४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar क्यारिबियनमा अमेरिकी सेनाको कारबाहीमा चार जना मारिए News Polar कांग्रेस महाधिवेशनमा सहभागी नहुने पूर्णबहादुर खड्काको घोषणा News Polar दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै News Polar धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु News Polar काठमाडौं उपत्यकामा रातिसमेत सार्वजनिक यातायात विस्तार गर्नुपर्ने : सुनिता डंगोल News Polar रात्रिकालीन बस सेवा निःशुल्क गर्न ललितपुर महानगरप्रमुख महर्जनको प्रस्ताव News Polar प्राकृतिक सौन्दर्यले भरिएको टिम्बुङ पोखरी-फोटो फिचर News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar बाढी प्रभावितलाई हैजाविरुद्धको खोप उपलब्ध News Polar जनकपुरमा आगलागी, एक जनाको मृत्यु News Polar परराष्ट्रमन्त्री आज अमेरिका जाँदै, अवसर गुमाउँदै प्रधानमन्त्री News Polar सडक किनारमा नगरपालिकाको बेसार खेती News Polar गोरुगाडामा मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु News Polar राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक बस्दै News Polar मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु News Polar छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प News Polar वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व संकलन News Polar विकास–निर्माणका काम व्यास नगरपालिकाकाे प्राथमिकतामा News Polar सरकार र निजी क्षेत्रबीच निरन्तर संवाद तथा सहकार्य आवश्यकः अध्यक्ष श्रेष्ठ News Polar आरोहण टोली धवलागिरि आरोहण टोली धवलागिरि आधार शिविरमा

‘शेयर’ बजार बुलमा हुने भूल

‘शेयर’ बजार बुलमा हुने भूल
symbolic photo
अ+ अ-

काठमाडौँ । ‘शेयर’को बुल ९बढ्दो० बजारको लहर चल्दै गर्दा लगानीकर्ता र कारोबारी मात्रै नभई सिङ्गो राज्य संयन्त्र उत्साहित हुनु स्वाभाविक हो । यसले अर्थतन्त्रलाई चलायमान मात्र बनाउँदैन, राज्यकोषलाई समेत सबल बनाउन मद्दत गर्छ । पुराना र अनुभवी व्यक्ति र संस्था मात्रै नभई नयाँ लगानीकर्ताहरु समेत बजारमा प्रवेश हुने गर्छन् । कारोबार रकम, सूचकाङ्क र लगानीकर्ताहरुको ‘पोर्टफोलियो’ सबै बढ्दै गएका सूचना र समाचारहरुले मिडियाहरु रङ्गिएका हुन्छन् ।

सामाजिक सञ्जाल, चोक बजार र बस्तीहरु शेयर बहसले तताएको हुन्छ । यसको प्रभाव सामान्य व्यक्तिदेखि बौद्धिक र व्यवसायीसम्म पर्न पुग्छ । यसरी सबै तह तप्कामा सकारात्मक माहोल बन्दै गर्दा लगानीकर्ताले शेयर बजारमा हुने विपत्ति बिर्सिसकेका हुन्छन् । यस्तो परिस्थितिमा नयाँ, कम अनुभवी र अनुभवीले समेत आफ्ना अनुशासन तथा रणनीति र्बििर्सएर गर्ने व्यवहारका कारण धेरै भूल हुने गर्छ । त्यसलाई जान्न आवश्यक छ ।

बढ्छ अझै बढ्छ

शेयर बजार जब बुल लयमा हुन्छ । लगानीकर्ता होस् वा कारोबारी हरेकले बजार घट्ने कुरा भुलेका हुन्छन् । लामो समयसम्म घटेको बजार नदेख्दा दिमागको स्मरण शक्तिले बजार ओरालो पनि जान्छ भन्ने कुरा बिर्सिसकेको हुन्छ । यस्तो बजारमा हरेक दिन शेयर बजारमा जोडिएका व्यक्ति बजारले अझै नयाँ उचाइ बनाउने विश्वास बोकेर कुरिरहेका हुन्छन् । तर यथार्थ के हो भने सगरमाथाको चुचुरो धेरैले थुप्रै पटक चुमिसके एकजना व्यक्ति पनि अहिलेसम्म टुप्पोमा बसिराख्न सकेका छैनन् । सबैले ओर्लिन परेको छ । शेयर बजारको बुल पनि सगरमाथा चढे जस्तै हो एउटा विन्दुमा पुगेपछि झर्नै पर्छ । बुलको राप, ताप, बढेको पोर्टफोलियो, बनेको सकारात्मक भाव र मिडियामा आएका समाचारलगायत माहोलले मानिस बजार अझै बढ्ने र धेरै कमाउने लोभको लतले बेच्नै बिर्सन्छन् । यसैले बजार बढी मात्रै रहँदैन, यो घट्छ भन्ने नभुलौँ ।

तल बेच्ने माथि किन्ने

बुल बजार कैयौँपटक पुतलीलाई लोभ्याउन बत्ती बाले जस्तै हो । खासगरी नयाँ र अनुभव कम रहेका लगानीकर्ताको हकमा बुल बजारले यसरी आकर्षित गर्छ छिमेकी, साथी, पसले, अफिस र आफन्त हरेकले प्रत्येक दिन यति कमाए भनेको सुनेरै बजारमा जोडिन पुग्छन् । कसैलाई सोधेर शेयर किन्छन्, कसैले भन्देकै भरमा नाफा हुन्छ बिक्री गर्छन्, फेरि कसैले भन्छ अझै बढ्छ रे, यति पुग्छ रे, उति पुग्छ रे, पहिला आफूले बेचेको शेयर फेरि माथि गएर आपैmले किन्छन् । यही प्रक्रिया चलिरहँदा अन्तिमपटक खरिद गरिएको शेयर बिक्री गर्न छुट्दा सम्पूर्ण धन डुब्न सक्छ ।

उदाहरणका रुपमा हेरौँ कसैले ‘क’ कम्पनीको शेयर रु तीन सयमा किनेर रु चार सयमा बिक्री गर्छ, फेरि कसैले भन्छ ‘क’ कम्पनीको शेयर रु आठ सय पुर्‍याउने कुरा छ, फलानो समूह वा खेलाडीले उठाउन थाल्यो किन्दा हुन्छ । आपैmँले बेचेको शेयर पुन: रु पाँच सयमा किन्छ । उक्त कम्पनीको मूल्य रु सात सय पुग्छ, कसैले भन्छ बजार घट्ला जस्तो छ बेच्दा हुन्छ, त्यसैका आधारमा बेचिन्छ । केही दिन बजार ‘करेक्सन’ हुन्छ । फेरि बढ्न थाल्छ । उक्त कम्पनीको मूल्य रु नौ सय पुग्छ । फेरि उसैले भन्छ रु एक हजार तीन सय पुर्‍याउने कुरा छ किन्दा हुन्छ । उसैगरी किनिन्छ तर बजार केही माथि त पुग्छ तर बिक्री गर्न नपाउँदै घट्न थाल्छ र बजारले बियरिस ९घट्दो० लय समात्न थाल्छ । यसपछि त्यस्ता लगानीकर्ताले कि त घाटामा बिक्री गरेर निस्कनुपर्छ कि त अर्कै बुल कुर्नुको विकल्प हुँदैन । यसैले बुल बजारमा तल बेच्ने माथि किनेर पनि कमाउन सकिन्छ भन्ने भ्रमबाट बच्ने रणनीति हरेकले बनाउन आवश्यक छ ।

खरिद गर्न नपाइने अत्यास

बुल बजारमा खरिदकर्ता यति धेरै भोकाएका हुन्छन् । बिक्रेताले जुन दरमा शेयर बिक्री गर्न चाहन्छन् । त्यही दरमा खरिद गरिदिन्छन् । पैसा बोकेर बसेका क्रेता बजार बढेको देखेर आफूले कमाउने अवसर गुमाएकामा पश्चातापको अनुभूति गरिरहेका हुन्छन् । माग यसरी बढ्छ कैयौँपटक आपूर्ति शून्य हुन्छ । लगानीकर्ता बजारमा छिर्न ढिलो भएकामा थकथक मानिरहेका हुन्छन् । न खरिद कर्ता न बिक्रेता दुवै पक्ष बजार रकेट गतिमा अझै अगाडि जाने विश्वास गरेर शेयर जम्मा गर्न चाहन्छन् । यसले गर्दा बजारमा शेयर अभाव हुन पुग्छ र यो सधँै रहिरहने विश्वास यति बलियो भएर जान्छ ।

मानिस शेयर आफ्नो हातबाट फुस्कन नदिन कर्जा लिएर बजारमा उत्रिन्छ । खरिद गर्न नपाइने अत्यासले लगानीकर्ता निराश हुन्छन् र जुनसुकै मूल्यमा छिटोछिटो शेयर उठाउन थाल्छन् । यो एउटा भ्रम हो । बजार करेक्सन हुन्छ नै, शेयर खरिद गर्ने अवसर बजारले दिन्छ नै तर बुल बजारले शेयर खरिद गर्न पाइँदैन भन्ने अत्यास देखाएर नयाँलाई मात्र नभई अनुभवी लगानीकर्तालाई समेत भूलमा पारिदिन सक्छ ।

बुलमा जान्नु र छानु पर्दैन

बुल बजारमा आमबुझाइ नै ‘सबै शेयरको मूल्य बढ्छ’, ‘जुन कम्पनीको शेयर लिए पनि हुन्छ’, ‘बुलमा छानिरहनु पर्दैन’, ‘बरु छिटो किन नत्र महङ्गोमा परिएला’ भन्ने रहेको पाइन्छ । यस्तो बजारमा कैयौँपटक आधारभूत पक्ष बलियो भएका कम्पनीको भन्दा कमजोर कम्पनीको मूल्य उच्च हुने गर्छ, भएका पनि छन् । चाहे त्यो बजारमा गलत सूचना दिएर होस्, शेयर सङ्कलन गरेर होस् वा हल्ला गराएर होस् मूल्य अस्वाभाविक रुपमा बढाउने र चलखेल गर्ने गरेको पाइन्छ । यसैको लहलहैमा थुप्रै लगानीकर्ता पछि लाग्ने गरेका छन् । तर सत्य के हो भने कुनै विन्दुसम्म बढे तापनि जब बजारको बेलुनको हावा फुस्कन्छ तब ती शेयरको मूल्य आफ्नै धरातलमा फर्कन बाध्य हुनेछ । यसरी तलतिर आउँदै गर्दा राम्रा कम्पनीको मूल्य माथि नै बस्ने छभने खराब कम्पनीको मूल्य भुइँमा आउने निश्चित छ । एउटा स्तरबाट माथि लागेपछि लगानीकर्ताले खोजीखोजी छानेर राम्रा शेयर मात्र खरिद गर्ने हुँदा सबै कम्पनीका शेयरको मूल्यसँगसँगै बढ्न सम्भव छैन । यसैले बुल होस् वा बियरिस होस् सबै अवस्थामा उत्तम कम्पनी छानेर शेयर किन्ने गर्नुपर्छ ।

कम पुँजी भएका कम्पनीमा उचालिनु

बुल बजारमा लगानीकर्ताहरुको मनोविज्ञान धेरै, छिटो र छोटो माध्यमबाट कमाउनु हुन्छ । यसका विविध विकल्पहरु हुन सक्छ तर खतरा उच्च हुने गर्छ । लगानीकर्ताहरु यति धेरै भोकाएका हुन्छन् तातेको बजारबाट काँचो खानेकुरा पाक्ने मात्र होइन, सडेका र बिग्रेका वस्तुहरु समेत शुद्धीकरण गर्न सकिने आत्मविश्वास बोकेर लगानीलाई केन्द्रीकृत गरिरहेका हुन्छन् । खासगरी कम्पनी छनोटमा आधारभूत पक्ष सबल भएकाभन्दा पनि कम पुँजी भएका कम्पनीको बहुसङ्ख्यक शेयर सङ्कलन गर्ने र आफूले चाहेको मूल्यमा उचाल्ने र खसाल्ने ढङ्गबाट लगानी गर्ने प्रवृत्ति बजारमा विकास हुँदै गइरहेको छ । यसले कम पुँजी भएका कम्पनीको शेयर बजारमा अभाव सिर्जना गरी त्यही मौकामा मूल्य अत्यधिक वृद्धि गराएर लगानीकर्ताहरुलाई किन पहिला किनेनछु भन्ने बनाउँदै स्मार्ट लगानीकर्ताहरुले नयाँ र कम अनुभवीलाई माथिलो विन्दुमा शेयर जिम्मा लगाएर आफू विस्तारै लाभांश क्षमता उच्च रहेका, संस्थागत सुशासन राम्रो भएको र भविष्यमा थप उन्नति गर्नसक्ने कम्पनीमा सर्ने गरेको देखिन्छ ।

यसैले बुल बजारमा उच्च जोखिम बहन गर्नसक्ने र ठूलो पुँजी रहेका कम्पनीको भन्दा पनि कर्नलिङ् ९सङ्कलन० गर्न सजिलो हुने कम्पनीका शेयरमा लगानीकर्ता छिटो उच्च लाभ पाउने आशामा उचालिँदा फस्ने सम्भावना सधैँ धेरै हुनेगर्छ । लगानीकर्ताले सानो पुँजी रहेका, मूल्य अकाशिएका तर क्षमता नभएकाभन्दा पनि बलिया कम्पनी छनोट गर्न सक्नुपर्छ । शेयर बजारमा सधैँ तातो आलु अरूलाई भिडाएर आफू उम्कन्छु भन्दा आलु लिने कोही भेटिएन भने आपैmँलाई पोल्न सक्छ ।

हरेक सूचनामा बहकिने

बियरिस बजारमा पनि सूचना पासोमा फसिने सम्भावना रहन्छ तर तुलनात्मक रुपमा बुल बजारमा त्योभन्दा बढ्ता छलकपट हुनसक्ने हुन्छ । बुल बजारमा नयाँ व्यक्तिदेखि अनुभव कम भएका र अनुभवी सबैमा लोभ बढ्छ । त्यसैको फाइदा उठाउँदै बजारमा अनेक किसिमका हत्थकण्डा लगाएर शेयरको मूल्य उचाल्ने खेल हुन्छ । यसको मूल उपाय सूचना पासो नै हो । यसका लागि सामाजिक सञ्जाल, सञ्चारमाध्यम, कम्पनी, नियामक वा व्यक्तिगत भेटघाट र सम्बन्धहरुको माध्यमबाट हल्ला, भ्रामक सूचना, शेयर सङ्कलन र बिक्री, शेयर मूल्य तोकेर हल्ला गर्ने, विश्लेषण सुनाउने र नीतिगत पासोहरु आदि फ्याँकेर बजारलाई जुरुक्कै बनाउने व्यक्ति, समूह र निकायहरुका जालसाजीमा लगानीकर्ता झुक्किने प्रबल अवस्था हुन्छ । यसैले आफूले पाएको सूचना कति साँचो र सत्य छ थप अनुसन्धानसहित परीक्षण गरेर मात्रै आफ्नो निर्णय प्रक्रियामा उक्त सूचनालाई प्रयोग गर्ने गर्नुपर्छ । अन्यथा सूचना पासोमा परिएर भुइँको टिप्न खोज्दा पोल्टाकै पोखिन सक्छ ।

बुल बजारमा सूचनाका माध्यमबाट ठगी गर्नेको र ठगिनेको सङ्ख्या दुवै अधिक हुनेहुँदा हरेक सूचनालाई प्रयोग गर्नु अगाडि त्यसको तथ्यलाई जाँच गर्न आवश्यक छ । किनकि सबै सूचना त्यसरी जारी गरिन्छ जहाँ सामान्य मान्छेलाई लोभ्याउने र यो नै सत्य हो भन्ने पार्न सकिने ढङ्गले डिजाइन गरेर बजारमा फ्याँकिएको हुन्छ । यसले गर्दा बुलमा हरेकलाई प्रत्येक सूचना साँचोजस्तो लाग्नु किन स्वाभाविक हो भने त्यसैका कारण आफ्नो पोर्टफोलियो बृद्धि भइरहेको हुन्छ । तसर्थ, सबै सूचना वास्तविक नहुन सक्छन् । यस्तो सूचना खेतीबाट जोगिन र सूचना पासोका कारण कुनै क्षति नहोस् भनेर बुल बजारमा लगानीकर्ता थप जागरुक हुन आवश्यक छ ।

अरूले कमाएको सुनेर बजार छिर्ने गर्नु

भारतमा एउटा भनाइ छ ‘दिल्लीको रेल स्टेसनमा उभिदिए पुग्छ भीडले रेल आपैmँ चढाउँछ, ओर्लने समयमा ढोका छेउमा उभिदिए पुग्छ हुलले आपैmँ झारिदिन्छ ।’ बुल बजारको चरित्र पनि यस्तै हो, अरूले कमाएको कहानी सुन्दासुन्दै त्यही सुनेर शेयरका बारेमा ‘श’ थाहा नभएका व्यक्तिहरु बजार छिर्ने गर्छन्, आफूलाई रोक्नै सक्दैनन् । बजारमा हावा यसरी आउँछ, हरेक व्यक्तिलाई आकर्षित गर्छ, एक व्यक्तिको फ्रिक्वेन्सीले अर्को व्यक्तिलाई तानिदिन्छ ।

हरेकलाई बजारले लोभ जगाउँछ, अरू धनी हुँदै गएको र आफू छुटेकामा कैयौँपटक रिस पनि उठ्छ । सके उसलाई भेट्टाउने र नसके कम्तीमा कमाउनेको नजिक पुग्ने हतारोमा मान्छे बजारमा पौडिन हम्फाल्छ तर उससँग पोखरी कति गहिरो र अप्ठेरो हुन सक्छ भनेर पौडी खेलेको अनुभव नै हुँदैन । तैपनि ऊ पनि अरूलाई भेट्टाउन र बजारलाई जित्न हतारिन्छ । यसले सिङ्गो बजार र स्वयम् व्यक्तिको निजी जीवनलाई तहसनहस बनाउन सक्छ र बनाएका थुप्रै समचार हामीले पढेका छाँै । यसैले अरूले कमाएको देखेर मात्रै बजार छिर्नुभन्दा केही सिकेर, केही जानेर र केही अध्ययन गरेर बजारमा कारोबार र लगानी गर्न जाने गरौँ । पौडी खेल्न सिकेपछि मात्रै पोखरीमा हम्फाल्यौँ भने सुरक्षित हुन सकिन्छ, नत्र सधैँ कागताली सम्भव छैन, सधँै सबैलाई चिट्ठा पर्दैन । रासस