१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar करदाता प्रोत्साहन उपहारमा १६ जना विजेता, एक जनाले जिते १० लाख News Polar ‘डोजरे विकास’ ढाँचाले हिमाली पर्यावरण बिगार्‍योः सचेतक परियार News Polar कांग्रेस महाधिवेशनमा बाबु–छोरा नै महाधिवेशन प्रतिनिधि News Polar आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक राष्ट्रिय सभाबाट सर्वसम्मत पारित News Polar जटिल प्रसूति समस्या भएकी महिलाको हवाई उद्धार News Polar बाढीमा हराएकाहरुको जीवन खोज्ने जवान News Polar सभामुख डीपी अर्यालद्वारा राष्ट्रपति पौडेलसँग शिष्टाचार भेट News Polar सभामुख अर्यालद्वारा राष्ट्रपति पौडेलसँग शिष्टाचार भेट News Polar कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, शहरमा पर्चा नटाँस्ने News Polar आन्तरिक वायुसेवा दायित्व विधेयकमा १३ बुँदा संशोधन News Polar आधारभूत अस्पतालका भवन बने पनि सेवा सञ्चालन हुन सकेन : सांसद केरुङ News Polar ग्यास आपूर्ति प्रणालीको मुख्य अवरोध कृष्णभीरको पहिरो रहेछ, आपूर्ति सहज हुँदैछः मन्त्री साह News Polar पुराना पुस्तालाई अयोग्य करार गर्ने भाष्यप्रति एमाले सांसद घतानीको असन्तुष्टि News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना तथा सञ्चालन विधेयक सर्वसम्मतिले पारित News Polar ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीहरुको १० प्रतिशत लाभांश पारित News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई अत्याधुनिक बनाइने : मन्त्री पुन News Polar बाढी प्रभावित नुवाकोटका १५० गर्भवती तथा सुत्केरी महिलालाई पोषण सामग्री News Polar भ्रष्टाचारीमाथि कारबाही गर्न सरकारलाई राप्रपाको चुनौतीः ‘हामी समर्थक हौँ, दास होइनौँ’ News Polar राष्ट्रिय सभामा सांसदका प्रश्नको जवाफ, विभिन्न वार्षिक प्रतिवेदन पेश News Polar पूर्वाधार विकासको गति तीव्र बनाउन कानुनी सुधारलाई राष्ट्रिय प्राथमिकता दिनुपर्छ : अग्रवाल

त्रिभुवन विश्वविद्यालयलाई नेपालको उच्च शिक्षा सुधार केन्द्रको रुपमा विकास गरिने (भिडियो)

त्रिभुवन विश्वविद्यालयलाई नेपालको उच्च शिक्षा सुधार केन्द्रको रुपमा विकास गरिने (भिडियो)
अ अ+ अ-

काठमाडौं । सरकारले त्रिभुवन विश्वविद्यालयलाई नेपालको उच्च शिक्षा सुधार केन्द्रको रुपमा विकास गर्ने भएको छ । उच्च शिक्षामा रहँदै आएको परिक्षा प्रणाली, पठनपाठन, शिक्षण सिकाई प्रक्रिया र विश्व विद्यालयको भौतिक संरचनालाई समेत परिमार्जन गर्ने गरी विश्व विद्यालयलाई सुधार केन्द्र बनाउन मन्त्रालयमा छलफल भएको शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले बताउनु भयो ।

मंगलबार त्रिभुवन विश्व विद्यालय केन्द्रिय पुस्ताकालयको भवन शिल्यानाश कार्यक्रममा बोल्दै मन्त्री पौडेलले यस्तो बताउनु भएको हो । उहाँले उच्च शिक्षा सुधारको लागि त्रिभुवन विश्व विद्यालयले अग्रसरता देखाउनु पर्ने बताउनु भयो । मन्त्री पौडेलले सरकारले ७५३ वटै स्थानीय तहमा प्राविधिक क्षिक्षा पुर्याउने गरी काम गरिरहेको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘सरकारले उच्च शिक्षालाई आमूल रुपमा सुधार गर्ने सङकल्प गरेको छ । उच्च शिक्षाको परिक्षा प्रणाली,पठनपाठन,शिक्षण सिकाई प्रक्रिया, त्रिभुव विश्व विद्यालयका भौतिक निर्माण, कोषलाई परिमार्जन गरेर यो विद्यालयलाई सेन्टर अफ एक्ससिलेन्सीको रुपमा अगाडि बढाउने शिक्षा मन्त्रालय छलफलमा लागेको छ । त्यसको लागि त्रिभुवन विश्व विद्यालयलाई निकै मेहनत गरेर अगाडि बढ्न आग्रह छ । विश्व विद्यालयमा रहेका समस्या वार्ता,सहमती र सहकार्य मार्फत समाधान गर्ने प्रध्यापक तथा विद्यार्थीको जिम्मामा छ । सबै प्रध्यापक तथा विद्यार्थी संगठनहरुले विश्व विद्यालय सुधार गर्न सहयोग गर्नु होला र विश्व विद्यालयलाई प्रध्यापक तथा विद्यार्थी वा कर्मचारीका जाहेज माफलाई सम्बोधन गरेर वार्ताको माध्यमबाट समाधान गर्न अनुरोध छ । नेपालको शिक्षा प्रणालीलाई सुधार गर्न उच्च शिक्षा,माध्यमिक शिक्षा र प्राविधिक शिक्षा सुधार गर्नु पर्ने छ ।  सरकारले देशमा ७५३ वटा स्थानीय तहमा प्राविधिक शिक्षा पु¥याएर दक्ष प्राविधि जनशक्ति तयार गर्ने  र उत्पादित जनशक्तिलाई रोजगारमा जोड्ने र शिक्षालाई शिपसँग र शिपलाई रोजगारसँग जोड्ने गरी हामीले प्रक्रिया अगाडि बढाएका छौं।’

त्यस्तै मन्त्री पौडेलले शिक्षा क्षेत्रबाट नै नेपालबाट वार्षिक खबौं रुपैयाँ बाहिर जाने गरेको बताउनु भयो । उहाँले विदेशबाट आउँने रेमिटेन्सको हिसाव गर्ने तर नेपालबाट बाहिर गएको पैसाको हिसाब नगर्ने भएकाले अर्थतन्त्र रेमिटेन्सको भर पर्नु परेको दाबी गर्नु भयो । नेपालबाट उच्च शिक्षा अध्ययनको लागि अबौं रुपैयाँ जाने गरे पनि नियन्त्रण गर्न नसकिएको मन्त्री पौडेलले बताउनु भयो । उहाँले नेपालमा नै गुणस्तरिय शिक्षा अध्ययन गर्ने वातावरण बनाउनु आवश्यक भएको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘नेपालमा अहिले पनि अर्ब मात्रै नभएर खबौं रुपैयाँ वार्षिक रुपमा विहिर जान्छ । हामी अर्थ प्रणालीको हिसाबले रेमिटेन्स हेछौं भने विदेशमा गएर दुख गरेर रेमिटेन्स पठाउँछन त्यो रेमिटेन्सले मुलुकको अर्थ प्रणालीमा सहयोग पुर्याएको छ । तर हामीले हाम्रो देशबाट बाहिर गएको पुँजी देख्न सकेनौं ।शिक्षाबाट बाहिर गएको पुँजी,विदेशीहरुले नेपालमा आएर काम गरेर हाम्रो देशबाट रेमिटेन्स लगेको हामीले नियमन गर्न सकेनौं । हाम्रो देशमा त्यसलाई नियन्त्रण गर्न सकेनौं भने मुलुकको अर्थप्रणाली परनिर्भरता रेमिटेन्सको भरमा मात्रै रहनेहुन्छ । त्यसकारण नेपाली विद्यार्थीहरुले नेपालको शिक्षामा भर नपरेर विदेशी पढन जाने स्थिती बनेको छ । तर कानूनी रुपमा विदेश पढ्न जान रोक्न सक्दैनौं । तर नेपालमा नै गुणस्तरिय शिक्षा लिन सक्ने वातावरण बनाउन जरुरी भएको छ ।

त्रिभुवन विश्व विद्यालयको केन्द्रिय पुस्ताकालय २०७२ सालको भुकम्पले क्षती ग्रस्त बनेको थियो । उक्त पुस्तकालय बनाउन भारत सरकारले ५० करोड अनुदान दिएको छ । हालको त्रिभुवन विश्वविद्यालय केन्द्रिय पुस्तकालय भवनको सन् १९६७ मा भारत सरकारको सहयोगमा निर्माण भएको थियो । त्रिभुवन विश्वविद्यालयस्थित गान्धी भवनको निर्माण पनि भारत सरकारको सहयोगमा सन् १९७३ मा भएको हो । शिलान्याश कार्यक्रममा बोल्दै राजदूत क्वात्राले यो परियोजना भारत र नेपालबीचको बहुपक्षीय एवम् बलियो विकास साझेदारीको प्रमाण भएको बताउनुभयो ।  वहाँले नेपालको सामाजिक एवम् आर्थिक विकासका लागि नेपाल सरकारसँग भारतले निरन्तर हातेमालो गर्ने बताउनुभयो ।

भूकम्पपछिको पुनर्निर्माणका लागि भारतले नेपाल सरकारलाई २५० मिलियन अमेरिकी डलर अनुदान प्रदान गर्ने प्रतिबद्धता गरेको छ । सो रकममध्ये ५० मिलियन अमेरिकी डलर शिक्षाको क्षेत्रमा खर्च भइरहेको छ । हाल नेपालका आठ जिल्लामा ७१ वटा शैक्षिक संस्थाको निर्माण भइरहेको छ जसमध्ये १४ वटाको निर्माण सम्पन्न भई हस्तान्तरण भइसकेको छ भने बाँकीको निर्माण कार्य अघि बढिरहेको छ ।