७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासको अवलाेकन News Polar एमाले केन्द्रीय कमिटीको बैठकको आज तेस्रो दिन पनि केन्द्रीय सदस्यहरुले धारणा राख्ने News Polar निर्माण ढिलाइले अलपत्र बन्दै लमजुङको निर्वाचन क्षेत्र रणनीतिक सडक News Polar न्यूयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता News Polar अकबरे खुर्सानीले बजार र मूल्य नपाउँदा भकिम्लीका किसान चिन्तित News Polar जलवायु परिवर्तनको मूल्य कमजोर देशहरूले तिर्नु परिरहेको छ: एन्टोनियो गुटेरेस News Polar आजदेखि पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान, पोखरामा उत्साह News Polar सिद्धबाबा सुरुङमार्गः आगामी मङ्सिरभित्रै गाडी गुडाउने तयारी News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar आज देशैभर कांग्रेसको पालिका अधिवेशन News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी

गगनको प्रस्ताव पारित भएपछि दबाबमा कांग्रेस

गगनको प्रस्ताव पारित भएपछि दबाबमा कांग्रेस
अ+ अ-

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय समिति बैठकले महामन्त्री गगनकुमार थापाको आगामी निर्वाचनमा एक्लै लड्ने प्रस्ताव पारित भएपछि पार्टीभित्र दबाब बढेको छ ।
महामन्त्री थापाले गतवर्षको फागुनमा ललितपुरको गोदाबरीमा भएको महासमिति बैठकमा यही प्रस्ताव लगेका थिए । जसलाई केन्द्रीय समितिको आइतबार बसेको बैठकले पारित गरेको हो ।

कांग्रेसले केन्द्रीय समिति बैठकबाटै यो प्रस्ताव पारित गरेपछि अब कार्यान्वयन गर्नुपर्ने छ । यसको अर्थ अब कांग्रेसले कुनै पनि दलसँग चुनावी गठबन्धन गर्ने छैन । अर्थात् कांग्रेसका कार्यकर्ताले आफ्नै पार्टीको चुनाव चिह्नमा भोट हाल्ने छन् ।

यो निर्णय कार्यान्वयन गर्न त्यति सहज भने छैन । अहिले कुनै प्नि दलले जनतामा गएर स्पष्ट बहुमत प्राप्त गर्ने आधार छैन । त्यसमाथि अघिल्लो दुई वटा संसदीय चुनावमा दलहरु गठबन्धन गरेर निर्वाचनमा होमिएको उदाहण छ । दुई वटा दलबीच गठबन्धन भएमा अर्को तर स्वत: पछि पर्ने अवस्था छ । यस्तो अवस्थामा कांग्रेसले गठबन्धन नगरी चुनावमा गएमा उसलाई नराम्रो धक्का लाग्न सक्छ ।

सबै दलले गठबन्धन नगर्ने छुट्टाछुट्टै निर्वाचन लड्ने हो भने त यो निर्णय कांग्रेसका लागि फाइदा नै हुने छ । तर अरु दलबीच गठबन्धन भयो भने एक्लै प्रतिस्पर्धा गर्न गार्‍हो हुन्छ ।

कांग्रेसले विगत पनि पक्कै भुलेको छैन । किनकी २०७४ सालको चुनावमा नेकपा एमाले र माओवादीले गठबन्धन गरेर चुनाव लड्दा झन्डै द्ुई तिहाई बहुमत ल्याएका थिए । कांग्रेस त निकै कम ठाउँमा मात्र विजयी भएको थियो । तर २०७९ सालमा भएको चुनावमा फेरि कांग्रेस र माओवादी गठबन्धन गरेर चुनाव लड्दा एमाले कमजोर भएको थियो । विशेष गरी तीन दल हुने ध्रवीकरणले निर्वाचनको नतिजामा फरक पर्ने गरेको छ ।

कांग्रेसले अहिले गरेको निर्णयमा भनिएको छ– ‘विगतमा पार्टीले विशेष राजनीतिक परिस्थितिमा अन्य दलहरूसंग निर्वाचन पूर्व गठबन्धन गरेर निर्वाचन लडे तापनि नेपाली कांग्रेस यस महासमिति बैठकबाट पार्टीका सदस्यहरू, शुभेच्छुक तथा समर्थक र आम नागरिकलाई पूर्ण विश्वास दिलाउँदै, दृढ संकल्प गर्दछ– ‘हाम्रो आफ्नै संगठनलाई थप ऊर्जाशील बनाउँदै आमजनताको मत र विश्वास बढाएर नेपाली कांग्रेसले एक्लै बहुमत ल्याउन सक्ने पार्टीका रूपमा पुन:स्थापित गर्नेछौँ । हामी भविष्यमा हुने आवाधिक निर्वाचनहरूमा आफ्नै ताकतमा एक्लै लड्ने छौँ । हाम्रा मतदातालाई नेपाली कांग्रेसको चुनाव चिन्ह ‘रुख’मा नै मत हाल्न पाउने अवस्था सुनिश्चित गर्ने छौँ ।’

यसबारेमा सभापति देउवाले महामन्त्री शर्मालाई पटक पटक मनाउने प्रयास गरेका थिए । तर गठबन्धनको अभ्यासले घाटा भएको भन्दै कांग्रेसमा गगनको प्रस्ताव पास भएको हो ।

अब कांग्रेसले आफू बलियो मात्र बन्ने होइन, अरु दलबीच हुने गठबन्धन पनि बन्द गराउन सक्नुपर्छ । जनस्तरमा चुनावी गठबन्धन गर्नु हुँदैन भन्ने सन्देश अहिलेदेखि नै पुर्‍याउन सक्नुपर्छ । गठबन्धन गरेर बहुमत ल्याए पनि सरकार स्थिर बन्न नसकेको र यसले राजनीतिक शक्तिमात्र बढेकाले चुनावी गठबन्धनको औचित्य नरहेको पुष्टि गर्न सक्नुपर्छ ।