७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासको अवलाेकन News Polar एमाले केन्द्रीय कमिटीको बैठकको आज तेस्रो दिन पनि केन्द्रीय सदस्यहरुले धारणा राख्ने News Polar निर्माण ढिलाइले अलपत्र बन्दै लमजुङको निर्वाचन क्षेत्र रणनीतिक सडक News Polar न्यूयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता News Polar अकबरे खुर्सानीले बजार र मूल्य नपाउँदा भकिम्लीका किसान चिन्तित News Polar जलवायु परिवर्तनको मूल्य कमजोर देशहरूले तिर्नु परिरहेको छ: एन्टोनियो गुटेरेस News Polar आजदेखि पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान, पोखरामा उत्साह News Polar सिद्धबाबा सुरुङमार्गः आगामी मङ्सिरभित्रै गाडी गुडाउने तयारी News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar आज देशैभर कांग्रेसको पालिका अधिवेशन News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी

सहकारी ठगीमा रवि लामिछानेसँग प्रहरीले लियो बयान

सहकारी ठगीमा रवि लामिछानेसँग प्रहरीले लियो बयान
फाईल फोटो
अ+ अ-

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका पूर्वगृहमन्त्री रवि लामिछानसँग सहकारी ठगीको आरोपमा प्रहरीले बयान लिएको छ ।

पोखराको सूर्यदर्शन सहकारीको बचत रकम ठगी गरेको आरोपमा गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशकसमेत रहेका पूर्वगृहमन्त्री लामिछानेसँग प्रहरीले बयान लिएको हो । जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी बसन्तकुमार शर्माको नेतृत्वमा काठमाडौं आएको अनुसन्धान टोलीले भदौ ८ मा रास्वपा सहमहामन्त्रीसमेत रहेका विपिनकुमार आचार्य, पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश र पूर्वडीआईजी छविलाल जोशीसँग तथा भदौ १० मा लामिछानेलाई प्रहरी कार्यालयमा बोलाएर ठाडो बयान लिएको हो ।

लामिछानेसँग भदाै ७ गते संसदीय छानबिन विशेष समितिले ९ घण्टाभन्दा धेरै समयसम्म सोधपुछ गरेको थियो । त्यसको अर्को दिन लामिछाने चितवन गएका थिए । त्यही बेला पोखरा प्रहरीको टोली काठमाडौं आएर उनलाई बोलाएको हो । कास्की प्रहरीले गोर्खा मिडिया नेटवर्क, नेचर नेस्ट इन्टरनेसनल र नेचर हर्ब्सको कार्यालयमा छापासमेत मारेको थियो ।

लामिछाने चितवनबाट फर्किएपछि भदौ १० गते प्रहरीले बयान लिएको हो । योसँगै प्रहरीले लिखित काजग पनि गराएको छ । बयानमा लामिछानेले सडक, संसद् र संसदीय समितिमा भनेकै विषय प्रहरीसँग दोहोर्‍याएका छन् ।

पोखराको सूर्यदर्शन सहकारीमा करिब १८ हजार सात सय सर्वसाधारणको बचत हिनामिना भएको छ । पीडितहरूले गत माघमा रास्वपा सभापतिसमेत रहेका लामिछाने, पूर्वउपराष्ट्रपति पुनका छोरा दीपेश पुनसहितको नामै किटान गरेर जाहेरी दिएका थिए । प्रारम्भिक अनुसन्धानमा गितेन्द्रबाबु (जीबी) राई अध्यक्ष र लामिछाने प्रबन्ध निर्देशक रहेकै बखत सूर्यदर्शन सहकारीबाट मात्रै गोर्खा मिडिया नेटवर्कमा ५ करोड ५८ लाख ९ हजार २ सय ७३ रुपैयाँ ६ पैसा आएको तथ्य प्रहरीले फेला पारेको छ ।