७ श्रावण २०८३, बिहीबार
,
Latest
सुनचाँदीको मूल्य सामान्य वृद्धि विद्युत् दुर्घटनामा दुवै हात गुमाएका बालकलाई प्राधिकरणद्वारा १५ लाख ७१ हजार रुपैयाँ क्षतिपूर्ति बाढीपहिराले सात जिल्लाका प्रमुख सडक अवरुद्ध नेपालगञ्जबाट चार लाख भारतीय रकमसहित एक जना पक्राउ काठमाडौंमा सरुवा रोगको महामारी फैलिने उच्च जोखिम सार्वजनिक बिदाका दिन राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा निरन्तर अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित प्रश्नपत्र चुहावट मुद्दामा फास्ट ट्र्याक अदालत बनाउने मोदीको घोषणा शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सहुलियतपूर्ण कर्जाको ब्याज अनुदान कार्यविधि कार्यान्वयनमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

डिसेम्बरसम्म अमेरिकामा कोरोना खोप उपलब्ध हुन सक्ने



अ+ अ-

वासिङ्टन । अमेरिकी नागरिकहरूले कोभिड–१९ विरुद्धको खोप पहिलो पटक डिसेम्बर महिनाको ११ तारिखसम्ममा पाउन सक्ने एक उच्च अधिकारीले बताएका छन् । अमेरिकाको कोभिडविरुद्धको खोप कार्यक्रमका प्रमुख डा. मोन्सेफ स्लावीले सीएनएनसँग उक्त कुरा बताएका हुन् । स्लावीले प्रयोगका लागि स्वीकृति पाएको २४ घन्टाभित्र खोप पुर्‍याइने योजना सुनाए । देशव्यापी रूपमा कोभिड–१९ को संक्रमण बढिरहेका बेला उनले त्यस्तो बताएका हुन् । जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांकअनुसार अमेरिकामा १ करोड २० लाखभन्दा धेरै मानिसमा भाइरसको संक्रमण पुष्टि भइसकेको छ । कम्तीमा २ लाख ५५ हजार जनाको मृत्यु भइसकेको छ ।

अमेरिकी कम्पनी फाइजर र त्यसको सहायक कम्पनी बायोएनटेकले अमेरिकामा आफ्नो खोप प्रयोगका लागि आकस्मिक अनुमति माग गर्दै शुक्रबार आवेदन दिएका थिए । दुई पटक लगाइनुपर्ने खोपको परीक्षण ९५ प्रतिशत प्रभावकारी देखिएको छ । परीक्षणका क्रममा मानिसको प्रतिरक्षा प्रणालीलाई कोभिड–१९ को भाइरसविरुद्ध सक्रिय पार्न यो खोपमा उक्त भाइरसको आनुवंशिक संरचना आरएनएको अंश प्रयोग गरिएको थियो । खोप लिएपछि भाइरुसविरुद्ध लड्न शरीरले एन्टीबडी बनाउने जनाइएको छ । फाइजरले यो वर्षको अन्त्यसम्ममा उक्त खोप ५ करोड डोज उत्पादन गरिने जनाएको छ ।

अमेरिकाको खाद्य तथा औषधि प्रशासन (एफडीए) ले खोपलाई अनुमति दिनेबारे डिसेम्बर १० तारिखमा छलफल गरिने जनाइसकेको छ । डा। स्लावीले सीएनएनसँगको कुराकानीमा अनुमति पाएको दुई दिनमै खोप दिन सकिने बताए । डा. स्लावीका अनुसार खोप कसलाई दिने भन्ने निर्णय सम्बन्धित राज्यहरूले गर्नेछन् । तर स्वास्थ्यकर्मी तथा पाका उमेर समूहका मानिसहरूलाई प्राथमिकता दिइने जनाइएको छ । कान्तिपुर दैनिक