१३ भाद्र २०८३, शनिबार
,
Latest
गाईजात्रामा दिवङ्गत आफन्तको सम्झना, झाँकीसहित नगर परिक्रमा-फोटो फिचर बाढीले बगाएर ल्याएको सेफ फोड्ने २९ जना नियन्त्रणमा नेपालमा भएको हिमनदी पहिरो पर्यटकको क्यामरामा कैद, सोही कारण केरुङमा बाढी आएको पुष्टि त्रिशूली बाढीको कहर : नुवाकोटमा ५१ को मृत्यु, ४०५ बेपत्ता बाढीले बगाएर ल्याएको सेफ फोड्ने २९ जना नियन्त्रणमा काठमाडौँ-मुग्लिन सडक सञ्चालन, अलपत्र सवारी गन्तव्यतर्फ पठाइँदै भोटेकोशी बाढीःसुरुङभित्र फसेकाको उद्धारमा ८२ सुरक्षाकर्मी परिचालन ग्लोबल स्मार्ट प्लसमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने सुविधा भोटेकोशी बाढीमा ज्यान गुमानेको सङ्ख्या ६१६ पुग्यो चीनको सिजाङस्थित जिरोङ नाकामा ड्रोनमार्फत राहत सामग्री आपूर्ति, ५५४ जना अझै बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

छेकम्पार छाडेर भोजपुर फर्किए हेर्ने कथाका प्रकाश, काठमाडौं पनि आउने



अ+ अ-

काठमाडौं । ‘हेर्ने कथा’ नामको कार्यक्रमले पत्ता लगाएका प्रकाश तामाङ आफ्नै गाउँ भोजपुर फर्किएका छन् । लामो समयदेखि घर भुलेर आफ्नो गाउँमा पुग्न नसकेका उनलाई हेर्ने कथा कार्यक्रमले पुर्‍याइदिएको थियो ।

भोजपुरको षडानन्द नगरपालिका–१० का तामाङ गोरखाको चुमभ्यालीमा पुगेर कयौं वर्षदेखि बसेका थिए । ‘हेर्ने कथा’को ‘हराएका वर्षहरू’ शीर्षकको पछिल्लो सत्य कथाका मुख्य पात्र प्रकाश गोरखाको चुमनुब्री गाउँपालिका–७ छेकम्पारस्थित मालिकको घरबाट बिदा भएर भोजपुरका लागि हिँडेका हुन् ।

उनलाई छेकम्पारबाट स–सम्मान बिदा गरिएको हो । उलाई छेकम्पारमा बिदाइका क्रममा चुमनुब्री वडा नम्बर ८ का अध्यक्ष टसी दोर्जे लामा, स्थानीय साथीभाइ र मालिकलेसमेत खादा लगाइदिएका थिए ।

चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामाका अनुसार प्रकाशलाई मालिक टासी लामाले १० लाख रुपैयाँ दिने भएका छन् । त्यसैगरी गाउँपालिकाको तर्फबाट प्रकाशलाई एक लाख रुपैयाँ दिने उनले बताए । उक्त रकम प्रकाशले बैंक खाता खोलेपछि मालिक टासी लामाले जम्मा गरिदिने भएका छन् ।

प्रकाश तामाङ प्रधानमन्त्रीलाई भेट्न काठमाडौं आउने तयारीमा छन् । उनलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सहयोग गर्ने आश्वासन दिएका छन् ।

नागरिकतासमेत बनाउन नपाएका उनले अब एक–दुई दिनभित्रै नागरिकता पाउने छन् । प्रधानमन्त्री ओलीले उनलाई नागरिकता दिने व्यवस्था तत्काल मिलाउन गृहसचिवमार्फत् निर्देशन दिएका थिए ।