२ भाद्र २०८३, मंगलवार
,
Latest
नेपाललाई युरोपेली संघको हवाई सुरक्षा सूचीबाट हटाउन सरकार सक्रिय छः पर्यटनमन्त्री पौडेल पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी आज लघुवित्तपीडितको धर्नास्थल पुल्चोक जाने प्रधानमन्त्री बालेन शाहद्वारा जनकवि दुर्गालाल श्रेष्ठप्रति श्रद्धाञ्जली व्यक्त ३५० को सामान किन्दा १० लाख जित्ने तुल पुडासैनी, १ लाख क-कसले जिते ? विद्युत निर्यात र आन्तरिक वितरण प्रणालीबारे संसदमा मन्त्री श्रेष्ठको प्रष्टीकरणः पूर्वाधार सुधारलाई प्राथमिकता दिने प्रतिवद्धता नेपाली कम्युनिस्ट पार्टी बागमती प्रदेशको एकता बैठक तथा प्रशिक्षण शुरु अनावश्यक ग्यासको सिलिण्डर सञ्चय नगर्न आयल निगमकाे आग्रह औद्योगिक सुरक्षा बल स्थापना गर्ने लक्ष्यसहित सरकारद्वारा ‘निजी लगानी संरक्षण तथा प्रवर्द्धन रणनीति’ कार्यान्वयनमा सत्तारुढ सांसद धितालले भनिन्–‘सरकारलाई ‘नागरिकको सरकार’ भएको अनुभूति गराउ’ सरकार रोम जलिरहँदा निरोले बाँसुरी बजाएझैँ गैरजिम्मेवार बनेको छः सांसद केरुङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि



अ+ अ-
काठमाडौँ : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक एक सय २७ दशमलव ३२ अङ्कले उकालो लागेर दुई हजार आठ सय २३ दशमलव २५ मा पुगेको छ ।
यस्तै ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २२ दशमलव ९४ अङ्ले उकालो लागेर पाँच सय तीन दशमलव ८३ मा पुगेको छ । कूल तीन करोड १४ लाख ३० हजार ४८ कित्ता शेयर रु १३ अर्ब १० करोड ४६ लाख ३१ हजार आठ सय दुईमा कारोबार भयो ।
नेप्सेका अनुसार, नेशनल हाइड्रोपावर, वेस्ट फाइनान्स, समृद्धि फाइनान्स, प्रोगे्रसिभ फाइनान्स र एनएलजी इन्स्योरेन्स कम्पनीको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । लक्ष्मी उन्नति कोष चार दशमलव ७१, माईखोला हाइड्रोपावर तीन दशमलव ५९, एनआइसी एसिया फ्लेक्स एक दशमलव ८७, सनराइज फोकस्ड इक्विटी फण्ड एक दशमलव ८१ र सामुदायिक लघुवित्तका लगानीकर्ताले एक दशमलव ६१ प्रतिशतले गुमाएका छन् ।




भर्खरै