुग्ने ठानिएको छ । नेपालले कम विकसित देशहरुको समूहको अध्यक्षका हैसियतले उक्त फोरम प्राप्त गरेको थियो ।
यसै मन्त्री डा राणाले सोसलिष्ट इन्टरनेशनलको फोरममा पनि आफनो मन्तव्य राख्दै सो संगठनको मान्यता बमोजिम नै विश्वले समानता तथा सामाजिक न्याय प्राप्त गर्ने अवसरबाट कोही पछि पर्न नहुने बताउनुभएको थियो ।

अन्र्तराष्ट्रिय फोरमहरुमा सहभागी विभिन्न देशका कूटनीतिज्ञ, उच्च पदस्थ अधिकारीहरुसँग उहाँले प्रश्नोत्तर गरेर उनीहरुको जिज्ञासालाई शान्त पार्ने र आफनो एजेण्डामा उनीहरुको मत समावेश गराउने काम उहाँले गर्नुभएको छ । आफ्ना प्रस्तुतिहरु राख्दा उहाँले समयको पावन्दीको ख्याल गरिरहनुभएको देखन्छ र आफूलाई प्राप्त भएको छोटै समयमा नै उहाँले नेपालका धेरै कुरा राख्न सफल हुनुभएको छ यस्ता विषयले पनि अन्तर्राष्ट्रिय फोरमहरुमा ठूलो महत्व राख्दछ ।

परराष्टमन्त्री डा राणाले प्रधानमन्त्री ओलीले सम्बोधन गर्नुभएको ‘समिट अफ द फयुचर’मा र महासभाको डिवेटको उद्घाटन सत्रसम्म रहनुभयो । त्यसपछि उहाँले उक्त समिटका विभिन्न सत्रहरुमा सहभागी भएर नेपालका तर्फबाट धारणा राख्नुभएको थियो ।

साथै भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, स्पेनका प्रधानमन्त्री पेडो सान्चेज, कूवेतका राजकुमार तथा प्रधानमन्त्री शेख सवहसँग भेट गर्नुभएको थियो । यसैगरी नेपालको विकासमा महत्वपूर्ण साझेदारी गर्दै आएको देश फिनल्याण्डका विदेशमन्त्री भिल्ले ताविओसँग पनि भेट गरेर ५० वर्षको सम्बन्धलाई सिंहावलोकन गर्नुभयो ।

उहाँले इण्डानेसिया र सर्वियासँग कूटनीतिक तथा सरकारी सेवाका पासपोर्ट वाहकहरुलाई भिसा नि:शुल्क दिनेसम्बन्धी सम्झौतामा हस्ताक्षर गर्नुभएको थियो भने बुरुण्डीका विदेश मन्त्रीलाई भेटेर द्विपक्षीय सम्बन्धका विविध आयामहरुमा छलफल पनि गर्नुभयो । त्यस्तै नेपाललाई हाल महत्वपूर्ण रोजगारीको गन्तव्य प्रदान गरिरहेको दक्षिण कोरियासँगको सम्बन्धका बारेमा त्यहाँका विदेशमन्त्रीसँग भेटेर छलफल गर्नुभयो ।

यी प्राय: सबै भेटहरुमा नेपालले राष्ट्रसङ्घीय सुरक्षा परिषदको अस्थायी सदस्य र मानवअधिकार परिषदमा नेपालले दिएको उम्मेदबारीका लागि सहयोगको याचना गर्नुभएको छ । नेपालले कुनै पनि अन्र्तर्राष्ट्रिय फोरमहरुमा उमेदवारी दिएर चर्चा गर्ने मात्र नभएर केही बर्षअघि देखि नै मतका लागि कूटनीतिक पहल गर्नुपर्छ भन्ने उहाँको धारणा रहेकाले सोही बमोजिम नेपालका यी उम्मेबारीहरुमा उहाँले मत पनि मागिरहनुभएको छ ।

उहाँले अर्को महत्वपूर्ण विषयमा विदेशी विकास साझेदारहरु र विकास पार्टनरहरुसँग पनि छलफल गर्नुभएको थियो । खासगरी नेपालले आगामी २०२६ देखि अल्पविकसित देशबाट मध्यमस्तरको विकासशील देशको रुपमा स्तरोन्नति गर्ने रणनीतिक कार्ययोजनामा काग गरिरहेकाले त्यसपछिका अवस्थाम पनि नेपाललाई सहयोग गर्न नेपालले सबै देशहरुसँग आग्रह गरिरहेको छ । यसका लागि नेपालका मुख्य विकास साझेदार देशहरु अमेरिका, नर्वे तथा युरोपियन यूनियनका नेतृत्वहरुसँग भेटघाट गरेर मन्त्री डा राणाले यो विषयमा आश्वस्त हुन चाहेको सन्देश दिनुभएको छ । त्यसैगरी मन्त्री डा राणाले जलवायु परिवर्तनको असरलाई कम गर्ने विषयमा नेपाललाई सघाउन पनि सबैसँग आग्रह गरिरहनुभएको छ ।

यी भेटघाटहरुले नेपालले हासिल गरेका बाल तथा मातृ मृत्युदरको क्षेत्रमा सुधार तथा आगामी दिनमा गर्न सकिने कामहरुको बारेमा समेत अनुभव आदानप्रदानको मौका प्रदान गरिरहेको छ । यस्ता भेटघाटहरुलाई उच्च प्राथमिकतामा राखेर मन्त्री राणाले यहाँ आफूलाई ब्यस्त राखिरहनुभएको छ ।

परराष्ट्र मन्त्री डा राणाले नेपाली डायस्पोरा खासगरी अमेरिकामा बसेका नेपाली डायस्पोरासँग पनि महत्वपूर्ण सन्देश दिने तरिकाले संलग्न हुनुभयो । उहाँले नेपाली डायस्पोराको माग र चासो सम्बोधन गर्नेगरी परराष्ट्र मन्त्रालयले काम गर्ने आस्वासन पनि दिनुभएको थियो ।

उहाँले नेपाली कूटनीतिक नियोगहरुलाई हरेक तरिकाले चुस्त दुरुस्त बनाउने र प्रविधीमैत्री र सेवाग्राहीमैत्री तरिकाले सेवा प्रदान गरिने बताउनुभयो । अमेरिकामा आवश्यकता हेरी जनघनत्व वढी भएका स्थानमा कन्सुलेट कार्यालय खोल्नका लागि तत्परता पनि उहाँले देखाउनुभएको छ ।

परराष्ट्रमन्त्री डा राणाको राष्ट्रसङ्घीय महासभाक क्रममा जारी राख्नुभएका यी भेटघाट, द्विपक्षीय वार्ता, अन्तक्र्रिया र सम्बोधनहरुले नेपालको कूटनीतिक दायरालाई थप फराकिलो बनाउन सहयोग पुगेको बताइएको छ । साथै शान्ति, लोकतन्त्र, महिला अधिकार, प्रजनन् स्वास्थ्य, बाल तथा मातृस्वास्थ्य र सङ्क्रमणकालीन न्यायसम्बन्धमा नेपालले हासिल गरेका उपलब्धिरुलाई विश्व समुदायसामु प्रस्तुत गर्न मद्दत पुगेको देखिएको छ ।