१९ असार २०८३, शुक्रबार
,
Latest
आज पनि बढ्यो सुनचाँदीको मूल्य स्विट्जरल्यान्ड अन्तिम १६ मा, अल्जेरियाको यात्रा राउण्ड अफ ३२ मै समाप्त एक महिनमा ८० हजार विदेशी पर्यटक मुस्ताङ भित्रिए आज २५ अर्बको ऋणपत्र जारी हुँदै कांग्रेसको नीति प्रतिष्ठानको कार्यकारी निर्देशकमा डा. सुरेश आचार्य नियुक्त बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्षमा डा. योगेन्द्रप्रसाद सिंह नियुक्त पूर्वाधारमा सरकारका १०० दिनः डिजिटल सेवा विस्तारदेखि अलपत्र आयोजनाको खोजी र सञ्चालनसम्म औषधि आपूर्ति शृङ्खलामा सुधार गर्न विभागकाे निर्देशन खामेनीको अन्त्येष्टिअघि वाहिदी सार्वजनिक बर्डफ्लु प्रभावित किसानलाई क्षतिपूर्तिका लागि ५० करोड निकासा
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्वाचन क्षेत्र कार्यक्रमका २५  योजना छनोट, कृषि र पर्यटन प्राथमिकतामा



अ+ अ-

गण्डकी । कास्की प्रदेश क्षेत्र नं ३ (क) मा निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमअन्तर्गत २५ योजना छनोट भएका छन् ।  प्रदेश सभासदस्य रामजीप्रसाद बरालको संयोजकत्वमा सम्पन्न बैठकले सानाठूला गरी योजना छनोट गरेको हो । कृषि, पर्यटनलगायत क्षेत्र समेटिने गरी रु दुई करोडको बजेटका लागि योजना छनोट गरिएको प्रदेशसभा सदस्य बरालले बताउनुभयो ।
    
योजना छनोटका क्रममा पोखरा महानगरपालिका- १, २, ३, १८, १९ र २५ वडाका साथै माछापुच्छ्रे गाउँपालिकाका १ देखि ९ वटै वडामा आवश्यकताका आधारमा सर्वसम्मत रुपमा योजना छनोट गरिएको उहाँले बताउनुभयो । योजना छनोटका क्रममा कृषि र पर्यटनका क्षेत्रमा २५ प्रतिशतभन्दा बढी बजेट विनियोजन गरिएको छ । चालु आवदेखि लागू समानुपातिक प्रदेशसभा सदस्यका हकमा पनि ३० प्रतिशत बजेट विनियोजन गर्ने विषयमा सांसद पुष्पा केसीसँगको सहकार्यमा योजना छनोट गरिएको बरालले जानकारी दिनुभयो । छनोट योजनाको निर्माणलाई अघि बढाउन उपभोक्ता समिति गठन गर्र्नुपर्नेमा उहाँले जोड दिनुभयो । पूर्वाधार विकास कार्यालय कास्कीका डिभिजन प्रमुख दिनेश घिमिरेले आउँदो पुसभित्र सबै योजना कार्यालयसँग आवश्यक प्रक्रिया मिलाएर सम्झौता गर्नुपर्ने बताउनुभयो ।