१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar संयुक्त राष्ट्रसङ्घको ८१औं महासभाका अध्यक्ष डा. रहमानसँग परराष्ट्रमन्त्री खनालको भेटवार्ता News Polar बागलुङ पहिरोः मृतकको सङ्ख्या १२ पुग्यो News Polar मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि पोखरी News Polar सञ्चालनको पर्खाइमा नेपालगन्ज सिटी हल News Polar मौलिकताको आँगनमा पर्यटनको पाइला: सिङ्दी गाउँ News Polar परराष्ट्रमन्त्री खनाल र श्रीलंकाका विदेशमन्त्री हेराथ बीच भेटवार्ता News Polar मनाङ पुगेका पर्यटक फर्किन थाले News Polar एसियाली खेलकुद : क्रिकेट खेल रद्द हुँदा नेपाल प्रतियोगिताबाट बाहिरियो News Polar उद्योग संरक्षण र लगानी सुरक्षामा हामी केन्द्रित हुन्छौँः मुख्यमन्त्री थापा News Polar कालीगण्डकी बाढीले उजाडियो तिल्केनी News Polar मृतकका परिवारलाई एक लाख राहत News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar पाँचथरमा धान–मकै छाडेर अलैँचीतर्फ किसानको आकर्षण News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु

खोटाङ अखिल (क्रान्तिकारी)को अध्यक्षमा चाम्लिङ

खोटाङ अखिल (क्रान्तिकारी)को अध्यक्षमा चाम्लिङ
अ अ+ अ-

खोटाङ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) निकट नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) खोटाङको अध्यक्ष पदमा डार्विन चाम्लिङ चयन हुनुभएको छ ।

गए राति सम्पन्न अखिल (क्रान्तिकारी) खोटाङको १९औँ जिल्ला सम्मेलनले ३३ सदस्यीय जिल्ला कार्यसमिति चयन समेत गरेको छ ।

समितिको उपाध्यक्षमा लक्ष्मी राई, सचिवमा उमेश भट्टराई, सहसचिवमा ललिजन राई र कोषाध्यक्षमा एलिसा राई चयन हुनुभएको छ ।

नवनिर्वाचित जिल्ला कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूलाई अखिल ९क्रान्तिकारी०का केन्द्रीय उपाध्यक्ष नरेश रेग्मीले पद तथा गोपनियताको शपथग्रहण गराउनुभएको छ ।

माओवादीका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य रामकुमार राई ‘पासाङ’ले बधाई दिनुहुँदै आफ्नो हक, अधिकारी तथा शैक्षिक सुधकारका निमित्त प्रतिवद्ध भइ लाग्न आग्रह गर्नुभयो ।

सम्मेलनले सङ्गठनको आर्थिक तथा साङ्गठानिक प्रतिवेदन र भावी रणनीतिसमेत पारित गरेको छ । नवनिर्वाचित कार्यसमितिको पहिलो बैठक आज बसेर अखिल (क्रान्तिकारी)को १९औँ जिल्ला सम्मेलनले पारित गरेका भावी कार्ययोजना सार्वजनिक गर्ने तयारी गरिएको अध्यक्ष चाम्लिङले जानकारी दिनुभयो ।

‘समाजवादी शिक्षा प्राप्तिका लागि हाम्रो आन्दोलन, विकृति, विसङ्गति र बेथितिका विरुद्ध १९औँ जिल्ला सम्मेलन’ भन्ने नाराका साथ उद्घाटन भएको सम्मेलनमा सांसद राई, जिल्ला इन्चार्ज ध्रुव बुढाथोकी, प्रदेश उपाध्यक्ष देवान किराती, प्रदेश सदस्य एवं विद्यार्थी फ्रयाक्सन इन्चार्ज गोपालचन्द्र राई, सदस्य सुरशेकुमार राई, जिल्ला संयोजक दीपक पाण्डे, अखिल (क्रान्तिकारी)का केन्द्रीय सचिव रविन खम्बु, सदस्य एलबी मगर, जिल्लास्थित विद्यार्थी सङ्गठनका नेतालगायतको उपस्थिति थियो ।

सम्मेलनमा जिल्लाका दशवटै स्थानीय तह, छवटा क्याम्पस र ९६ वटा माध्यमिक विद्यालयमा गठित अखिल (क्रान्तिकारी)को सङ्गठनबाट चयन भएका प्रतिनिधि तथा पर्यवेक्षक सहभागी थिए । सम्मेलनको अवसर पारेर अखिल (क्रान्तिकारी) खोटाङले शनिबार दिक्तेलबजार सरसफाइ गरेका थिए ।