२० मंसिर २०८२, शनिबार
,
Latest
दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजदुतको सिफारिस समावेशी नभएको भन्दै परराष्ट्रमन्त्री देउवाले माफी मागिन्



अ+ अ-

काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले राजदुत सिफारिस समावेशी नभएकोमा माफी माग्नुभएको छ ।

मंगलवार प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा सांसदहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा राजदुत सिफारिस समावेशी नभएको स्वीकार गर्दै माफी माग्नुभएको हो ।

राजदुत नियुक्ति जति समावेशी हुनुपर्ने हो, त्यो नभएकोमा आफूले माफी माग्न चाहेको परराष्ट्रमन्त्री देउवाको भनाई थियो । उहाँले एउटा राजदुत पद खाली भएको र त्यसमा मधेशी समुदायलाई प्रतिनिधित्व गराउने विषयमा आफूले प्रयास गरिरहेको पनि बताउनु भयो । सरकारले दलित र मुस्लिम समुदायलाई राजदुतमा सिफारिस गर्न चाहे पनि त्यसका लागि प्रश्तावित उम्मेदवारको रुपमा कोहीले पनि दाबी नगरेको पनि परराष्ट्रमन्त्री देउवाले संसदीय समितिलाई जानकारी दिनुभयो । उहाँले सरकारले प्रस्ताव गरेका १७ देशका राजदुत राम्रो रहेको र उनीहरुले देशको प्रतिनिधित्व राम्रोसँग गर्ने विश्वास समेत व्यक्त गर्नुभयो ।

परराष्ट्रमन्त्री राणाले भन्नुुभयो,‘राजदुत सिफारिसको बारेमा म पनि यो एकनलेज गर्छु कि जति हुनुपर्ने समावेशी, त्यो भएको छैन । र हामी यसलाई कसरी गर्ने भनेर मधेसको नै कोही अझ एउटा ठाउँ खोली छ । त्यसमा हामी ल्याउन ट्राई गरिराखेका छौं । र दलित समुदायको कोही क्यान्डिडेटको कुरा पनि नआएको र नेक्स्ट नियुक्तीहरुमा दलित प्लस मुस्लिम यो दुई वटा क्याटोगरीबाट कोही पनि अहिलेसम्म नआएकोमा पनि सरी । तर जति जनाको पनि सिफारिस भएको छ । यो राम्रैसँग हेरेर नै सिफारिस भएको जस्तो मलाई लागेको छ ।

परराष्ट्रमन्त्री राणाले मुलुकको सर्वोपरी हितलाई ध्यानमा राखी विदेशस्थित कुटनीतिक नियोग तथा नियोग प्रमुखहरुलाई परिचालन गर्ने विषयमा सरकार प्रतिवद्ध रहेको पनि बताउनु भयो । उहाँले संविधानको मर्म र राजदुत नियुक्तिको सम्बन्धि निर्देशिकालाई मुल आधार बनाई राजदुतहरुको नियुक्तिको लागि थप व्यवस्थित, मर्यादित, पारदर्शी, दक्षतामा आधारित र कार्य सम्पादनमा आधारित बनाउन सरकार अधिकतम प्रयासरत रहेको समेत बताउनु भयो ।

परराष्ट्रमन्त्री देउवाले भन्नुभयो, ‘नेपाल सरकारले मुख्यत: राष्ट्रको हितको संरक्षण र प्रवद्र्धनको लागि नेपालको परराष्ट्र नीतिअनुरुप अन्तराष्ट्रिय सम्बन्ध र कूटनीतिलाई सञ्चालन गर्दै आएको छ । नेपालको संविधान र परराष्ट्र नीतिले परिलक्षित गरे अनुसार नेपालको हित सुरक्षित हुने गरी अन्तराष्ट्रिय जगतमा प्रतिनिधित्व गर्ने गरिएको छ । मुलुकको सर्वोपरी हितलाई ध्यानमा राखी विदेशस्थित कुटनीतिक नियोग तथा नियोग प्रमुखहरुलाई परिचालन गर्ने विषयमा यो सरकार प्रतिवद्ध छ ।’

‘नेपालको संविधानको धारा २८२ अनुरुप राजदुत नियुक्त गर्ने तथा सोका लागि राजनीतिक नियुक्ति सम्बन्धमा निर्देशिका २७५ को दफा ८ को ग बमोजिम राजदुतहरुको सिफारिस गर्ने व्यवस्था प्रचलनमा रहेको छ । संविधानको मर्म र राजदुत नियुक्तिको सम्बन्धि निर्देशिकालाई मुल आधार बनाई राजदुतहरुको नियुक्तिको लागि थप व्यवस्थित बनाउन मर्यादित, पारदर्शी, दक्षतामा आधारित र कार्य सम्पादनमा आधारित बनाउन यो सरकार अधिकतम रुपले प्रयासरत छ । र रहनेछ । राजदुत नियुक्ति राजनीति र व्यवसायिकताको सन्तुलनका लागि कम्तिमा पनि ५० प्रतिशत राजदुत परराष्ट्र सेवाबाट नियुक्त गर्ने नीतिलाई निरन्तरता दिइएको छ । सेवा बाहिरबाट नियुक्त हुनका लागि सिफारित गर्दा विभिन्न क्षेत्रको दक्षता र अनुभवलाई राष्ट्रिय हितको निमित्त अधिकतम उपयोग हुने गरी सिफारिस गरिएको कुरा म यहाँहरुलाई प्रष्ट पार्न चाहन्छु । र उहाँहरुको सुनुवाई पनि शुरु भइसकेको छ ।

बैठकमा सांसदहरुले राजदुत नियुक्ति समावेश नभएको भन्दै त्यसलाई आगामी दिनमा सच्याउन अघि बढन परराष्ट्रमन्त्री देउवाको ध्यानाकर्षण गराएका थिए ।