२० भाद्र २०८३, शनिबार
,
Latest
भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित अँध्यारो सुरुङभित्रको ‘हेलो… हेलो…’ र जीवनको खोजी भोटेकोशी बाढीः रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व संकलन टिमुरेस्थित नेपाल–चीन सीमामा राष्ट्रिय झण्डा पुनःस्थापित गरियो ‘मानव बेचबिखनविरुद्ध अभियानमा सबैको ऐक्यबद्धता आवश्यक छ’-मन्त्री वादी भोटेकोशी बाढी : जलवायु अन्यायको प्रत्यक्ष प्रमाण, नेपालले खोज्नुपर्छ क्षतिपूर्ति पीडामा रहेका मानिसहरुमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिन खोज्नेहरू अपराधी हुन् खुलामञ्चमा गौरा पर्व, सुदूरपश्चिम र कर्णालीका युवा सहभागी नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन
तपाईं के खोज्दै हुनुहुन्छ ?

साथीलाई ढुङ्गाले हानेर हत्या गरेको अभियोगमा ६५ वर्षीय वृद्ध पक्राउ



अ+ अ-

त्रिशूली । साथीको हत्या अभियोगमा नुवाकोटको विदुर नगरपालिका–७ का ६५ वर्षीय लालबहादुर तामाङलाई आज प्रहरीले पक्राउ गरेको छ ।

म्यागङ गाउँपालिका–३ गोगनेका ६५ वर्षीय चमार तामाङको शनिबार ढुङ्गा प्रहार गरेर हत्या गरेको अभियोगमा लालबहादुरलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक तिलक भारतीले जानकारी दिनुभयो ।

उहाँका अनुसार छिमेकीको घेवा (किरिया)बाट फर्कने क्रममा भएको सामान्य विवादमा लालबहादुरले प्रहार गरेको ढुङ्गा लागेर चमार तामाङको घटनास्थलमा मृत्यु भएको थियो ।

घटनाको सम्बन्धमा स्थलगत मुचुल्का, अभियुक्तबाट घटनामा संलग्न रहेको स्वीकार सहितको प्रमाणका आधारमा लालबहादुरलाई पक्राउ गरी कारबाहीका लागि अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।