२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar देशभरका विभिन्न राजमार्ग अवरुद्ध (सूचीसहित) News Polar ‘इन्टरनेटको शुल्क बढेको छैन, बढी शुल्क लिए कारबाही हुन्छ’ News Polar विभिन्न राजमार्ग अवरुद्ध News Polar लागुऔषधसहित विभिन्न स्थानबाट ३१ जना पक्राउ News Polar बिपी राजमार्ग अवरुद्ध News Polar १४ लाखभन्दा बढीका सामान र ई-लोडर बरामद News Polar भोटेकोशी बाढीः एक हजार ४५७ जनाको मृत्यु News Polar अण्डाको उत्पादन र खपत बढाउन आवश्यक News Polar आज यी प्रदेशमा वर्षाको सम्भावना News Polar चियाको गुणस्तर सुधार्न परीक्षण प्रयोगशाला स्थापनाको पहल News Polar चितवन मेडिकल कलेजद्वारा स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण News Polar परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल मोस्टिनबिच भेटवार्ता News Polar आज यस्तो छ विदेशी मुद्राकाे विनिमय दर News Polar आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै News Polar भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौ पैदल हिँडेका किसानलाई बजारको चिन्ता News Polar कांग्रेस सभापतिमा गगन थापा विजयी News Polar सगरमाथा आरोही हरिलाले ल्याइन् वृत्तचित्र, News Polar नक्कली शैक्षिक प्रमाणपत्रको आरोपपत्र दायर News Polar यात्रुवाहक बसको ठक्करबाट वरिष्ठ लेखा अधिकृतको मृत्यु News Polar बिमिस्टेक सम्मेलनको पूर्वसन्ध्यामा उद्योगी–व्यवसायीसँग गृहमन्त्रीको अन्तरक्रिया

अध्यक्षद्वय ओली र प्रचण्ड आमने सामने: पेस गरिएका राजनीतिक प्रतिवेदनमाथि छलफल हुने

अध्यक्षद्वय ओली र प्रचण्ड आमने सामने: पेस गरिएका राजनीतिक प्रतिवेदनमाथि छलफल हुने
अ अ+ अ-

काठमाडौं । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेस गरेको फरक/फरक राजनीतिक प्रतिवेदनमाथि छलफल हुने भएको छ । दुवै प्रतिवेदनमाथि आजबाट छलफल हुन लागेको हो । सचिवालय बैठकमा अध्यक्षद्वयको फरक/फरक राजनीतिक प्रतिवेदन पेस भएपछि विवाद र आरोप-प्रत्यारोप झन बढ्दै गएको छ ।

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले बहुमत सचिवालयको निर्णय प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीले मान्नुपर्ने बताउँदै आएका छन् । तर अध्यक्ष ओली पक्षले भने पार्टीको अन्तरिक विधानअनुसार सहमति कायम गरेर अगाडि बढनुपर्ने अडान राख्दै आएका छन् । दुवै पक्षले आ–आफ्नो अडान कायमै राखेको अवस्थामा पार्टीको स्थायी कमिटी र केन्द्रीय कमिटीमा अध्यक्षद्वयको प्रतिवेदनमाथि छलफल हुने भएको छ । बहुमतीय प्रक्रियाबाट निर्णय भएको अवस्थामा पार्टीको सचिवालय स्थायी कमिटी र केन्द्रीय कमिटीमा अध्यक्ष ओली अल्पमतमा पर्ने दाबी गरिएको छ ।

प्रचण्डले पेस गरेको १९ पेजको राजनीतिक प्रतिवेदनका विरुद्ध अध्यक्ष ओलीले ३८ पेज लामो जवाफी राजनीतिक प्रतिवेदन पेस गर्नुभएको छ । दुई अध्यक्षबीच देखिएको आरोप–प्रत्यारोपको कारण पार्टी एकता नै संकटमा पर्ने चिन्तासमेत पार्टीभित्र देखापरेको एक स्थायी समिति सदस्यले बताए । प्रचण्डको राजनीतिक प्रतिवेदनमा अध्यक्ष ओलीले त्याग गरेर अहिलेको समस्या समाधान गर्नुपर्ने माग गरिएको छ भने ओलीको प्रतिवेदनमा गत भदौ २६ गते स्थायी कमिटी बैठकले गरेको निर्णयको आधारमा अगाडि बढ्नुपर्ने उल्लेख गरिएको छ । दुवै अध्यक्षले एक अर्कालाई आरोप प्रत्यारोप गरेर प्रतिवेदन पेस गरे पनि पार्टी एकतालाई बचाएरै अगाडि बढ्नुपर्ने निष्कर्ष निकालेका छन् ।

प्रचण्डको प्रतिवेदनपछि अध्यक्ष ओलीले नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्नसमेत आफू तयार रहेको प्रतिवेदनमा उल्लेख गर्नुभएको छ । यसपटक प्रचण्ड–नेपाल समूहले नयाँ सहमति गरेर अगाडि बढ्नुपर्ने अडान राखेको छ भने ओली पक्षले गत भदौ २६ गतेको स्थायी कमिटी बैठकले गरेको निर्णयलाई आधार मानेर अहिले देखिएको समस्या समाधान गर्नुपर्नेमा जोड दिएको छ । नेकपाका वरिष्ठ नेता झलनाथ खनालले अध्यक्षद्वयको फरक(फरक राजनीतिक प्रतिवेदन पेस गरे पनि पार्टी विभाजित नहुने बताउनुभएको छ । उहाँले भन्नुभयो– ‘हामी पार्टी फुटाउने पक्षमा छैनौं, बहस छलफलबाटै हामी पार्टीलाई बलियो बनाउन चाहन्छौं। तसर्थ बहस, छलफलबाट आत्तिनुपर्दैन ।’ उहाँले पार्टीभित्र देखापरेको समस्यालाई विधि सम्मत ढंगले हल गरेर अगाडि जानुको विकल्प नभएकोे बताउनुभयो ।

अध्यक्ष प्रचण्डले आफूसँग परामर्श नै नगरी सचिवालय बैठकमा राजनीतिक प्रतिवेदन पेस गरेसँगै अध्यक्ष ओलीले पूर्वएमालेका शीर्ष नेताहरुको साथ खोज्दै आउनुभएको छ । प्रचण्डसँग खटपट बढेपछि वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष वामदेव गौतमसँग पटक–पटक छुट्टाछुट्टै छलफल गरे पनि आफ्नो पक्षमा ल्याउन सक्नुभएको छैन । विगतमा नेपाल वा गौतमलाई आफ्नो पक्षमा पारेर आफू अनकूल निर्णय गराउँदै आउनुभएका ओलीका सामु अहिले पूर्वएमाले समूह नै विभाजित भएको छ ।

यसैबीच युवा नेताहरुले दुवै अध्यक्षले विश्राम लिने निर्णय गरे पार्टी युवाहरुले चलाउने बताउँदै आएका छन् । ऊर्जा मन्त्री वर्षमान पुनले दुवै नेताहरुलाई विश्राम लिन आग्रह गर्दै सरकार र पार्टी अब युवा पुस्ताले चलाउन सक्ने बताउनुभएको छ । नेपाल समाचारपत्र दैनिक