• ३१ भाद्र २०८१, सोमबार
  •      Mon Sep 16 2024
  •   Unicode
Logo
Latest
★   महासभामा जाँदा नेपालको शीर ढल्ने वा प्रतिष्ठा तल पर्ने गरी कुनै पनि काम गर्दिनँ: प्रधानमन्त्री… ★   एप्पलका सामग्री आयत गर्ने जेनेरेशन नेक्स्ट कम्युनिकेसन प्रालि कानूनी उपचारमा जाने ★   सहकारीका दोषीलाई सजाय दिलाउन सिफारिस गरिएको छ: सूर्य थापा ★   सहकारीबाट पैसा लैजान रवि लामिछानेको संलग्नता नरहेको समितिको निष्कर्ष ★   प्रधानमन्त्रीद्वारा राष्ट्रसङ्घको महासभामा भाग लिने विषयमा सदनलाई जानकारी ★   अपांगता भएकाहरुलाई राज्यले सहयोगीको व्यवस्था गर्नुपर्छ: स्वास्थ्यमन्त्री पौडेल ★   मुस्लिम आयोगको आर्थिक वर्ष २०७९/२०८० वार्षिक प्रतिवेदन राष्ट्रिय सभामा पेश ★   माओवादी जनयुद्धलाई अपमानित र अवमूल्यन गर्नेकुरा सैह्य हुन्न: शक्तिबहादुर बस्नेत ★   झापामा धानबालीमा देखियो ‘सिथ ब्लाइट’ रोग ★   राष्ट्रपतिबाट संसदको दुवै सदनको चालु अधिवेशन सोमवार राती देखि अन्त्य

मुख्यसचिवको दौडमा रहेका ज्ञवालीको राजीनामा



काठमाडौं । सरकारले मुख्यसचिवमा एकनारायण अर्याललाई नियुक्त गरेपछि राष्ट्रिय योजना आयोगका सचिव तोयनारायण ज्ञवालीले राजीनामा दिएका छन् ।

मुख्यसचिव बन्ने दौडमा रहेका ज्ञवालीले सरकारले अर्याललाई मुख्यसचिव नियुक्त गर्ने निर्णय गरेलगत्तै राजीनामा दिएका हुन् ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले गृहसचिव अर्याललाई मुख्यसचिव नियुक्त गर्ने निर्णय गरेका थियो । अहिलेकी मुख्य सचिव लिलादेवी गड्तौला उमेर हदका कारण भदौ १५ गतेबाट अनिवार्य अवकाशमा जानुअघि सरकारले अर्याललाई मुख्य सचिव नियुक्त गरेको हो ।

मुख्यसचिव बन्ने दौडमा चार जना सचिव थिए । जसमध्ये ज्ञवाली बरियताको आधारमा पहिलो नम्बर थिए ।




भर्खरै