१९ असार २०८३, शुक्रबार
,
Latest
आज पनि बढ्यो सुनचाँदीको मूल्य स्विट्जरल्यान्ड अन्तिम १६ मा, अल्जेरियाको यात्रा राउण्ड अफ ३२ मै समाप्त एक महिनमा ८० हजार विदेशी पर्यटक मुस्ताङ भित्रिए आज २५ अर्बको ऋणपत्र जारी हुँदै कांग्रेसको नीति प्रतिष्ठानको कार्यकारी निर्देशकमा डा. सुरेश आचार्य नियुक्त बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्षमा डा. योगेन्द्रप्रसाद सिंह नियुक्त पूर्वाधारमा सरकारका १०० दिनः डिजिटल सेवा विस्तारदेखि अलपत्र आयोजनाको खोजी र सञ्चालनसम्म औषधि आपूर्ति शृङ्खलामा सुधार गर्न विभागकाे निर्देशन खामेनीको अन्त्येष्टिअघि वाहिदी सार्वजनिक बर्डफ्लु प्रभावित किसानलाई क्षतिपूर्तिका लागि ५० करोड निकासा
तपाईं के खोज्दै हुनुहुन्छ ?

उदयपुरको ताप्ली गाउँपालिकाको कार्यालयमा एक बम विस्फोट, अर्को भने डिस्पोजलको पक्रियामा



अ+ अ-

काठमाडौं । उदयपुरको ताप्ली गाउँपालिकाको कार्यालय रूपाटारमा आइतबार (आज) सवा एक बजे बम विस्फोट भएको छ । बम विस्फोट हुँदा उपप्रमुख, प्रमुख प्रशासकिय अधिकृत र लेखा अधिकृतको कार्यकक्षको झ्यालढोका, कम्प्युटर, प्रिन्टर, टेबल, दराज, सोफालगायतका सामानमा पूर्णरूपमा क्षति पुगेको गाउँपालिकाले जनाएको छ ।

अर्को बम कार्यालयको गेटमा फेला परेको हुनाले डिस्पोजल गर्न १८ नम्बर बाहिनी अड्डा भुल्केलाई खबर गरिएको छ । अहिले घटनास्थल प्रहरीले नियन्त्रणमा लिएको छ । गेटमा राखिएको बम निस्क्रिय गराएपछि घटनाको थप विवरण आउने जिल्ला प्रहरी कार्यलाय उदयपुरले जनाएको छ । हालसम्म बम विस्फोटको जिम्मा कसैले नलिएको गाउँपालिकाले जानकारी दिएको छ । गाउँपालिकाको कार्यालयको नागरिक सहायक कक्षमा उक्त विस्फोट भएको हो ।