• २९ भाद्र २०८१, शनिबार
  •      Sat Sep 14 2024
  •   Unicode
Logo
Latest
★   ‘होस्टेल ३’ मा कुन भूमिकामा देखिँदैछन् आर्यन सिग्देल र परीक्षा लिम्बु ? ★   सुदूरपश्चिम सरकारको बजेट सोमबार सार्वजनिक हुने ★   उपसभामुख हटाउने कुराबाट काँग्रेस एमाले ब्याक हुन्छन्ः प्रचण्ड ★   यी हुन् एनपिएलको ८ वटै टीमका मार्की खेलाडी ★   अन्तरिक्ष स्टेशनबाटै मतदान गर्न उत्साहित सुनीता विलियम्स र बुच विलमोर ★   सङ्खुवासभामा स्क्रब टाइफस परीक्षण गर्ने किट अभाव ★   मानवता नै सर्वोच्च धर्म हो सञ्चार तथा सूचना प्रविधिमन्त्री ★   दसैँको आगमनसँगै बढ्यो मूर्तिकारको व्यस्तता ★   निर्णायक राष्ट्रिय शक्तिको यात्रामा कटिबद्ध हुन प्रधानमन्त्री ओलीको आग्रह ★   दाउरा सङ्कलन गर्ने क्रममा महाकालीमा दुई किशोर बगे

पाँचथरमा विस्फोट हुँदा घाइते दुई बालबालिका (दाजु–बहिनी)को मृत्यु



पाँचथर । पाँचथरको फालेलुङ गाउँपालिका–५ प्राङवुङको डाँडागाउँ टोलमा भएको विस्फोटमा घाइते दुई बालबालिकाको मृत्यु भएको छ ।

विस्फोटमा घाइते भएका स्थानीय दिलिप साँवाका ११ वर्षीय छोरा दिप्सन र अढाई वर्षीय छोरी प्रिन्साको मृत्यु भएको हो । विस्फोटमा घाइते अर्का एक बालकको उपचार भइरहेको छ । माओवादी कार्यकर्ता आइतराज केरुङ (आईबी) को घरमा बस्दै आएका ज्ञानबहादुर राईका १० वर्षीय छोरा पवनको उपचार भइरहेको हो ।

घाइते भएलगत्तै पाँचथर अस्पताल पुर्‍याइए पनि थप उपचारका लागि उनीहरूलाई झापा रेफर गरिएको थियो । उपचारका लागि लैजाने क्रममा प्रिन्साको राति १० बजे इलाम पुर्‍याउँदा बाटोमै र दिप्सनको राती १ वजे बी एन्ड सी अस्पताल झापा पुर्‍याउँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

घाइते बालक पवनको भने पाँचथर अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ । उनको अवस्था सामान्य रहेको छ ।

उनीहरू घरेलु ग्रिनेड पड्केर घाइते भएको हुन सक्ने जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । घटनास्थलमा अर्को एउटा शंकास्पद वस्तु पनि भेटिएकाले बम हो होइन यकिन गरी डिस्पोज गर्न नेपाली सेनाको डिस्पोजल टोली त्यसतर्फ प्रस्थान गरेको छ ।

ग्रिनेड कहिले र कसले राख्यो भन्ने नखुलेकाले अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । विस्फोट भएको घरका धनी आइतराज माओवादी कार्यकर्ता हुन् । त्यो घरमा अहिले ज्ञानबहादुर राईको परिवार बस्दै आएको छ । बम द्वन्दकालमा लुकाइएको हुन सक्ने स्थानीयले आशंका गरेका छन् ।