५ पुष २०८२, शनिबार
,
Latest
दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी साफ महिला च्याम्पियनसिपः एपिएफलाई हराउँदै इस्ट बङ्गाल विजयी गृहमन्त्री अर्यालद्वारा नुवाकोटस्थित केन्द्रीय कारागारको निरीक्षण विधि र प्रक्रिया पूरा गरेर महाधिवेशन हुनुपर्छ- नेता सिंह राजनीतिमा मिल्न बाँकी हिसाब ! ‘पार्टीलाई थप सुदृढ बनाउन एकताबद्ध भएर लाग्छौँ’ पत्रकारले आचारसहिंता पुर्ण रूपले गर्नुपर्नेमा जोड टेबलटेनिस प्रतियोगितामा रुविन र इभानालाई स्वर्ण ‘प्रदेश र स्थानीय तहलाई क्षेत्राधिकार हस्तान्तरण नहुँदा सङ्घीयता कमजोर बनेको छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

२ बालिका मृत भेटिएको घटनाः दुई छोरीलाई विष खुवाएर आफूले पनि खाएकी थिइन्



अ+ अ-

काठमाडौँ । मोरङको सुन्दरहरैँचा नगरपालिका–७ स्थित केरा बगानभित्र मृत भेटिएका दुई बालिकाकी आमाले पनि विष सेवन गरेको खुलेको छ ।

आमाले नै दुई छोरीलाई विष खुवाएर हत्या गरेको पुष्टि भएको छ । झापाको बिर्तामोडमा फेला परेकी अस्मिता कार्कीले आफूले नै छोरीहरूलाई विष खुवाएको प्रहरीसमक्ष स्वीकारेकी छन् । कम विष भएकाले उनलाई डोज नपुगेको प्रहरीले जनाएको छ ।

बच्चालाई विष खुवाएर हिँडेकी आमा अस्मिताले सो दिन जंगलमै बिताएकी थिइन् । विषले नमरेपछि उनी विक्षप्त भएर भौतारिँदो बिर्तामोड पुगेकी थिइन् । उनको शरीरमा अझै विषको असर रहेकाले कोशी अस्पतालमा उपचार गरिएको प्रहरीले जनाएको छ । उनको कोशी अञ्चल अस्पताल विराटनगरमा उपचार भइरहेको छ ।

सुन्दरहरैँचा–७ को एक केरा बगानमा अर्जुन कार्कीका छोरीहरु ३ वर्षकी अर्पणा र एक वर्षकी आइका कार्की शनिबार दिउँसो मृतावस्थामा फेला परेका थिए ।