काठमाडौं । काठमाडौं जिल्लामा भेरोसेलको बुस्टर डोज खोप कार्यक्रम स्थगित भएको छ । खोप अभाव भएपछि हालका लागि बुस्टर डोज दिन कार्यक्रम रोकिएको हो ।
यद्यपि, कोभिशिल्डको हकमा भने बुस्टर डोज खोप अभियान सञ्चालन भइरहेको छ । सरकारले फ्रन्टलाइनमा खेटिनेलाई बुस्टर डोज दिइरहेको छ ।











