७ पुष २०८२, सोमबार
,
Latest
एमसीए नेपाल अन्तर्गत धानखोला लमहीको ४० किमि क्षेत्र मर्मत गर्न ठेक्का सम्झौता मिराज ढुंगाना नेतृत्वको टोलीद्वारा माईतीघरमा सरकार विरोधी प्रदर्शन (तस्बिरहरु) सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत, छिटो सक्न मन्त्री घिसिङको निर्देशन नेपाली सेनाको प्रष्टिकरण: संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ माइतीघर प्रदर्शनः फेरि पक्राउ परे निकोलस भुषाल राजनीतिक दलसँग छलफल गर्दै प्रधानमन्त्री, को–को हुनेछन् सहभागी ? मनमोहक तनहुँको दुबुङ गाउँ विपद् पूर्वतयारी मजबुत बनाउने सरकारको प्रतिबद्धता कांग्रेस सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा पार्टीको महाधिवेशन सम्पन्न गरेर निर्वाचनमा भाग लिनुपर्छ: महामन्त्री थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

आफ्नै आर्थिक सहयोगमा केरुङ–काठमाडौँ रेलमार्गः डीपीआर बनाउन चीन सकारात्मक



अ+ अ-

काठमाडौँ। आफ्नै आर्थिक तथा प्राविधिक सहयोगमा प्रस्तावित केरुङ–काठमाडौँ रेलमार्गको विस्तृत सम्भाव्यता अध्ययन (डीपीआर) निर्माण गर्न चीन सरकार सकारात्मक भएको छ । प्रस्तावित सो रेलमार्गको निर्माण तथा सञ्चालनबारे दुई मुलुकका पदाधिकारीबीच बिहीबार भएको छलफलमा उक्त रेलमार्गको डीपीआर तयार गर्न चिनियाँ पक्ष सकारात्मक भएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ । यसअघि सो रेलमार्गको डीपीआर तयार गरिदिन नेपालले चीन सरकार समक्ष औपचारिक प्रस्ताव गरेको थियो ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको भर्चुअल बैठकमा नेपालका तर्फबाट नेतृत्व गर्नुभएका मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठले चीनले आफ्नै आर्थिक तथा प्राविधिक सहयोगमा विस्तृत सम्भाव्यता अध्ययन तयार गरिदिन चिनियाँ पक्ष सकारात्मक रहेको जानकारी दिनुभयो ।

बैठकमा नेपालका तर्फबाट सचिव श्रेष्ठका साथै गृह मन्त्रालय र परराष्ट्र मन्त्रालयका प्रतिनिधि तथा रेल विभागका महानिर्देशकको सहभागिता थियो । चीनका तर्फबाट नेसनल रेल्वे एड्मिनिस्ट्रेसनका उपप्रशासक आङ लु सीले नेतृत्व गर्नुभएको थियो । यसअघि नै प्रस्तावित सो रेलमार्गको पूर्वसम्भाव्यता अध्ययन सम्पन्न भइसकेको छ । भौतिक सचिव श्रेष्ठले बैठकमा नेपालले सो रेलमार्गको डीपीआर तयार गरिदिन चिनियाँ पक्षलाई आग्रह गरेको थियो । नेपालको प्रस्तावमा चिनियाँ पक्ष सकारात्मक रहेको र छिट्टै काम सुरु गर्नेछ भन्नुभयो ।”
अब चिनियाँ पक्षले डीपीआरका लागि विस्तृत गृहकार्यसहित प्रस्ताव नेपाललाई पठाउने र त्यसलाई नेपालले अध्ययन गरेपछि दुवै पक्षबीच निर्णय हुनेछ । त्यसपछि काम सुरु हुन्छ । डीपीआर तयार गर्न चिनियाँ पक्ष छिट्टै नेपाल आउने जानकारी सचिव श्रेष्ठले दिनुुभयो ।

सचिव श्रेष्ठले त्यसैगरी अब चिनियाँ पक्षले डीपीआरका लागि आवश्यक उपकरण नेपाल ल्याउन तथा सोको भन्सार छुट बारेको ‘सिक्युवेस्ट लेटर’ पठाउनेछ । त्यसपछि भौतिक मन्त्रालयले अर्थ मन्त्रालयमा सहजीकरण गर्नेछ भन्नुभयो । डीपीआर सम्बन्धी सम्पूर्ण काम कोभिड–१९ का कारण ढिलो भएको उहाँले स्पष्ट पार्नुभयो । 
त्यसैगरी बैठकमा चीनमा नेपाली इन्जिनियरलाई तालिमबारे नेपालद्वारा गरिएको प्रस्तावमा चिनियाँ पक्ष सकारात्मक
रहेको छ । यो रेलमार्गको ‘डीपीआर’ तयार गर्न करिब दुई वर्ष लाग्ने अनुमान छ । उहाँले विकट भूगोलमा निर्माण गरिने भएकाले सो रेलमार्गका लागि विभिन्न कोणबाट अध्ययन गर्नुपर्ने बताउनुभयो ।

रेलमार्ग निर्माणका लागि तीन चरणमा अध्ययन सम्पन्न गरिनेछ । पहिलो चरणमा हवाई सर्वेक्षण (एरियल सर्भे), दोस्रोमा भौगोलिक अनुसन्धान (जियोलोजिकल इन्भेस्टिगेसन) र तेस्रोमा रेल पङ्क्ति योजना (रेल्वे अलाइनमेन्ट) रहेको छ । सबै अध्ययन चीन सरकारको आर्थिक र प्राविधिक सहयोगमा हुनेछ । ‘डीपीआर’ निर्माणसँगै रेल निर्माणको कुल लागत, निर्माणको ‘मोडेल’ लगायतका विषयबारे टुङ्गो लाग्नेछ । चीनका राष्ट्रपति सी चिनफिङको गत वर्ष असोजमा भएको नेपाल भ्रमणका क्रममा यस रेलमार्गको अध्ययन गर्न दुई मुलुकबीच समझदारी पत्रमा हस्ताक्षर भएको थियो ।

केरुङ–काठमाडौँ रेल सम्भव
प्रस्तावित सो रेलमार्ग निर्माण गर्न चीनद्वारा यसअघि गरिएको पूर्वसम्भाव्यता ९प्री–फिजिबिलिटी० अध्ययन प्रतिवेदनले उक्त रेलमार्ग निर्माण र सञ्चालन सम्भव रहेको देखाएको थियो । चीनले सो प्रतिवेदन नेपाल सरकारलाई हस्तान्तरणसमेत गरिसकेको छ । प्रतिवेदन अनुसार सो रेलमार्गको लम्बाइ करिब ७२ किलोमिटर हुनेछ ।
अध्ययन अनुसार सो रेलमार्गमा चारवटा स्टेसन प्रस्ताव गरिएको छ । पहिलो स्टेसन केरुङमा हुनेछ भने काठमाडौँ र केरुङको बीचमा दुईवटा र अन्तिम स्टेसन काठमाडौँको टोखामा हुनेछ । रेलमार्ग निर्माण गर्न चीन सरकारले सिगात्सेबाट नेपालको सीमा नजिकैको केरुङसम्म अध्ययन सम्पन्न गरेको छ । केरुङ–सिगात्से रेलमार्ग भएरै चीनबाट नेपाल रेल आउने हो । केरुङमा रेल आएपछि काठमाडौँ ल्याउन सहज हुने विश्वास छ । गोखापत्र दैनिक