९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

ग्लोबल आइएमई बैंक र एमएडब्लु वृद्धि मोटर्स तथा एमएडब्लु वृद्धि अटोकर्प बिच विद्युतीय सवारी कर्जा प्रवाहसम्बन्धी सम्झौता



अ+ अ-

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड, एमएडब्लु वृद्धि मोटर्स तथा एमएडब्लु वृद्धि अटोकर्प बिच सहजरुपमा विद्युतीय सवारी कर्जा प्रवाह गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

उक्त समझदारी पत्रमा बैंकका साना, मझौला, खुद्रा तथा कृषि कर्जा विभाग प्रमुख नरहरि सिलवाल र एमएडब्लु वृद्धि मोटर्स प्रा.लि. तथा एमएडब्लु वृद्धि अटोकर्प मोटर्स प्रा.लि.का ग्रुप डाइरेक्टर गोपालकुमार अग्रवालले हस्ताक्षर गर्नुभएको छ ।

समझदारी अनुसार एमएडब्लु वृद्धि मोटर्स एवम् एमएडब्लु वृद्धि अटोकर्प मोटर्स तथा कम्पनीका आधिकारिक विक्रेताले विक्री गर्ने विद्युतीय गाडीहरु दीपल, सेरेस र नाम्मी खरिद गर्ने व्यक्ति वा कम्पनीहरुले आवश्यक कागजातसहित बैंकमा निवेदन दिएको ३ कार्यदिन भित्र सरल ब्याजदरमा कर्जा उपलब्ध गरिनेछ ।

दीपल र सेरेस ब्राण्डका विद्युतीय गाडीहरु नेपाली प्रयोगकर्ताहरुमाझ लोकप्रिय रहेको छ र उक्त कम्पनीले नाम्मी ब्राण्डको नयाँ विद्युतीय गाडी नेपाली बजारमा विक्री सुरुवात गरीसकेको छ ।

ग्रिन फाइनान्सिङ प्रवद्र्धन गर्न बैंकले विद्युतीय सवारी साधनलाई सर्वसुलभ व्याजदरमा कर्जा प्रवाह गर्दै आएको छ ।

ग्राहकवर्गको सुविधालाई मध्यनजर गरी बैंकले विभिन्न किसिमका समयसान्दर्भिक योजनाहरु ल्याएर ग्राहकहरुलाई लाभान्वित गर्दै आएको छ ।