७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासको अवलाेकन News Polar एमाले केन्द्रीय कमिटीको बैठकको आज तेस्रो दिन पनि केन्द्रीय सदस्यहरुले धारणा राख्ने News Polar निर्माण ढिलाइले अलपत्र बन्दै लमजुङको निर्वाचन क्षेत्र रणनीतिक सडक News Polar न्यूयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता News Polar अकबरे खुर्सानीले बजार र मूल्य नपाउँदा भकिम्लीका किसान चिन्तित News Polar जलवायु परिवर्तनको मूल्य कमजोर देशहरूले तिर्नु परिरहेको छ: एन्टोनियो गुटेरेस News Polar आजदेखि पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान, पोखरामा उत्साह News Polar सिद्धबाबा सुरुङमार्गः आगामी मङ्सिरभित्रै गाडी गुडाउने तयारी News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar आज देशैभर कांग्रेसको पालिका अधिवेशन News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी

प्रधानमन्त्री ओलीलाई भारतको निम्तो आएन, अब अमेरिका जाने

प्रधानमन्त्री ओलीलाई भारतको निम्तो आएन, अब अमेरिका जाने
अ+ अ-

काठमाडौं । चौथो पटक प्रधानमन्त्री भएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भारतले भ्रमणको निम्तो दिएको छैन । यसअघि नेपालमा प्रधानमन्त्री परिवर्तन हुनेवित्तिकै भारतले भ्रमणको निम्ता दिने गरेको थियो । तर यस पटक ओलीलाई अहिलेसम्म भारतले औपचारिक निमन्त्रण गरेको छैन ।

भारतको भ्रमणबाटै विदेश भ्रमण गर्ने प्रधानमन्त्री ओलीको चाहनामा ठेस लागेको छ । अब प्रधानमन्त्री ओलीको पहिलो विदेश भ्रमण अमेरिका हुने भएको छ । संयुक्त राष्ट्र संघ महासभामा भाग लिन प्रधानमन्त्री ओली असोज ४ गते अमेरिका जाने छन् । राष्ट्र संघमा १० गते सम्बोधन गर्ने कार्यक्रम छ ।

परराष्ट्र मन्त्रालयले प्रधानमन्त्रीको अमेरिका भ्रमणबारे तयारी सुरु गरिसकेको छ ।

थाइल्याण्डको बैंककमा भदौ १८ र १९ गतेका लागि तय भएको बिमस्टेक शिखर सम्मेलन स्थगित भएपछि प्रधानमन्त्री ओलीको अहिलेसम्मको अर्को औपचारिक विदेश भ्रमण तालिका अमेरिका हो ।

प्रधानमन्त्री ओलीको चाहना चाहिँ भारत भ्रमण नै थियो । उनले भारतीय पक्षबाट औपचारिक निमन्त्रण आए त्यहाँ पुगेर मात्र अमेरिका जाने मनस्थिति बनाएका थिए । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री ओलीलाई फोन गरेर प्रधानमन्त्रीमा चयन भएकोमा बधाइ दिए पनि पनि भ्रमणको औपचारिक निमन्त्रण पठाएका छैनन् । बधाइ दिने क्रममा मोदीले आगामी दिनमा भ्रमणको लागि तयारी गर्न भने भनेका थिए ।

त्यसो त परराष्ट्र मन्त्री आरजु राणा नयाँ दिल्लीमा जाँदा पनि ओलीका लागि औपचारिक पत्र आएको छैन । परराष्ट्र मन्त्री राणाले भने भारतका प्रधानमन्त्री मोदीलाई नेपालको प्रधानमन्त्रीका तर्फबाट निमन्त्रणा दिइसकेकी छन् ।

त्यसअघि भारतीय विदेशसचिव विक्रम मिश्री काठमाडौं आउँदा पनि प्रधानमन्त्री ओलीको भारत भ्रमणबारे अनौपचारिक कुरा भएको थियो । उनले पनि औपचारिक निमन्त्रण दिएका छैनन् ।

प्रधानमन्त्री ओलीले भने औपचारिक निमन्त्रणा पर्खिरहेको श्रोतको दाबी छ । तर दुबै देशका प्रधानमन्त्रीको एक–अर्को देशमा भ्रमण कहिले हुने भन्ने अहिलेसम्म निश्चित छैन । परराष्ट्र मन्त्रालयले भने दुवै देशबीच प्रधानमन्त्रीको भ्रमणलाई लिएर आन्तरिक तयारी भइरहेको जनाएको छ ।

प्रधानमन्त्री ओली निकटका नेताहरु पनि भारतबाटै पहिलो भ्रमणका लागि आन्तरिक तयारी भइरहेको तर टुङ्गो नलागेको बताउँछन् । उहाँको भारत भ्रमणको टुंगो नलागे पनि प्रधानमन्त्रीको महासभामा जाने मिति र कार्यक्रम भने सार्वजनिक भइसकेको छ ।

संयुक्त राष्ट्रसंघको महासभामा रहँदा प्रधानमन्त्री ओलीले सार्क राष्ट्रका प्रमुखहरुसँग भेटवार्ताको पनि तयारी भइरहेको छ ।