काठमाडौं । सोमबार काठमाडौं उपत्यकामा १ हजार ७ जना संक्रमित थपिएका छन् । योसंगै काठमाडौँ उपत्यकामा संक्रमितको कुल संख्या १ लाख ५ हजार ४ सय १६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ सय ५४ महिला र ५ सय ५३ पुरुष रहेका छन् । काठमाडौंमा ८३ हजार ८ सय २५ जना, ललितपुरमा १२ हजार ३ सय ८७, भक्तपुरमा ७ हजार ५ सय २३ जना संक्रमित पुगेको मन्त्रालयले जनाएको छ ।
देशभर भने थप १९८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै हालसम्म मुलुकमा २ लाख २२ हजार २८८ जनामा कोरोना संक्रमण भएका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार संक्रमितमध्ये २ लाख २ हजार ६७ जना कोरोना संक्रमित निको भइसकेका छन्। जसमध्ये आज मात्रै ३०४३ जना संक्रमित निको भएका छन्। आज १०३८२ वटा नमूना पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ। यससँगै हालसम्म मुलुकमा १६ लाख ७० हजार ४५६ वटा नमूना पीसीआर परीक्षण गरिएको मन्त्रालयको दाबी छ। यससँगै हाल मुलुकमा १८ हजार ८८४ जना कोरोनाका सक्रिय संक्रमितहरू रहेका छन्।











