• २९ भाद्र २०८१, शनिबार
  •      Sat Sep 14 2024
  •   Unicode
Logo
Latest
★   काठमाडौंका केही ठाउँमा आज पाँच घन्टासम्म विद्युत् अवरूद्ध हुने ★   बालबालिकाको हकसम्बन्धी कानुनको पालना गर्नुपर्छ : उपराष्ट्रपति यादव ★   २०८१ भित्रै सडक बालबालिकालाई सडकबाट मुक्त गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता ★   तरकारीखेतीबाटै छोराछोरीलाई डाक्टर र इन्जिनियर पढाउँदै उर्मिला ★   बाँकेमा धानजोनद्वारा दुई हजार तीन सय हेक्टरमा खेती ★   छोरीबुहारीलाई उच्चशिक्षाको अवसर बन्दै बर्दिबास क्याम्पस ★   आज कहाँ-कहाँ छ भारी वर्षाको सम्भावना ? ★   एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८०: एरिका र रोहित वर्ष खेलाडी- फोटो फिचर ★   हिउँ रहे पो हिमालचुली ! फोटो फिचर ★   रंगीन आकाशको पृष्ठभूमिमा धरहरा

एसियनले ल्यायो कोदोको बिस्कुट, दसैँतिहार अगाडि नै भारतीय बजारमा निर्यातको लक्ष्य



विराटनगर । विराटनगरको एसियन बिस्कुट इन्डस्ट्रिजले कोदोको पिठोबाट बिस्कुटको उत्पादन र बजारीकरण गर्न थालेको छ। नेपालमा कर्पोरेट लेभलबाट पहिलो पटक एसियन बिस्कुटले कोदोको बिस्कुटको उत्पादन सुरु गरेको हो ।

केही समययता पश्चिम नेपालमा घरेलु र लघु उद्योगका स्तरमा स्थानीय उत्पादनका रूपमा यस्तो बिस्कुटको उत्पादन भइरहेको छ। तर एसियनले एकै चोटि देशभरि नै बजारीकरण र निर्यात समेत गर्ने उद्देश्यले अटोमेटिक मेसिनबाट ठूलो परिमाणमा कोदोको बिस्कुटको उत्पादन हुन थालेको जनाएको छ।

उद्योगले नेपालका कच्चा पदार्थको प्रवर्धन र मानव स्वास्थ्यलाई दृष्टिगत गर्दै कोदोको पिठोबाट बिस्कुटको उत्पादन सुरु गरेको बताएको छ । उद्योगका संचालक आशिष् जाजूले यस बिस्कुटको मुख्य कच्चा पदार्थ नेपालकै पहाडी क्षेत्रको उत्पादन कोदो भएको बताए ।