१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar प्रिय टेकराज ! तिमीलाई बिदाइ होइन, बस् सम्मान… News Polar विश्व शेर्पा सम्मेलनको तयारी पूरा, २५ देशबाट प्रतिनिधि सहभागी हुने News Polar टर्की र युक्रेनबीचको स्वतन्त्र व्यापार सम्झौता कार्यान्वयनमाः द्विपक्षीय व्यापारमा नयाँ आयाम News Polar बाढीपछिको पुनःस्थापनामा प्रभावित नागरिकको जीविकोपार्जनलाई प्राथमिकता दिन सांसदहरुको आग्रह News Polar हेटौंडामा सुमो काउन्टर एकै ठाउँमा ल्याइँदै, बजारको ट्राफिक चाप घटाउने तयारी News Polar गौघाट ग्रीन रनको उपाधि बिशाल र आयुष्मालाई , योगिनीलाई लार्जेस्ट तथा शुक्रलाई फास्टेस्ट अवार्ड News Polar जलवायु न्यायको माग गर्दै सडकमा पीडितः ‘हाम्रो रगत र आँशुको मूल्य खोज्दैछौँ’(तस्बिरसहित) News Polar सिँचाइ विभागले ल्यायो वैदेशिक रोजगारीबाट फर्केका युवा लक्ष्यित कार्यक्रम News Polar रास्वपा केन्द्रीय समिति बैठक आज News Polar सहसचिव जितेन्द्र बस्नेतको आक्रोशः निजामती सेवा विधेयक भर्त्सनायोग्य छ News Polar मेकाडेमिया नट खेतीमा किसानको आकर्षण News Polar अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अमेरिका प्रस्थान News Polar एलिना चौहानले भनिन्– ‘मेरो विगतलाई मेरो वर्तमानको परिचय नबनाइदिनुस्’ News Polar नवलपरासीमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते News Polar बाढीपछि उजाडियो सेतीवेणी, करोडौँको क्षति News Polar निःशुल्क आँखा शिविरबाट १८७ जना लाभान्वित News Polar फुर्केखोलाको वैकल्पिक सडक पाँच घण्टा बन्द हुने News Polar धानबालीमा रोग–कीराको समस्या : किसान चिन्तित News Polar अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान

बाली बीमाका लागि प्रवर्द्धनात्मक कार्यक्रम ल्याउँदैछौँ: कृषिमन्त्री अधिकारी

बाली बीमाका लागि प्रवर्द्धनात्मक कार्यक्रम ल्याउँदैछौँ: कृषिमन्त्री अधिकारी
अ अ+ अ-

काठमाडौँ । कृषि तथा पशुपंक्षी विकामन्त्री रामनाथ अधिकारीले बाली बीमाका लागि प्रवद्र्धनात्मक तथा सचेतनामुलक कार्य अघि बढाउने बताउनुभएको छ ।

मन्त्रालयमा मंगलवार प्रदेशका कृषि मन्त्रीहरूसँगको छलफलका क्रममा उहाँले यस्तो बताउनुभएको हो । उहाँले बाली बीमालाई व्यवस्थित गर्दै लैजाने उद्देश्य पनि मन्त्रालयले बताउनु भयो । उहाँले अनुदानको विषयमा कृषि तथा पशुपंक्षी विकास मन्त्रालयमाथि लाग्दै आएको आरोप मेटाउन अब पालिका तह, प्रदेश तहसँग समन्वय गरी एउटा संयन्त्र बनाउने र अनुदानको व्यवस्थापन गर्ने सोच मन्त्रालयले बनाएको बताउनु भयो । उहाँले लगानी दशकको सफलताका लागि सबैले पहल गर्नुपर्ने जरुरी रहेको उल्लेख गर्नुभयो ।

लगानी दशकमा के—के काम गर्ने, १० वर्षमा केके काम गर्ने उद्देश्य बोकेको छ ? भन्नेबारेको योजना चाँडै सार्वजनिक गर्ने पनि बताउनु भयो । उहाँले प्रदेश र स्थानीय तहसँगै जान नसके लगानी दशक सफलतातिर लैजान नसकिने उल्लेख गर्नुभयो । उहाँले मन्त्रालयले किसान सूचिकरणका सम्बन्धमा यसै वर्षभित्र सक्ने उद्देश्य बोकेको बताउनु भयो । यस वर्षभित्रै सूचिकरण, वर्गीकरण गर्दै वितरणको प्रक्रिया पनि शुरु गर्ने योजना रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘किसान सूचिकरणका सम्बन्धमा यसै वर्षभित्र सक्ने उद्देश्य बोकेका छौँ । त्यतिमात्रै होइन, यसै वर्ष सूचिकरण, वर्गीकरण गर्दै वितरणको प्रक्रिया पनि शुरु गरौँ भन्ने उद्देश्य राखिएको छ । यसमा सबै प्रदेशको र सबै पालिकाको तर्फबाट उत्तिकै सहयोगको जरुरी मैले महशुस गरेको छु । यसैगरी बाली बीमाका सन्दर्भमा हामीले प्रवद्र्धनात्मक तथा सचेतनामुलक कार्य अघि बढाउने र त्यसलाई व्यवस्थित गर्दै लैजाने उद्देश्य पनि मन्त्रालयले राखेको छ । कृषि मन्त्रालयसँग लाग्दै आएको आरोप अनुदानका विषयमा छ । यो अनुदानको विषयमा पालिका तह, प्रदेश तहसँग समन्वय गरेर एउटा संयन्त्र बनाएर अनुदानको व्यवस्थापन गर्दा ठिक होला की ?यो सोच अघि बढाएका छौँ । लगानी दशकको सफलताका लागि सबैले पहल गर्नुपर्ने जरुरी छ । लगानी दशक केके काम गर्ने हो त ? त्यो १० वर्षमा केके काम गर्ने उद्देश्य बोकेको छ, चाँडै त्यो सार्वजनिक हुँदैछ । प्रदेश र स्थानीय तहसँगै जान नसके हामीले लगानी दशक सफलतातिर लैजान सक्दैनौँ ।’

मन्त्री अधिकारीले निर्देशिका संशोधन गर्न नसके रासयनिक मलको अभाव र आलोचना सधैँ भइरहने बताउनु भयो । नागरिकताको प्रतिलिपि नलगी १० किलो मल नपाइने अवस्था रहेको भन्दै यसको अन्त्य गर्न मन्त्रालय लागिरहेको बताउनु भयो ।