२५ भाद्र २०८३, बिहीबार
,
Latest
अस्पतालले भर्ना नलिएपछि सडकमा सुत्केरी, संसद्मा उठ्यो प्रश्न केही जिल्लामा अब घरेलु कार्यालयबाट यातायातको काम गरिन्छः मुख्यमन्त्री आचार्य उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवद्वारा राजीनामा नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा प्रदेश प्रमुखसमक्ष लोक सेवा आयोगको प्रतिवेदन पेश नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा हाम्रो पात्रो प्रयोगकर्ताबाट विपद् उद्धार कोषमा १ करोड २५ लाख सहयोग रसुवा बाढीमा मृत्यु हुनेको संख्या १,३७७ पुग्यो, ५ हजारभन्दा बढी बेपत्ता ग्यास अभावबारे मन्त्रीको अभिव्यक्तिप्रति महासंघको आपत्ति भोटेकोशी बाढीः आठ मिलियन युरो सहायता
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपा एसका जिल्ला कमिटी उपाध्यक्ष र सचिव एमालेमा फर्किए



अ+ अ-

काठमाडौं । नेकपा एकीकृत समाजवादी काठमाडौं जिल्ला कमिटी उपाध्यक्ष बटुकृष्ण थापा र सचिव ध्रुवराज न्यौपानेलगायतका नेता–कार्यकर्ता नेकपा एमालेमा नै फर्कनु भएको छ ।

हिजो सो पार्टी परित्याग गर्नुभएका नेताहरू आज पुरानै पार्टी नेकपा एमालेमा फर्कनु भएको हो । एमाले फर्कनु भएका नेता रुललाई नेकपा एमाले वाग्मती प्रदेश इञ्चार्ज राजन भट्टराई, काठमाडौं जिल्ला इन्चार्ज आनन्द पोखरेललगायतका नेताहरूले पार्टीमा स्वागत गर्नुभयो । सो पार्टीका एक सय बढी नेता कार्यकर्ता नेकपा एमालेमा फर्कनु भएको एमाले स्थायी कमिटी सदस्य समेत रहनुभएका भट्टराईले जानकारी दिनुभयो ।

एकीकृत समाजवादीमा पदाधिकारी र पोलिटब्युरो सदस्य चइन भइरहँदा काठमाडौं अधिकांश नेताहरूले सो पार्टी परित्यागको घोषणा गर्नुभएको थियो । एकीकृत समाजवादी पार्टीले विद्रोहको औचित्य पुष्टि गर्न नसकेकोले आफूहरू पुरानै पार्टीमा फर्किएको उहाँहरूले बताउनुभयो ।