• २९ भाद्र २०८१, शनिबार
  •      Sat Sep 14 2024
  •   Unicode
Logo
Latest
★   ‘स्काउटले राष्ट्र र समाजप्रति सेवाभावले काम गर्नुपर्छ’ ★   ‘नागरिकतासम्बन्धी निर्देशिकाको समीक्षा हुन्छ’ ★   राष्ट्रपति पौडेलबाट दश स्रष्टा सम्मानित ★   गाजामा इजरायली आक्रमण हुँदा एकै परिवारका ११ जनाको मृत्यु ★   यसै वर्षभित्र नेपाललाई सडक बालबालिकामुक्त राष्ट्र बनाइन्छ : प्रधानमन्त्री ओली ★   नेवाः संस्कृति नेपालको वैभवशाली संस्कृति: प्रधानमन्त्री ★   बागलुङमा घर भत्काउने क्रममा एकको मृत्यु, ११ जना घाइते ★   ‘होस्टेल ३’ मा कुन भूमिकामा देखिँदैछन् आर्यन सिग्देल र परीक्षा लिम्बु ? ★   सुदूरपश्चिम सरकारको बजेट सोमबार सार्वजनिक हुने ★   उपसभामुख हटाउने कुराबाट काँग्रेस एमाले ब्याक हुन्छन्ः प्रचण्ड

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको मन्त्री दाहालद्वारा निरीक्षण



मलेखु । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको आज स्थलगत निरीक्षण गर्नुभएको छ ।

काठमाडौँको नागढुङ्गादेखि धादिङको नौबिसे, गल्छीबजार हुँदै चितवनको मुग्लिन र पोखरासम्मका नागरिक भेट्ने, गुनासो सुन्ने र गर्नुपर्ने कामको योजना बनाउने यात्रामा निस्कनुभएका मन्त्री दाहालले पहिलो चरणमा उक्त सुरुङ मार्गको निरीक्षण गर्नुभएको हो । उहाँसँगै नेकपा ९एमाले० धादिङका नेताहरुको टोली काठमाडौँको बलम्बूबाट सुरुङ प्रवेश गरी धादिङको सिस्नेखोला निस्किएको थियो ।

सुरुङको यात्रा गरेर निस्किनुभएका मन्त्री दाहालले नेपालमा सुरुङ मार्गको युग सुरु भएको बताउनुभयो । सुरुङमार्गको काम समयमै सक्न र चाँडै सञ्चालनमा ल्याउन उहाँले निर्माणमा संलग्न कम्पनी र सम्बन्धित निकायलाई निर्देशन दिनुभएको नेकपा एमाले धादिङका सचिव राधिका सापकोटाले जानकारी दिनुभयो ।

चन्द्रागिरि नगरपालिकाको बलम्बूदेखि धादिङको सिस्नेखोला जोड्ने उक्त सुरुङमार्गअन्तर्गत आपतकालीन सुरुङको लम्बाइ दुई दशमलव ५५७ किलोमिटर र मुख्य सुरुङको लम्बाइ दुई दशमलव ६८८ किलोमिटर छ । आयोजनाका अनुसार हाल तीन चौथाइभन्दा बढी काम सकिएको छ । आयोजनाको मुख्य सुरुङ र आपतकालीन सुरुङ छिचोलिएर टर्नेलमा लाइनिङको काम भइरहेको सुरुङमार्ग आयोजनाका इन्जिनियर तथा प्रवक्ता रमेश कोइरालाले जानकारी दिनुभयो ।

“सुरुङभित्रको सडक ढलान, बत्ती तथा अक्सिजन पाइप जडानको काम सुरु भएको छ । आयोजनाअन्तर्गत अहिले तीन अन्डर पास, चार कल्भर्ट, तीन पुल, एउटा ओभर पास, फ्लाइओभरलगायत संरचना निर्माण भइरहेका छन्”, उहाँले भन्नुभयो ।

विसं २०८२ को दशैँसम्ममा सवारीसाधन चलाउने गरी सुरुङमार्गको काम भइरहेको प्रवक्ता कोइरालाले जानकारी दिनुभयो । विसं २०७६ कात्तिक ४ गते प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त आयोजनाको शिलान्यास गर्नुभएको हो ।