१९ असार २०८३, शुक्रबार
,
Latest
आज पनि बढ्यो सुनचाँदीको मूल्य स्विट्जरल्यान्ड अन्तिम १६ मा, अल्जेरियाको यात्रा राउण्ड अफ ३२ मै समाप्त एक महिनमा ८० हजार विदेशी पर्यटक मुस्ताङ भित्रिए आज २५ अर्बको ऋणपत्र जारी हुँदै कांग्रेसको नीति प्रतिष्ठानको कार्यकारी निर्देशकमा डा. सुरेश आचार्य नियुक्त बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्षमा डा. योगेन्द्रप्रसाद सिंह नियुक्त पूर्वाधारमा सरकारका १०० दिनः डिजिटल सेवा विस्तारदेखि अलपत्र आयोजनाको खोजी र सञ्चालनसम्म औषधि आपूर्ति शृङ्खलामा सुधार गर्न विभागकाे निर्देशन खामेनीको अन्त्येष्टिअघि वाहिदी सार्वजनिक बर्डफ्लु प्रभावित किसानलाई क्षतिपूर्तिका लागि ५० करोड निकासा
तपाईं के खोज्दै हुनुहुन्छ ?

५ दिनका लागि बैतडीको झुलाघाट नाका खुल्दै



अ+ अ-

बैतडी । बैतडीको झुलाघाट नाका पाँच दिनका लागि खोलिने भएको छ। भारतसँग सीमा जोडिएको झुलाघाट नाका मंसिर ८ गते देखि मंसिर १२ गते सम्मका लागि नाका खुला गरिने भएको हो।

बैतडीका सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीका अनुसार लामो समयदेखि पेन्सन बुझ्न नपाएका  भारतीय पेन्सनधारी नेपाली नागरिकलाई पेन्सन बुझ्नका लागि सहज हुने भएकाले  दुवै देशका स्थानीय प्रशासनको सहजीकरणमा नाका खोल्ने तयारी गरिएको हो ।  

कोरोनाका कारण सीमा नाका बन्द भएपछि गएको चैतदेखि पेन्सनधारी नागरिकहरूले  पेन्सन बुझ्न पाएका छैनन्। नाकामा पेन्सनधारी र अन्यहरूले आवतजावत गर्दा स्वास्थ्य सुरक्षा सतर्कताका सबै मापदण्ड परिपालना गर्नुपर्नेछ।