१९ असार २०८३, शुक्रबार
,
Latest
ट्रम्पको नाटोमाथि प्रहार, ‘एकतर्फी र हास्यास्पद सम्बन्ध अब स्वीकार्य छैन’ आज पनि बढ्यो सुनचाँदीको मूल्य स्विट्जरल्यान्ड अन्तिम १६ मा, अल्जेरियाको यात्रा राउण्ड अफ ३२ मै समाप्त एक महिनमा ८० हजार विदेशी पर्यटक मुस्ताङ भित्रिए आज २५ अर्बको ऋणपत्र जारी हुँदै कांग्रेसको नीति प्रतिष्ठानको कार्यकारी निर्देशकमा डा. सुरेश आचार्य नियुक्त बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्षमा डा. योगेन्द्रप्रसाद सिंह नियुक्त पूर्वाधारमा सरकारका १०० दिनः डिजिटल सेवा विस्तारदेखि अलपत्र आयोजनाको खोजी र सञ्चालनसम्म औषधि आपूर्ति शृङ्खलामा सुधार गर्न विभागकाे निर्देशन खामेनीको अन्त्येष्टिअघि वाहिदी सार्वजनिक
तपाईं के खोज्दै हुनुहुन्छ ?

विरहीको निबन्ध सङ्ग्रह ‘सत्ता र स्वप्नदोष’ बजारमा



अ+ अ-

चितवन । पाँच दशकदेखि साहित्य र पत्रकारितामा सक्रिय रेशम विरहीको ११औँ कृति ‘सत्ता र स्वप्नदोष’ बजारमा आएको छ । पुस्तक शिखा बुक्सले बजारमा ल्याएको हो । यो कृतिमा २५ वटा निबन्ध रहेका छन् । आठ वटा प्रभाव अर्थात् व्यक्तिकेन्द्रित छन् भने १७ वटा भावमा आधारित छन् ।  दुई  सय पृष्ठको निबन्ध सङ्ग्रहको मूल्य रु ३२५ रहेको छ ।‘देब्रे आँखा’ नामक निबन्ध सङ्ग्रहबाट चर्चामा रहनुभएका विरही पत्रकारिता, कविता, उपन्यास र निबन्ध लेखनमा विगत पाँच दशकदेखि सक्रिय हुनुहुन्छ । उहाँको पहिलो कृति विसं २०३५ मा ‘मुलाको बोक्रा’ बजारमा आएको थियो । विसं २०२८ बाट उहाँ पत्रकारिता क्षेत्रमा लाग्नुभएको हो ।

यसअघि उहाँका निबन्ध ‘देब्रे आँखा’, उपन्यास ‘प्रेमदासको डायरी’, कविता ‘थालथालमा सपना’, ‘मङ्गली गुप्ताको पान’, ‘भित्ताको रङ’ जस्ता कृति चर्चामा छन् । यससँगै उहाँले ‘आधारभूत पत्रकारिता पाठ्यक्रम’ प्रकाशित गर्नुभएको छ । स्नातकमा ‘भोकेशनल’ पाठ्यक्रममा यो पुस्तक प्रयोग हुने गरेको छ । पछिल्लो समय क्यान्सर रोगको उपचार गराउने क्रममा उहाँले लेख्नुभएको ‘सातौँ बादशाहको रातो कोट’ कविता सङ्ग्रह तयार भएको छ । यो कृति छिट्टै प्रकाशन गर्ने तयारीमा रहेको उहाँले जानकारी दिनुभयो । विरही नेपाली पत्रकारिता र साहित्यिक क्षेत्रका अग्रणी व्यक्तित्व हुनुहुन्छ ।