काठमाडौं । चीनको राज्य परिषद्का सदस्य एवं रक्षामन्त्री वेइ फेङहे एक दिने नेपालको भ्रमणका लागि आज बिहान १० बजे काठमाडौ आईपुग्दै हुनुहुन्छ । २० सदस्य रहेको भ्रमण टोलीको नेतृत्व गर्दे औपचारिक भ्रमणका आउन लाग्नु भएका वेइ बिमालस्थल बाट बालुवाटारस्थित चिनियाँ दूतावास पुग्नुहुने छ ।
दुताबासले आयोजना गर्ने दिवाभोजमा सहभागी भै सकेपछि उहाँ नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा संग औपचारिक वार्ताका लागि सैनिक मुख्यालय भद्रकाली पुग्नु हुने छ । प्रधानसेनापति थापा संगको छलफल पछि वेई प्रधानमन्त्री केपी ओली संग भेट गर्न वालुवाटार स्थित प्रधानमन्त्री निबास जाने र त्यस पछि राष्ट्रपति बिद्यादेबी भण्डारी संग भेट गर्न शितल निबास जाने कार्यक्रम रहेको छ । केहि घण्टाको नेपाल बसाई पछि वेई बंगलादेश तर्फ जानु हुने छ ।











