२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

मृत्युको हल्ला फैलिएपछि ‘काजी साब’ले गरे यस्तो आग्रह



अ+ अ-

काठमाडौँ । हाँस्य अभिनेता रामचन्द्र अधिकारीले सामाजिक सञ्जालमा आफूबारे गरिएको भ्रामक हल्लालाई लिएर असन्तुष्टि जनाउँदै आफू सकुशल रहेको बताएका छन् ।

केही दिनदेखि फेसबुक, टिकटक लगायतका सामाजिक सञ्जालमा मृत्युको हल्ला फैलिएपछि उनले यस्तो हल्लाको पछाडि नलाग्न आग्रह गरेका हुन् ।

टिकटक र रिलमा यो कुरा देखेपछि आफूलाई लगातार फोन आइरहेको भन्दै कसले र कसरी हल्ला फैलायो आफूले बुझ्न नसकेको बताए ।

उनी अहिले ‘मेरी बास्सै’ लगायतका सिरियलको छायांकनसहित अन्य कार्यक्रममा समेत व्यस्त छन् । ‘दुई वर्ष अगाडि बिरामी पर्दा अस्पताल भर्ना भएको फोटो राखेर मृत्युको हल्ला गरिएछ । यसले मेरो आयु बढायो,’ उनले भने ।

अधिकारी टिभी सिरियल ‘मेरी बास्सै’मा ‘काजी साप’ पात्रको रूपमा परिचित छन् ।