१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar सहकारीका ऋणीलाई ११ करोड असुली News Polar मानवीय संकटमा परेका १२ देशलाई संयुक्त राष्ट्रसंघको १६ करोड डलर सहयोग News Polar पाकिस्तानको निर्यातमा तीव्र वृद्धि, सेप्टेम्बरमा पुग्यो दुई अर्ब ९४ करोड डलर News Polar सुदूरपश्चिम हुँदै यस वर्षको मनसुन बाहिरिने News Polar ललितपुरका अधिकांश सम्पदा संरक्षण तथा पुनर्निर्माणका काम गरिसक्यौँः चिरिबाबु महर्जन News Polar जलवायु न्यायको बाटोमा घरेलु सुशासनको ऐना News Polar कुलेखानी ड्याम सुरक्षित छः ऊर्जामन्त्री श्रेष्ठ News Polar अमेरिका–बेलायतका दुई घटनामा इरानमाथि आशंका,अनुसन्धान जारी News Polar जी–७ राष्ट्रद्वारा १० करोड ब्यारेल तेल बजारमा ल्याउने सहमति News Polar ‘सडक दुर्घटना घटाउनु चालकदेखि नागरिकसम्मको जिम्मेवारी हो’ News Polar काँग्रेस फुटेको छैन, विवाद मिलाउने जिम्मेवारी हाम्रो होः डा. सुनिल शर्मा News Polar जापानीज इन्सेफलाइटिसबाट हालसम्म १३१ जनामा सङ्क्रमण News Polar सम्पदा संरक्षणसम्बन्धी कानुन निर्माणको प्रयास गर्ने सभामुखको प्रतिबद्धता News Polar वरिष्ठ पत्रकार लम्सालको निधन News Polar कंगोमा इबोला संक्रमण केही क्षेत्रमा घट्दो, मृतकको संख्या ४ हजार नाघ्यो News Polar डा सुनिल शर्माले गरे काँग्रेस महामन्त्रीमा उम्मेद्वारी घोषणा News Polar आज १६ दिने महालक्ष्मी व्रत विधिपूर्वक समापन गरिँदै News Polar प्रिय टेकराज ! तिमीलाई बिदाइ होइन, बस् सम्मान… News Polar विश्व शेर्पा सम्मेलनको तयारी पूरा, २५ देशबाट प्रतिनिधि सहभागी हुने News Polar टर्की र युक्रेनबीचको स्वतन्त्र व्यापार सम्झौता कार्यान्वयनमाः द्विपक्षीय व्यापारमा नयाँ आयाम

नेपाल वायुसेवा निगमका तीन वटा जहाज ग्राउण्डेड हुँदा अन्तर्राष्ट्रिय उडान प्रभावित

नेपाल वायुसेवा निगमका तीन वटा जहाज ग्राउण्डेड हुँदा अन्तर्राष्ट्रिय उडान प्रभावित
अ अ+ अ-

काठमाडौँ । नेपाल वायुसेवा निगमका तीन वटा जहाज ग्राउण्डेड हुँदा उडान प्रभावित भएको छ ।

वायुसेवा निगमसँग भएका चारवटा जहाजमध्ये ३ वटा जहाज ग्राउण्डेड हुँदा दुई दिनदेखि अन्तर्राष्ट्रिय उडान प्रभावित भएको हो । निगमको न्यारोबडी मंगलवार ‘ग्राउण्डेड’ हुँदा काठमाडौं, हङकङ, दोहा र दुबईमा ८ सय हाराहारी यात्रु प्रभावित भएका छन् । निगमको न्यारोबडी जहाजमा हाइड्रोलिकमा आएको समस्याका कारण सबै उडानहरु रद्ध हुँदा यात्रुहरु प्रभावित बन्न पुगेका हुन् । अन्तर्राष्ट्रिय उडानका लागि निगमसँग रहेका ४ जहाजमध्ये ३ जहाज ‘ग्राउण्डेड’ भएका छन् ।

न्यारोबडी ‘सगरमाथा’मा हाइड्रोलिकमा समस्या देखिएसँगै नागरिक उड्डयन प्राधिकरणले जहाज ग्राउण्डेड गराएको थियो । न्यारोबडी ‘सगरमाथा’मार्फत १५६ यात्रु लिएर काठमाडौंबाट हङकङ उड्ने जहाज ग्राउण्डेड भएपछि यात्रुहरुलाई दिनभर र्‍याडिसनको लाउन्जमा राखेर अन्य विदेशी वायुसेवाको टिकट किनेरै गन्तव्यमा पठाउने प्रवन्ध मिलाएको निगमका प्रवक्ता रमेश पौडेलले बताउनु भयो । उहाँले निगमले हङकङ उड्ने र आउने दुवैतर्फका यात्रुलाई निगमले अलपत्र नपारेको भन्दै अन्तर्राष्ट्रिय मापदण्डअनुसार होटलमा व्यवस्थापन गरिएको बताउनु भयो । उहाँले अन्य विदेशी जहाजको टिकट काटेर यात्रुहरुलाई गन्तव्यमा पुर्‍याउने काम गरेको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘जहाज फेरि ग्राउण्डेड हुँदा केही समस्या परेको छ । तर यात्रुहरुलाई निगमले अलपत्र बनाउने काम गरेको छैन । जिम्मेवार अन्तर्राष्ट्रिय एयरलाइन्सको मूल्य मान्यता हुन्छ । यात्रुहरुलाई होटलमा बासको व्यवस्था गरी अन्य वायुसेवाबाट उडानको व्यवस्था गरी गन्तव्यमा पुर्‍याउने काम गरिरहेका छौं ।’

प्रवक्ता पौडेललकाअनुसार अन्तर्राष्ट्रिय नियमअनुसार विदेशमा अलपत्र पर्ने यात्रुलाई पाँचतारे होटलमा राख्नैपर्ने व्यवस्थाअनुसार निगमले नियमअनुसार यात्रुहरुलाई होटलमा राखेको उल्लेख गर्नुभयो । यसरी निगमले अन्तिम समयमा उडान रद्ध हुँदा अन्तर्राष्ट्रिय मापदण्डअनुसार यात्रुहरुको व्यवस्थापन र टिकटमा मंगलवारको उडानबाट एक करोड रुपैयाँ गुमाउन पुगेको छ ।

निगमका प्रवक्ता पौडेलकाअनुसार निगमसँग न्यारोबडी र वाइडबडी विमान दुई–दुई वटा रहेका छन् । तर एउटा वाइडबडी विस्तृत मर्मत (सी–चेक) का लागि दुई महिनादेखि इटालीमा अलपत्र अवस्थामा रहेको छ । प्रवक्ता पौडेलले अलपत्र नभई सम्पूर्ण जाँच सकेर अगस्ट महिनामा नेपालमा ल्याउने तयारी रहेको उल्लेख गर्नुभयो । उहाँले अर्को वाइडबडी ‘सी–चेक’ कै लागि बुधवार बेलुकी इटाली पठाउने तयारीमा रहेको जानकारी दिनुभयो । यता आन्तरिक उडानमा रहेका निगममा दुई वटा ‘ट्विनअटर’ मध्ये एउटा मात्रै उडानमा रहेको छ । आन्तरिक उडान गर्ने एउटा ‘ट्विनअटर’ जहाज लामो समयदेखि बिग्रिएर बसेको छ । निगमले अहिलेको जहाज ग्राउण्डेडको समस्या अल्पसमयको लागि भएको भन्दै निगमले छिटै जहाजको व्यवस्थापन गरी नियमित उडान गर्ने उल्लेख गर्नुभयो ।

प्रवक्ता पौडेलले भन्नुभयो,‘नेपाल वायुुसेवा निगमका दुई वटा वाइडबडी ३३०,दुई वटा २२० न्यारोबडी जहाज,दुई वटा ट्विनअटर जहाज सञ्चालनमा रहेको अवस्था हो । चार जहाज मध्ये नाइनएन एएल जेड जहाज आज दुबई हुँदै इटालीमा मर्मतको लागि जाँदैछ । निगमको एएलवाई जहाज इटलीमा नै मर्मत भइरहेको छ । उक्त जहाज अगस्टभित्र नै आउने गरी काम भइरहेको छ ।’

निगमकाअनुसार न्यारोवडी जहाजमा देखिएको समस्या अल्पकालिन रहेको भन्दै एक/दुई दिनभित्र समाधान हुनेछ । निगमका प्रवक्ता पौडेलले अन्य अन्तर्राष्ट्रिय उडानहरुमा पनि जहाज ग्राउण्डेड हुने समस्या भएपनि धेरै जहाज हुँदा उडान प्रभावित नहुने गरेको बताउनु भयो । उहाँले धेरै जहाज भएका कम्पनीमा एक दुई वटा जहाजमा समस्या आउँदा कुनै समस्या पर्दैन तर वायुसेवा निगमसँग जहाजको कमीको कारण समस्या आएको बताउनु भयो । उहाँले निगममा आएको समस्याको मुल जरो निगमसँग जहाज कमी भएको बताउनु भयो । उहाँले धेरै जहाज भएको भए समस्या सतहमा आउने नहुने बताउनु भयो ।