१३ भाद्र २०८३, शनिबार
,
Latest
गाईजात्रामा दिवङ्गत आफन्तको सम्झना, झाँकीसहित नगर परिक्रमा-फोटो फिचर बाढीले बगाएर ल्याएको सेफ फोड्ने २९ जना नियन्त्रणमा नेपालमा भएको हिमनदी पहिरो पर्यटकको क्यामरामा कैद, सोही कारण केरुङमा बाढी आएको पुष्टि त्रिशूली बाढीको कहर : नुवाकोटमा ५१ को मृत्यु, ४०५ बेपत्ता बाढीले बगाएर ल्याएको सेफ फोड्ने २९ जना नियन्त्रणमा काठमाडौँ-मुग्लिन सडक सञ्चालन, अलपत्र सवारी गन्तव्यतर्फ पठाइँदै भोटेकोशी बाढीःसुरुङभित्र फसेकाको उद्धारमा ८२ सुरक्षाकर्मी परिचालन ग्लोबल स्मार्ट प्लसमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने सुविधा भोटेकोशी बाढीमा ज्यान गुमानेको सङ्ख्या ६१६ पुग्यो चीनको सिजाङस्थित जिरोङ नाकामा ड्रोनमार्फत राहत सामग्री आपूर्ति, ५५४ जना अझै बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

थारु समुदायले मनाए रैब पर्व



अ+ अ-

गाइघाट, (उदयपुर) । यहाँको त्रियुगा नगरपालिका आसपास बसोबास गर्ने थारु समुदायले खेतमा धान रोपाइँ सकेर भदौको आइतबार मनाइने रैब पर्व मनाएका छन् ।

सदाझैँ बगाहा, मोतीगडा, देउरी, जोगिदह, खैजनपुर, मोथ्याईसहित चौदण्डी गढी नगरपालिकाको हडिया, सुन्दरपुर, बेलही क्षेत्रका थारु समुदायले रैब पर्व मनाएका हुन् ।

थारु कल्याणकारी समिति उदयपुरका अध्यक्ष डुल्लीराम चौधरीका अनुसार रैब पर्व प्रत्येक वर्षको भदौ महिनाको पहिलो आइतबारदेखि अन्तिम आइतबारसम्ममा थारु समुदाय बसोबास गरेको टोल–टोल मनाइने गरिन्छ ।

यस पर्वमा भदौ महिनाको कुनै एक आइतबार गाउँघरका थारु दाजुभाईहरुले बिहान र बेलुकी नुन नखाने र दही, च्युरा, जेरी तथा फलफूल खाएर बस्ने प्रचलन रहेको उहाँले बताउनुभयो । बिहानै खोलामा गएर स्नान गर्ने र सूर्य देवसहित घरको मूलीले घरको कूल पित्रको पूजा गर्ने प्रचलन रहेको त्रियुगा नगरपालिका–३ मोतिगडाका दानीप्रसाद चौधरीले जानकारी दिनुभयो ।

चौधरीका अनुसार असार साउन महिनाभर धान रोपाइँलगायतमा किट, पतङ्गजस्ता निर्दोष प्राणी अन्जानमा मर्ने गरेको कारण उनीहरुको आत्माको शान्तिको कामना गर्दै भदौको एक आइतबार बिहान बेलुकी नुन नखाई सूर्य देवको पूजा आराधना गर्ने र कूल देवताको शरण पर्ने पुरानै चलन हो ।

रोपाइँको समयमा काम गर्दा मरेका निर्दोष किट, पतङ्गको सम्झना गर्दै पाप नलागोस् भनेर बिहान बेलुकी नुन नखाई फलफूल, दही, चिउरा खाएर आइतबार बस्ने प्रचलननै रैब पर्व रहेको गाईघाटका थारु, समुदायका अगुवा देबीलाल चौधरी बताउनुहुन्छ ।

बाजे, पुर्खाको पालादेखि धान रोपाइँ सकेपछि भदौको कुनै एक आइतबारे रैब पुजा गर्ने प्रचलन सुरु भएको कारण अझै वर्सेनी भदौको एक आइतबार रैब पर्व मनाउने गरेको त्रियुगा क्षेत्रका थारु समुदायका अगुवाहरु बताउँछन् । रासस