२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल उद्योग वाणिज्य महासङ्घका नयाँ नेतृत्वद्वारा शपथ ग्रहण



अ+ अ-

काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासङ्घका नवनिर्वाचित पदाधिकारीले कार्यभार सम्हाल्नुभएको छ । वैधानिक प्रावधानअनुरूप महासङ्घको अध्यक्ष बन्नुभएका शेखर गोल्छा, शनिबार सम्पन्न निर्वाचनबाट वरिष्ठ उपाध्यक्षमा निर्वाचित व्यवसायी चन्द्रप्रसाद ढकाल, वस्तुगत समूहका उपाध्यक्ष अञ्जन श्रेष्ठ, एसोसिएट समूहका उपाध्यक्ष रामचन्द्र सङ्घई र जिल्ला नगर उपाध्यक्ष दिनेश श्रेष्ठ र कार्यकारी सदस्यहरूले आइतबार पद तथा गोपनीयताको शपथ लिनुभएको छ । यसअघि वरिष्ठ उपाध्यक्ष रहनुभएका शेखर गोल्छाले महासङ्घको १९औँ अध्यक्षको पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको थियो ।

महासङ्घको विधानअनुसार वरिष्ठ उपाध्यक्षको कार्यकालपछि स्वतः अध्यक्ष हुने प्रावधानअनुरूप उहाँले अध्यक्षता ग्रहण गर्नुभएको हो । आइतबार बिहान सार्वजनिक भएको मतगणना अनुसार वरिष्ठ उपाध्यक्षमा निर्वाचित ढकालले करिब ५५ प्रतिशत र प्रतिद्वन्द्वी किशोर प्रधानले करिब ४५ प्रतिशत मत पाउनुभएको थियो । निर्वाचनका क्रममा समूह बनाएरै प्रतिस्पर्धामा उत्रिएका भए पनि परिणाम भने मिश्रित आएको छ । वरिष्ठ उपाध्यक्षमा ढकाल विजयी हुँदा उहाँको प्यानलबाट एसोसिएट उपाध्यक्ष सङ्घई मात्र विजयी हुनुभयो भने वस्तुगत र उद्योग वाणिज्य समूहबाट प्रधान विजयी हुनुभयो । कार्यकारी सदस्यमा पनि दुवै प्यानलबाट मिश्रित रूपमा विजयी हुनुभएको छ ।
जिल्ला नगर उपाध्यक्ष दिनेश श्रेष्ठले ५८ मत प्राप्त गर्नुभयो भने प्रतिस्पर्धी गुणनिधि तिवारीले ४७ मत पाउनुभयो । दुवै किशोरकुमार प्रधान समूहबाट चुनावीमा उत्रनुभएको थियो । दिनेश श्रेष्ठ महासङ्घमा वस्तुगतबाट उपाध्यक्ष भइसक्नुभएको छ ।

वस्तुगत समूह उपाध्यक्ष अञ्जन श्रेष्ठ ६१ मत र प्रतिद्वन्द्वी उमेशलाल श्रेष्ठले ३७ मत पाउनुभयो । उमेशलाल वर्तमान कार्यसमितिमा वस्तुगततर्पm उपाध्यक्ष नै हुनुहुन्थ्यो भने अञ्जन वस्तुगत समूह सदस्य हुनुहुन्थ्यो । एसोसिएट उपाध्यक्ष बन्नुभएका सङ्घईले ४५५ मत ल्याउनुभयो भने प्रतिद्वन्द्वी सौरभ ज्योतिले ४३४ मत ल्याउनुभएको थियो ।
उहाँहरूले महासङ्घको निर्वाचनका क्रममा समूह बनाएर गएको भए पनि अबका दिनमा त्यसको कुनै प्रभाव नदेखिने गरी एकताबद्ध भएर काम गर्ने प्रतिबद्धता जनाउनुभएको छ । अध्यक्ष बन्नुभएका गोल्छाले प्रधान समूहलाई खुलेर समर्थन गर्दै आउनुभएको थियो तर वरिष्ठ उपाध्यक्षमा ढकाल निर्वाचित हुनुभयो । ढकालले समूहका कुरा निर्वाचनकै दिनबाट अन्त्य भएको र त्यसको कुनै असर नरहने प्रतिक्रिया दिनुभयो । गोल्छा हाम्रो अध्यक्ष हुनुहुन्छ, उहाँले भन्नुभयो, “अब प्यानलको कुनै पनि प्रभाव
भोलिका दिनमा रहँदैन । ”

शपथ समारोहलाई सम्बोधन गर्दै निवर्तमान अध्यक्ष भवानी राणाले महासङ्घको ५० वर्षे इतिहासमा महिला अध्यक्ष हुने इतिहास लेख्न पाएकामा गर्व गर्नुभयो । उहाँले आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न भएको भन्दै त्यसको श्रेय सामूहिक भाव र सबै पदाधिकारीको सहयोग रहेको बताउनुभयो ।
नवनियुक्त अध्यक्ष शेखर गोल्छाले महासङ्घलाई मन्दिरका रूपमा व्याख्या गर्दै यसको जिम्मेवारी र भूमिका प्रभावकारी बनाउन दत्तचित्त भएर लाग्ने प्रतिबद्धता जनाउनुभयो । महासङ्घलाई गुट–उपगुटजस्ता राजनीतिबाट मुक्त गरेर व्यावसायिक तथा संस्थागत प्रतिष्ठा विस्तारमा लाग्ने उहाँले बताउनुभयो । गोरखापत्र दैनिक