७ पुष २०८२, सोमबार
,
Latest
विराटनगरका दुई क्यासिनोमा प्रहरी छापा, २० जना पक्राउ जनमतका विधायक प्रत्यासी चौधरी र लोसपाका मेयर प्रत्यासी यादव समेत आजपामा प्रवेश सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ टेवानको स्वागतसँगै गोल्डेन ट्रयाङ्गल बाइक टूर पोखरामा सम्पन्न ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने राजुली नगरअस्पतालमा पहिलोपटक ‘वासिङ मेसिन’ राखिएपछि… योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’ अरनिको राजमार्गः साँगा–धुलिखेल सडक स्तरोन्ती तीब्र सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

डिसेम्बरसम्म अमेरिकामा कोरोना खोप उपलब्ध हुन सक्ने



अ+ अ-

वासिङ्टन । अमेरिकी नागरिकहरूले कोभिड–१९ विरुद्धको खोप पहिलो पटक डिसेम्बर महिनाको ११ तारिखसम्ममा पाउन सक्ने एक उच्च अधिकारीले बताएका छन् । अमेरिकाको कोभिडविरुद्धको खोप कार्यक्रमका प्रमुख डा. मोन्सेफ स्लावीले सीएनएनसँग उक्त कुरा बताएका हुन् । स्लावीले प्रयोगका लागि स्वीकृति पाएको २४ घन्टाभित्र खोप पुर्‍याइने योजना सुनाए । देशव्यापी रूपमा कोभिड–१९ को संक्रमण बढिरहेका बेला उनले त्यस्तो बताएका हुन् । जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांकअनुसार अमेरिकामा १ करोड २० लाखभन्दा धेरै मानिसमा भाइरसको संक्रमण पुष्टि भइसकेको छ । कम्तीमा २ लाख ५५ हजार जनाको मृत्यु भइसकेको छ ।

अमेरिकी कम्पनी फाइजर र त्यसको सहायक कम्पनी बायोएनटेकले अमेरिकामा आफ्नो खोप प्रयोगका लागि आकस्मिक अनुमति माग गर्दै शुक्रबार आवेदन दिएका थिए । दुई पटक लगाइनुपर्ने खोपको परीक्षण ९५ प्रतिशत प्रभावकारी देखिएको छ । परीक्षणका क्रममा मानिसको प्रतिरक्षा प्रणालीलाई कोभिड–१९ को भाइरसविरुद्ध सक्रिय पार्न यो खोपमा उक्त भाइरसको आनुवंशिक संरचना आरएनएको अंश प्रयोग गरिएको थियो । खोप लिएपछि भाइरुसविरुद्ध लड्न शरीरले एन्टीबडी बनाउने जनाइएको छ । फाइजरले यो वर्षको अन्त्यसम्ममा उक्त खोप ५ करोड डोज उत्पादन गरिने जनाएको छ ।

अमेरिकाको खाद्य तथा औषधि प्रशासन (एफडीए) ले खोपलाई अनुमति दिनेबारे डिसेम्बर १० तारिखमा छलफल गरिने जनाइसकेको छ । डा। स्लावीले सीएनएनसँगको कुराकानीमा अनुमति पाएको दुई दिनमै खोप दिन सकिने बताए । डा. स्लावीका अनुसार खोप कसलाई दिने भन्ने निर्णय सम्बन्धित राज्यहरूले गर्नेछन् । तर स्वास्थ्यकर्मी तथा पाका उमेर समूहका मानिसहरूलाई प्राथमिकता दिइने जनाइएको छ । कान्तिपुर दैनिक