• २९ भाद्र २०८१, शनिबार
  •      Sat Sep 14 2024
  •   Unicode
Logo
Latest
★   बालेनको कटाक्ष : ‘खड्गप्रसादका कारण बालदिवसको शुभकामना दिन सकिनँ’ ★   सहकारी छानविन समितिसँग प्रधानमन्त्रीको आग्रहः अनुहार होइन, व्यवहार हेरेर निस्कर्ष निकाल्नुस् ★   पाल्पाले पर्यटनलाई पर्याय बनाउनु पर्छ: अध्यक्ष ढकाल ★   राष्ट्रपति पौडेलद्वारा सुरेन्द्र राई र सुसन तामाङलाई गिनिज वर्ल्ड रेकर्ड्सको प्रमाणपत्र हस्तान्तरण ★   साउथह्याम्प्टनमाथि म्यान्चेस्टर युनाइटेडको सहज जित ★   नियमसङ्गत चलाएमा सहकारीहरु डुब्दैनन् र यसले कसैलाई डुबाउँदैन : प्रधानमन्त्री ★   ‘स्काउटले राष्ट्र र समाजप्रति सेवाभावले काम गर्नुपर्छ’ ★   ‘नागरिकतासम्बन्धी निर्देशिकाको समीक्षा हुन्छ’ ★   राष्ट्रपति पौडेलबाट दश स्रष्टा सम्मानित ★   गाजामा इजरायली आक्रमण हुँदा एकै परिवारका ११ जनाको मृत्यु

खोटाङ अखिल (क्रान्तिकारी)को अध्यक्षमा चाम्लिङ



खोटाङ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) निकट नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) खोटाङको अध्यक्ष पदमा डार्विन चाम्लिङ चयन हुनुभएको छ ।

गए राति सम्पन्न अखिल (क्रान्तिकारी) खोटाङको १९औँ जिल्ला सम्मेलनले ३३ सदस्यीय जिल्ला कार्यसमिति चयन समेत गरेको छ ।

समितिको उपाध्यक्षमा लक्ष्मी राई, सचिवमा उमेश भट्टराई, सहसचिवमा ललिजन राई र कोषाध्यक्षमा एलिसा राई चयन हुनुभएको छ ।

नवनिर्वाचित जिल्ला कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूलाई अखिल ९क्रान्तिकारी०का केन्द्रीय उपाध्यक्ष नरेश रेग्मीले पद तथा गोपनियताको शपथग्रहण गराउनुभएको छ ।

माओवादीका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य रामकुमार राई ‘पासाङ’ले बधाई दिनुहुँदै आफ्नो हक, अधिकारी तथा शैक्षिक सुधकारका निमित्त प्रतिवद्ध भइ लाग्न आग्रह गर्नुभयो ।

सम्मेलनले सङ्गठनको आर्थिक तथा साङ्गठानिक प्रतिवेदन र भावी रणनीतिसमेत पारित गरेको छ । नवनिर्वाचित कार्यसमितिको पहिलो बैठक आज बसेर अखिल (क्रान्तिकारी)को १९औँ जिल्ला सम्मेलनले पारित गरेका भावी कार्ययोजना सार्वजनिक गर्ने तयारी गरिएको अध्यक्ष चाम्लिङले जानकारी दिनुभयो ।

‘समाजवादी शिक्षा प्राप्तिका लागि हाम्रो आन्दोलन, विकृति, विसङ्गति र बेथितिका विरुद्ध १९औँ जिल्ला सम्मेलन’ भन्ने नाराका साथ उद्घाटन भएको सम्मेलनमा सांसद राई, जिल्ला इन्चार्ज ध्रुव बुढाथोकी, प्रदेश उपाध्यक्ष देवान किराती, प्रदेश सदस्य एवं विद्यार्थी फ्रयाक्सन इन्चार्ज गोपालचन्द्र राई, सदस्य सुरशेकुमार राई, जिल्ला संयोजक दीपक पाण्डे, अखिल (क्रान्तिकारी)का केन्द्रीय सचिव रविन खम्बु, सदस्य एलबी मगर, जिल्लास्थित विद्यार्थी सङ्गठनका नेतालगायतको उपस्थिति थियो ।

सम्मेलनमा जिल्लाका दशवटै स्थानीय तह, छवटा क्याम्पस र ९६ वटा माध्यमिक विद्यालयमा गठित अखिल (क्रान्तिकारी)को सङ्गठनबाट चयन भएका प्रतिनिधि तथा पर्यवेक्षक सहभागी थिए । सम्मेलनको अवसर पारेर अखिल (क्रान्तिकारी) खोटाङले शनिबार दिक्तेलबजार सरसफाइ गरेका थिए ।