२ माघ २०८१, बुधबार
,
Latest
सूर्योदय नगरपालिकामा शैक्षिक गुणस्तर सुधार्न ‘१२ महिना, १२ कार्यक्रम’ काठमाडौं महानगरले प्रदेश सरकारलाई राजश्वबाट उठेको ४० प्रतिशत रकम नबुझाएको कानूनमन्त्री लामिछानेको गुनासो कति सिकियो त भूकम्पले सिकाएको पाठ? सभापति देउवाले पार्टीका मन्त्रीहरूसँग छलफल गर्ने कंगनाको फिल्म ‘इमर्जेन्सी’लाई बंगलादेशमा प्रतिबन्ध लगाइयो पाँच महिनामा एक हजार बढी आगलागीका घटना, १६ जनाको मृत्यु तान्जानियामा मारबर्ग भाइसरका कारण आठ जनाको मृत्युः डब्लुएचओ प्रधानमन्त्रीबाट अन्तर्राष्ट्रिय ब्राण्डको मर्क्युर होटेल उद्घाटन अभ्यास खेलमा नेपाल अमेरिकासँग ५ विकेटले पराजित एलिट कपः लन्चअघि आर्मी ४६ रनले पछाडि, भीमको अर्धशतक
तपाईं के खोज्दै हुनुहुन्छ ?

अछाममा जीप दुर्घटना हुँदा आठ घाइते



symbolic picture
अ+ अ-

अछाम । यहाँको साँफेबगर नगरपालिका–८ मटेनास्थित मध्य–पहाडी राजमार्गमा जीप दुर्घटना हुँदा आठ जना घाइते भएका छन् ।

साँफेबगरबाट मङ्गलसैनतर्फ जाँदै गरेको सु.प.प्र. ०१००१ ज.१२३८ नं.को जीप अनियन्त्रित भई सडकको नालीमा पल्टिएको जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक ईश्वरीप्रसाद भण्डारीले जानकारी दिनुभयो ।

जीपमा नवदुर्गा गाउँपालिका–४ निवासी वर्ष ४२ का चालक लक्ष्मण साउदसहित ११ जना सवार थिए । त्यसमध्ये आठ घाइते भएका छन् ।

घाइते हुनेमा चौरपाटी गाउँपालिका–१ का १९ वर्षीया कल्पना थापा, १९ वर्षीया देवकी थापा, १८ वर्षीया लक्ष्मी साउद, सोही पालिका वडा नम्बर २ बस्ने २९ वर्षीय लोकेन्द्रबहादुर साउद, १८ वर्षीया तुलसी साउद, १८ वर्षीय प्रेम साउद, १८ वर्षीया प्रति साउद, साँफेबगर नगरपालिका–४ बस्ने १७ वर्षीया पुजा सुनार घाइते भएका छन् ।

घाइते सबैको बयालपाटा अस्पतालमा उपचार भइरहेको प्रनाउ भण्डारीले बताउनुभयो । चालकलाई नियन्त्रणमा लिएको अछाम प्रहरीले जनाएको छ ।