• २९ भाद्र २०८१, शनिबार
  •      Sat Sep 14 2024
  •   Unicode
Logo

संविधान संशोधन गर्ने हो भने संघीय धर्मनिरपेक्ष गणतन्त्रको अवधारणामा पुनर्विचार गरौँ-कमल थापा



काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले संविधान संशोधन गर्ने हो भने संघीय धर्मनिरपेक्ष गणतन्त्रको अवधारणामा पुनर्विचार गर्नुपर्ने बताएका छन् ।

पार्टीको काठमाडौं -२ को क्षेत्रीय प्रशिक्षण कार्यक्रममा बोल्दै थापाले दुई दलिय व्यवस्था कायम गर्नुपर्छ भन्नेहरू प्रजातन्त्र बिरोधी र निरंकुशताका पक्षधर भएको समेत आरोप लगाए ।

समानुपातिक र समावेशी मान्यता कमजोर बनाउनु संविधानको भावना विपरित भएको भन्दै थापाले सम्भाबित सर्बसत्तावादको विरुद्ध आम नागरिक सचेत हुनुपर्ने समय आएको समेत टिप्पणी गरे ।

देश बचाउन र बनाउन राष्ट्रबादी शक्ति बलियो हुनुपर्ने भन्दै थापाले पार्टीलाई स्थापित र निर्णायक शक्ति बनाउन उठाउन कस्सियर लाग्नुपर्नेमा जोड दिए ।

प्रशिक्षणमा डाक्टर बिष्णु भण्डारी, वरिष्ठ अधिबक्ता बिष्णु भट्टराई,राजाराम बर्तौला, बिश्नुगोपाल श्रेष्ठ ,उज्वल पोखरेल लगायतले बोलेका थिए ।