२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

एक महिनाभित्र कक्षा १२ को परीक्षाफल प्रकाशित गर्नेः राष्ट्रिय परीक्षा बोर्ड



अ+ अ-

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले परीक्षा सकेको एक महिनाभित्र कक्षा १२ को परीक्षाफल प्रकाशित गर्न तयारी थालेको छ । हिजो मंगलबार पहिलो दिनको परीक्षा सम्पन्न भएलगत्तै बोर्डले एक महिनात्रित्र परीक्षाफल प्रकाशित गर्ने गरी तयारी थालेको हो । बोर्डका अध्यक्ष प्राडा चन्द्रमणि पौडेलले २२ गतेभित्र सबै केन्द्रबाट उत्तरपुस्तिका परीक्षण गरी बोर्डमा पठाउन निर्देशन दिइसकेको जानकारी गराउनुभयो । यो वर्ष विद्यालय आफैले उत्तरपुस्तिका परीक्षण गरी पठाउनुपर्ने व्यवस्था गरेको छ । ४० पूर्णाङ्कको लिखित परीक्षा भएको र विद्यालयबाटै उत्तरपुस्तिका परीक्षण गरी पठाउने व्यवस्था भएका कारण एक महिनाभित्र परीक्षाफल प्रकाशित गर्न सकिने अड्कल गरिएको अध्यक्ष प्राडा पौडेलले जानकारी गराउनुभयो । उहाँले भन्नुभयो– ‘तोकिएको समयमा उत्तरपुस्तिका प्राप्त भए एक महिनाभित्र सजिलै परीक्षाफल प्रकाशित गर्न सक्छौं ।’ तर प्राविधिक र उत्तरपुस्तिका ढिलो आए केही ढिला हुन सक्ने बोर्डको आकलन छ ।

अध्यक्ष पौडेलले फरक जिल्लाका करिब १८ हजार विद्यार्थीको उत्तरपुस्तिका बोर्डले परीक्षण गर्नुपर्ने भएकाले केही ढिला हुन सक्ने बताउनुभयो । बोर्डले फरक जिल्लाबाट परीक्षा दिएका विद्यार्थीको हकमा प्रदेश र शाखा कार्यालयबाट परीक्षा सकेको केही दिनमा उत्तरपुस्तिका पठाउन निर्देशन दिएको छ । तीबाहेक होम सेन्टरबाट परीक्षा दिएका विद्यार्थीको समस्या नपर्ने अड्कल बोर्डले गरेको छ । परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माका अनुसार परीक्षा सकिएको एक महिनाभित्र परीक्षाफल प्रकाशित गर्ने गरी तयारी थालेको जानकारी दिनुभयो । ‘परीक्षा सकेको विषयमा तत्काल परीक्षण गरी सबै विद्यालयलाई अंक पठाउन निर्देशन दिइसकेका छौं।’ –उहाँले भन्नुभयो ।

सबै प्रदेश कार्यालयलाई केन्द्रमा उत्तरपुस्तिका परीक्षण गरी पठाउने व्यवस्था गर्न बोर्डले निर्देशन दिइसकेको छ । हिजो मंगलबारबाट शुरु भएको परीक्षा १६ गते सकिँदै छ । पहिलो दिनको परीक्षा शान्तरुपमा सन्पन्न भएको बोर्डले जनाएको छ । देशभरका ४ लाख ३२ हजार विद्यार्थी सहभागी भएको परीक्षा साढे १ घण्टाको थियो । परीक्षाको अनुगमन गर्न त्रिपुरेश्वरस्थित विश्वनिकेतन मावि पुग्नुभएका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले परीक्षाको व्यवस्थापन देखेर खुसी व्यक्त गर्नुभएको थियो । अनुगमनका क्रममा उहाँले व्यवस्थापन गर्ने सबैलाई धन्यवाद दिनुभएको थियो । ४ हजार १ सय ५ केन्द्रमा भएको परीक्षामा सबैले स्वास्थ्य मापदण्ड पूरा गरेका थिए । विद्यार्थीले अनिवार्यरुपमा मास्क लगाएका थिए ।

अधिकांश विद्यालयले २ मिटर दूरीमा २० जना विद्यार्थी मात्र राखेका थिए । केही विद्यालयका आफ्ना निरीक्षकलाई अनिवार्यरुपमा पीपीई लगाउने व्यवस्था गराएको थियो । केन्द्रका विद्यार्थी र निरीक्षकबाहेक अन्यलाई प्रवेशमा कडाइ गरिएको थियो । आफ्नै विद्यालयमा केन्द्र परेकाले अधिकांश विद्यार्थी खुसी भएका थिए । परीक्षामा सहभागी विद्यार्थीलाई ज्वरो परीक्षण गराइएको थियो । बोर्डका बागमती प्रदेश प्रमुख जयन्ती सत्यालले प्रदेशअन्तर्गतका सबै केन्द्रमा व्यवस्थितरुपमा परीक्षा सम्पन्न भएको जानकारी दिनुभयो ।

‘उपत्यकालगायत प्रदेशका सबै केन्द्रमा शान्तपूर्ण परीक्षा भएका छन्।’ –उहाँको भनाइ थियो । बोर्डले परीक्षा हुनु आधा घण्टाअघि मात्रै मेलबाट प्रश्नपत्र पठाएको थियो । नेपाल समाचारपत्र दैनिक