२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar किसान परिचयपत्र वितरण गर्न माग News Polar पर्यटकलाई दुःख दिने १५ जना पक्राउ News Polar नक्कली नोट कारोबार गर्ने दुई जना पक्राउ News Polar मल्कवाङबाट गर्भवतीको हवाई उद्धार News Polar एसियाड पारा खेलाडीलाई टिसर्ट News Polar पोखरामा अल्ट्रा ट्रेल दौड प्रतियोगिता News Polar दुबईमा नेपथ्यको नयाँ उचाइ News Polar दुई लाख बढी नगदसहित जुवा खालबाट पाँच पक्राउ News Polar चिनियाँ पर्यटक आकर्षित गर्न जोर्डनको प्रयास तीव्र News Polar नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्रहरू जलवायु सङ्कटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल News Polar जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल News Polar घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि रुट परमिट खुला News Polar वृद्धको हत्या अभियोगमा युवक पक्राउ News Polar कांग्रेस सभापतिमा तीन जनाको उम्मेदवारी News Polar कांग्रेसको १५औं महाधिवेशन: उपसभापतिमा शर्मा र महिला उपसभापतिमा भुसाल निर्विरोध निर्वाचित News Polar बार्सिलोनामा हिंसात्मक प्रदर्शनपछि स्पेन सरकारद्वारा आवाससम्बन्धी आपतकालीन उपाय स्वीकृत News Polar फ्रान्समा विद्यार्थी आन्दोलन चर्कियो, सयौँ उच्च माध्यमिक विद्यालय प्रभावित News Polar धानमा आत्मनिर्भर बनेपछि वन फँडानी रोक्ने इन्डोनेसियाको निर्णय News Polar कृष्ण थापा नेपाली सेनाको रग्बी प्रशिक्षक नियुक्त News Polar तिलौराकोट, जनकपुरधाम र पनौतीबारे अध्ययन गरिने

युक्रेन र मध्यपूर्वबारे छलफल गर्न अमेरिकी विदेशमन्त्री ब्लिन्केन बेलायत जाने

युक्रेन र मध्यपूर्वबारे छलफल गर्न अमेरिकी विदेशमन्त्री ब्लिन्केन बेलायत जाने
अ अ+ अ-

एजेन्सी । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन मध्यपूर्व र युक्रेनबारे छलफल गर्न अर्को साता लण्डन जानुहुने भएको छ ।

स्टार्मरको लेबर पार्टीले जुलाईमा भएको चुनावमा जीत हासिल गरेपछि ब्लिन्केनको सोमबार र मङ्गलबारका लागि भ्रमण तय भएको हो । नयाँ नेतृत्व सरकारमा आएसँगै हुन लागेको यो अमेरिकी उच्च अधिकारीको पहिलो भ्रमण हो ।

विदेशमन्त्री ब्लिन्केनले रणनीतिक वार्तामा भाग लिने र ‘अमेरिका र बेलायतबीचको विशेष सम्बन्धलाई पुनः पुष्टि गर्ने’ अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता म्याथ्यू मिलरले बताउनुभएको छ ।

मिलरले भन्नुभयो, “उहाँले एसियाका साथै मध्यपूर्व र युक्रेनलाई सहयोग गर्ने हाम्रो सामूहिक प्रयासबारे छलफल गर्नुहुनेछ ।”

यसअघि आगामी शुक्रबार स्टार्मरले वासिङ्टनको भ्रमण गर्ने घोषणा ह्वाइट हाउसले गरेको थियो ।

वासिङ्टनमा नेटोको शिखर सम्मेलनमा भाग लिएका स्टार्मरले कार्यभार सम्हालेको केही दिनपछि जुलाई १० मा ह्वाइट हाउसमा राष्ट्रपति जो बाइडेनलाई भेट्नुभएको थियो।

बेलायत र संयुक्त राज्य अमेरिकाले अधिकांश विश्वव्यापी मुद्दाहरूमा आवश्यकता परेका अवस्थामा आपसी सहकार्य गरेका छन् । साथै, बाइडेन नेतृत्वको डेमोक्रयाटिक नेताहरू ऐतिहासिक रूपमा कन्जरभेटिभभन्दा लेबर पार्टीसँग नजिकको सम्बन्ध राखेको पाइन्छ ।

यद्यपि, स्टार्मरले पदभार ग्रहण गरेदेखि नै इजरायलमाथि कडा कदम चाल्नुभएको छ । उहाँको सरकारले मानवीय कानूनको उल्लङ्घन गर्न प्रयोग हुन सक्ने जोखिमलाई उद्धृत गर्दै केही हतियार ढुवानीहरू स्थगन गर्ने घोषणा गरेको छ ।

लेबर सरकारले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूलाई पक्राउ गर्ने अन्तर्राष्ट्रिय फौजदारी अदालतको अधिकारलाई चुनौती दिने कन्जरभेटिभ पूर्ववर्तीको योजना पनि रद्द गरेको छ ।

संयुक्त राज्य अमेरिका अन्तर्राष्ट्रिय फौजदारी अदालतको सदस्य होइन र नेतन्याहूलाई लक्षित गर्ने प्रयासको विरोध गर्दै इजरायलको जवाफदेहीताको लागि आफ्नै प्रणाली छ भन्ने तर्क गर्दै आएको छ ।

तर इजरायलको प्रमुख हतियार आपूर्तिकर्ता संयुक्त राज्य अमेरिकाले हतियारको निर्णयको आलोचना गरेन र भन्यो कि ब्रिटेनको मूल्याङ्कन गर्ने आफ्नै प्रक्रिया छ ।