१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar सहकारीका ऋणीलाई ११ करोड असुली News Polar मानवीय संकटमा परेका १२ देशलाई संयुक्त राष्ट्रसंघको १६ करोड डलर सहयोग News Polar पाकिस्तानको निर्यातमा तीव्र वृद्धि, सेप्टेम्बरमा पुग्यो दुई अर्ब ९४ करोड डलर News Polar सुदूरपश्चिम हुँदै यस वर्षको मनसुन बाहिरिने News Polar ललितपुरका अधिकांश सम्पदा संरक्षण तथा पुनर्निर्माणका काम गरिसक्यौँः चिरिबाबु महर्जन News Polar जलवायु न्यायको बाटोमा घरेलु सुशासनको ऐना News Polar कुलेखानी ड्याम सुरक्षित छः ऊर्जामन्त्री श्रेष्ठ News Polar अमेरिका–बेलायतका दुई घटनामा इरानमाथि आशंका,अनुसन्धान जारी News Polar जी–७ राष्ट्रद्वारा १० करोड ब्यारेल तेल बजारमा ल्याउने सहमति News Polar ‘सडक दुर्घटना घटाउनु चालकदेखि नागरिकसम्मको जिम्मेवारी हो’ News Polar काँग्रेस फुटेको छैन, विवाद मिलाउने जिम्मेवारी हाम्रो होः डा. सुनिल शर्मा News Polar जापानीज इन्सेफलाइटिसबाट हालसम्म १३१ जनामा सङ्क्रमण News Polar सम्पदा संरक्षणसम्बन्धी कानुन निर्माणको प्रयास गर्ने सभामुखको प्रतिबद्धता News Polar वरिष्ठ पत्रकार लम्सालको निधन News Polar कंगोमा इबोला संक्रमण केही क्षेत्रमा घट्दो, मृतकको संख्या ४ हजार नाघ्यो News Polar डा सुनिल शर्माले गरे काँग्रेस महामन्त्रीमा उम्मेद्वारी घोषणा News Polar आज १६ दिने महालक्ष्मी व्रत विधिपूर्वक समापन गरिँदै News Polar प्रिय टेकराज ! तिमीलाई बिदाइ होइन, बस् सम्मान… News Polar विश्व शेर्पा सम्मेलनको तयारी पूरा, २५ देशबाट प्रतिनिधि सहभागी हुने News Polar टर्की र युक्रेनबीचको स्वतन्त्र व्यापार सम्झौता कार्यान्वयनमाः द्विपक्षीय व्यापारमा नयाँ आयाम

दक्षिण एसियाको वायु प्रदूषणमा कमी

दक्षिण एसियाको वायु प्रदूषणमा कमी
अ अ+ अ-

काठमाडौँ । सन् २०२२ मा दक्षिण एसियाको वायुको गुणस्तरमा देखिएको आश्चर्यजनक सुधारले विश्वव्यापी प्रदूषणमा पनि सुधार आएको वायुको गुणस्तर र जीवन सुचकाङ्क (एक्यूएलआई)को बुधबार सार्वजनिक नयाँ प्रतिवेदनमा जनाइएको छ । यद्यपि, तत्कालिन समयको अनुकुल मौसमले सुधारका लागि सम्भावित भूमिका खेलेको हुनसक्ने बताइएको छ ।

तत्कालिन समयमा भएको नियमित बर्षा र कोभिडका कारण विश्वव्यापीरूपमा भएको लकडाउनका कारण प्रदुषणमा भूमिका खेल्न जिम्मेवार सवारी साधनको कम प्रयोग हुनु, कलकारखानामा गतिविधि रोकिनु र वातावरण सुधारका लागि गरिएका पहलहरूले काम गर्नुलगायतले वायुको गुणस्तर सुधारमा भूमिका खेलेको हुनसक्ने अध्ययनले देखाएको छ ।

यस क्षेत्रमा खतरनाक वायु प्रदुषणका कारण यहाँका बासिन्दाको औसत आयु ३.५ वर्षभन्दा बढीले घट्ने एक्यूएलआईले चेतावनी दिएको छ ।

सन् २०२२ को भू–उपग्रहको तथ्याङ्कले वायुप्रदुषणमा आश्चर्यजनक रूपमा १८ प्रतिशतले गिरावट देखाएकोबाहेक दुई दशकदेखि दक्षिण एसियामा वायु प्रदूषण वार्षिक रूपमा बढिरहेको छ ।

युनिभर्सिटी अफ सिकागोको एनर्जी पोलिसी इन्स्टिच्युट(इपीआईसी) ले तयार पारेको प्रतिवेदनअनुसार श्रीलङ्काबाहेक यस क्षेत्रका हरेक देशमा वायु प्रदूषण घटेको छ ।

“दक्षिण एसियामा वायुको गुणस्तर मापन गर्ने ‘पार्टिकुलेट म्याटर (पीएम २.५) को स्तर कुन कारणले घट्यो भन्ने निर्णायक रूपमा निर्धारण गर्न गाह्रो भएपनि अनुकूल मौसमी अवस्थालाई यसको श्रेय दिन सकिन्छ,” प्रतिवेदनमा भनिएको छ।

सन् २०२२ मा यस क्षेत्रमा औसतभन्दा बढी वर्षा र अनुकुल मौसमी अवस्थाले प्रतिवेदनको सिद्धान्तलाई समर्थन गर्दछ ।

दक्षिण एसियाका मानिसहरूले अझै पनि विश्व स्वास्थ्य सङ्गठनले सुरक्षित ठानेको भन्दा आठ गुणा बढी प्रदूषित हावामा श्वास लिइरहेका छन् । “नीति परिवर्तनले प्रभाव पारेको छ कि छैन भनेर समयले मात्र बताउनेछ,” प्रतिवेदनमा जनाइएको छ ।

“निरन्तर अवलोकन, नीति कार्यान्वयनका लागि प्रयास र नीतिगत हस्तक्षेपका प्रभावहरूको अनुगमन प्रदुषण गिरावटको कारक बुझ्न र कायम राख्न महत्वपूर्ण हुनेछ,” प्रतिवेदनमा भनिएको छ ।

दक्षिण एसियामा मापन भएको गिरावटसँगै वायु प्रदूषणमा नौ प्रतिशत विश्वव्यापी गिरावट मापन भएको छ । खराब वायु गुणस्तरका कारण मध्यपूर्व र उत्तरी अफ्रिकासहित अन्य ठाउँमा एक वर्ष अघिको तुलनामा वायु प्रदूषण १३ प्रतिशतले बढेको छ।

प्रतिवेदनले वायुको गुणस्तरको नियमित तथ्याङ्कको अभावले नीति निर्माण र कार्यान्वयनमा बाधा पुर्‍याइरहेको बताएको छ ।

यस वर्षको सुरुमा, ‘इपीआईसी’ को स्वच्छ हावा कार्यक्रमले विश्वव्यापी वायु प्रदुषणबारे खुला तथ्याङ्क प्रदान गर्ने वायुको गुणस्तर अनुगमन केन्द्रहरूको स्थापनाको लागि १.५ मिलियन डलर रकमको कोष सुरु गरेको हो । वायु प्रदूषणले मानव स्वास्थ्यमा पार्ने गम्भीर प्रभावको तुलनामा यो अपेक्षाकृत थोरै रकम हो ।

उदाहरणका लागि, अफ्रिकाका केही सबैभन्दा प्रदूषित देशहरूमा “एचआईभी/एड्स, , मलेरियाजस्ता घातक रोगभन्दा वायु प्रदुषणले मानिसको आयुमा बढी गम्भीर खतरा निम्त्याउने प्रतिवेदनमा जनाइएको छ ।

तथापि, प्रदुषित हावासँग लड्नका लागि चीनले उल्लेखनीय प्रयासहरू जारी राखेको छ । यसले ठूला सहरमा सवारीसाधनको सङ्ख्या सीमित गर्ने, उद्योगको क्षमता घटाउने र केही क्षेत्रबाट नयाँ कोइलाखानी प्रतिबन्धित गर्नेजस्ता उपायहरू अवलम्बन गरेको छ ।

सन् २०१३ देखि चीनको वायु प्रदूषण ४१ प्रतिशतले घटेको र यहाँका नागरिकहरूको औसत आयु दुई वर्षले बढेको एक्युएलआईले बताएको छ । तथापि, अझै पनि चीनमा प्रदूषण विश्व स्वास्थ्य सङ्गठनको दिशानिर्देशभन्दा पाँच गुणा बढी छ ।