२१ मंसिर २०८२, आईतवार
,
Latest
‘जेनजी’ प्रदर्शनका छुट घाइतेलाई परिचयपत्रका लागि सम्पर्कमा आउन सरकारको आग्रह ‘जेनजी’ आन्दोलनका अगुवाहरूले राखेका विषयमा सरकार सकारात्मक छः मन्त्री अर्याल ‘विभेदको भारी बोकेर क्याविन क्रु मेम्बरहरुले प्रभावकारी काम गर्न सक्दैनन्’ रसुवागढी विद्युत् गृह पुनः सञ्चालनमा सरकारले समयमै निर्वाचन गर्नेलगायत तीन कार्यभारसहित काम गरिरहेको छः अर्थमन्त्री खनाल हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित ‘जेरी अन टप’ ले पार गर्यो ५१औँ दिन महिला भलिबल प्रतियोगिताको उपाधि पुलिसलाई मेलमिलाप विवाद समाधानको उपयुक्त विधि होः मुख्य न्यायाधीश कुँवर शिभालीले ग्राण्डस्लाम अष्ट्रेलियन ओपन खेल्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

छेकम्पार छाडेर भोजपुर फर्किए हेर्ने कथाका प्रकाश, काठमाडौं पनि आउने



अ+ अ-

काठमाडौं । ‘हेर्ने कथा’ नामको कार्यक्रमले पत्ता लगाएका प्रकाश तामाङ आफ्नै गाउँ भोजपुर फर्किएका छन् । लामो समयदेखि घर भुलेर आफ्नो गाउँमा पुग्न नसकेका उनलाई हेर्ने कथा कार्यक्रमले पुर्‍याइदिएको थियो ।

भोजपुरको षडानन्द नगरपालिका–१० का तामाङ गोरखाको चुमभ्यालीमा पुगेर कयौं वर्षदेखि बसेका थिए । ‘हेर्ने कथा’को ‘हराएका वर्षहरू’ शीर्षकको पछिल्लो सत्य कथाका मुख्य पात्र प्रकाश गोरखाको चुमनुब्री गाउँपालिका–७ छेकम्पारस्थित मालिकको घरबाट बिदा भएर भोजपुरका लागि हिँडेका हुन् ।

उनलाई छेकम्पारबाट स–सम्मान बिदा गरिएको हो । उलाई छेकम्पारमा बिदाइका क्रममा चुमनुब्री वडा नम्बर ८ का अध्यक्ष टसी दोर्जे लामा, स्थानीय साथीभाइ र मालिकलेसमेत खादा लगाइदिएका थिए ।

चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामाका अनुसार प्रकाशलाई मालिक टासी लामाले १० लाख रुपैयाँ दिने भएका छन् । त्यसैगरी गाउँपालिकाको तर्फबाट प्रकाशलाई एक लाख रुपैयाँ दिने उनले बताए । उक्त रकम प्रकाशले बैंक खाता खोलेपछि मालिक टासी लामाले जम्मा गरिदिने भएका छन् ।

प्रकाश तामाङ प्रधानमन्त्रीलाई भेट्न काठमाडौं आउने तयारीमा छन् । उनलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सहयोग गर्ने आश्वासन दिएका छन् ।

नागरिकतासमेत बनाउन नपाएका उनले अब एक–दुई दिनभित्रै नागरिकता पाउने छन् । प्रधानमन्त्री ओलीले उनलाई नागरिकता दिने व्यवस्था तत्काल मिलाउन गृहसचिवमार्फत् निर्देशन दिएका थिए ।