२ माघ २०८१, बुधबार
,
Latest
कांग्रेसको प्रशिक्षण प्रतिष्ठानको निर्देशकमा डा पोखरेल नियुक्त अधिवक्ता त्रिपाठीमाथि हातपात गर्ने पार्टीको सदस्य भए कारबाही गर्छौँः रास्वपा सर्वोच्चले खारेज गर्‍यो रिट, अरुण चौधरीको सांसद पद जोगियो रवि लामिछानेलाई धरौटीमा छोड्ने जिल्ला अदालतको आदेशमा के छ ? (पूर्णपाठ) बालेनको कटाक्षः खोला मात्र हैन टुडिखेल, खुल्लामन्च पनि आफ्नो कार्यकर्तालाई दिने अध्यादेश पास भएछ सुशासन र विकासका लागि जरुरी भएकाले अध्यादेशहरु ल्याइएको हो: प्रधानमन्त्री राष्ट्रपतिबाट भूमिसम्बन्धी अध्यादेश जारी भौतिक विकासको प्रतिस्पर्धामा हिमालको अस्तित्व जोगाउनुपर्ने चुनौती रवि लामिछाने आजै धरौटी बुझाएर थुनामुक्त हुँदै नेपाल सरकारले जारी गरेका अध्यादेशमा महासंघद्धारा स्वागत
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईएमएस सफ्टवेयर र अर्न सिक्काबीच समझदारी पत्रमा हस्ताक्षर



अ+ अ-

काठमाडाैं । आईएमएस सफ्टवेयर स्थानीय तथा अन्तर्राष्ट्रिय बजारको मागअनुसार सफ्टवेयर निर्माणमा क्रियाशिल छ। आइएमएसले आन्तरिक राजस्व विभागबाट मान्यता प्राप्त पोस सफ्टवेयर, रेस्टुरेन्ट सफ्टवेयरका साथै डिस्ट्रिब्युसन व्यवस्थापन सम्बन्धी सफ्टवेयर बिक्री गर्दै आएको छ।

अर्न सिक्का एक मल्टिब्राण्ड लोयल्टी प्रोग्राम हो जसमा सदस्यहरू विभिन्न ब्रान्डहरूमा खरीद गर्दा एउटै एकीकृत रिवार्ड प्रोग्रामभित्र रिवार्ड कमाउन र रिडिम गर्न सक्छन् |

यस सम्झौतामा आईएमएस सफ्टवेयर प्रा. लि. को तर्फबाट प्रबन्ध निर्देशक संतोष तम्राकार र अर्न सिक्का को तर्फबाट प्रमुख कार्यकारी अधिकृत एलेन बैलोचन तुलाधरबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ।

अर्न सिक्कालाई आईएमएस सफ्टवेयरको प्लेटफर्ममा एकीकृत हुँदा, ग्राहकहरूले पाउने प्रत्येक सिक्काको पहुँच अझ बढ्नेछ। जसले प्रत्येक व्यवसायलाई सफ्टवेयरबाटै सिक्का पोइन्ट जारी गर्न र रिडिम गर्न सक्षम बनाउँछ, परिणामस्वरूप यस प्रणालीको प्रयोगले ग्राहकहरुलाई फाइदा हुनेछ।