२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बंगलादेशविरुद्ध नेपालले एक गोल फर्कायो



अ+ अ-

काठमाडौं । साफ यू–२० च्याम्पियनसीपको फाइनलमा बंगलादेशविरुद्ध नेपालले एक गोल फर्काएको छ ।

नेपालले ७९औँ मिनेटमा पहिलो गोल गरेको हो । खेलमा बंगलादेश ३–१ गोलले अगाडि छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा जारी खेलमा बंगलादेशले नेपालको पोष्टमा तीन गोल गरिसकेको छ ।

खेलको ७१ औं मिनेटमा बंगलादेशका रवि हुसेनले गोल गरे ।त्यसअघि दुई गोल भने मिराजुलले गरेका थिए । उनले पहिलो गोल पहिलो हाफको इन्जुरी टाइममा र दोस्रो गोल ५५ औं मिनेटमा गरेका थिए ।