११ पुष २०८१, बिहीबार
,
Latest
सङ्खुवासभामा ३४ करोड बढीको सुन्तला कारोबार जब कोहलीले ब्रेकफास्टपछि नेपाली शेफसँग फोटो खिचाए क्रिसमसको शुभकामनामा पनामा नहर, क्यानाडा र ग्रिनल्यान्ड अधिग्रहण गर्ने ट्रम्पको आह्वान दोहोरियो खैरहनी महोत्सवमा महको प्रवर्द्धन गरिँदै बाहिर गएका जनशक्ति फर्काउने विषयमा सम्मेलन प्रभावकारी बन्नेछः स्वास्थ्यमन्त्री स्थानीय तहका विपद् जोखिम न्युनिकरण सम्बन्धी संरचना बलियो बनाउनुपर्छः गृहमन्त्री लेखक तरकारी बिक्रीबाट दैनिक दुई हजार आम्दानी सिरियाको टार्टस प्रान्तमा भएको झडपमा १७ जनाको मृत्यु सिचुआन एअरलाइन्सको चार्टर्ड विमान पोखरामा जब कोहलीले अस्ट्रेलियाका युवा खेलाडी कन्स्टासलाई धक्का दिए
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीबाट महिला भलिबल खेलाडीलाई पुरस्कार वितरण



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘काभा वुमन्स भलिबल नेसन्स लिग, २०२४’ प्रतियोगितामा सहभागी खेलाडीलाई आज पुरस्कार वितरण गर्नुभएको छ ।

प्रधानमन्त्री निवास, बालुवाटारमा आयोजित कार्यक्रमबीच टोलीका क्याप्टेन अरुणा शाहीसहित १४ खेलाडीलाई जनही तीन लाख, मुख्य प्रशिक्षक जगदीशप्रसाद भट्टलाई, दुई लाख, सहायक प्रशिक्षक भरत यादव, व्यवस्थापक निलमसिंह बज्राचार्यलाई र फिजियो लोकेन्द्र कुँवरलाई जनही एक लाख २० हजार राशीको पुरस्कार प्रदान गर्नुभएको हो ।

गत साउन १७ देखि २३ गतेसम्म काठमाडौंमा भएको उक्त खेलमा नेपालले उत्कृष्ट प्रदर्शनसहित दोस्रो स्थान हासिल गरेको थियो । मन्त्रिपरिषद्को गत साउन ३१ गतेको निर्णयबाट सहभागी खेलाडी र प्रशिक्षलगायतलाई गरी कुल ४७ लाख ६० हजार पुरस्कार रकम दिने निर्णय गरेको थियो । यसअघि प्रधानमन्त्री ओलीले यही भदौ २ गते सहभागी खेलाडी र प्रशिक्षकलगायतसँग भलिबल खेलको विकासका लागि प्रधानमन्त्री निवासमा छलफल गर्नुभएको थियो ।