२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड खिम्ती जलविद्युत्को शेयर हस्तान्तरण टुंग्याउन प्राधिकरणले पुनर्गठन गर्‍यो वार्ता समिति सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल
तपाईं के खोज्दै हुनुहुन्छ ?

गौरा पर्व मनाउन परराष्ट्रमन्त्री डा राणा धनगढीमा



अ+ अ-

काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले गौरा पर्व मनाउन आज धनगढी आउनुभएको छ । उहाँले गौराले समाजलाई एक सूत्रमा बाँधेको बताउनुभएको छ । गौरा पर्व मनाउन धनगढी पुग्नुभएकी मन्त्री राणाले गौराको पूजाअर्चनापछि सञ्चारकर्मीहरूसँग प्रतिक्रिया दिँदै सो कुरा बताउनुभएको हो।

उहाँले गौरा पर्वलाई समृद्धिको पर्वको रूपमा समेत रहेको बताउनुभयो । हरेक वर्ष गौरा पर्व मनाउन आफू धनगढीस्थित घरमा आउने गरेको बताउनुहुँदै उहाँले भन्नुभयो, ‘धनगढी घरमा हामी हरेक वर्ष गौराको पूजाअर्चना गर्दै आएका छौँ । यही अवसरमा यसपटक पनि गौरा पूजनका लागि धनगढी आएको छु ।’ शनिबारदेखि आफूले गौराको व्रत बसेको बताउनुहुँदै उहाँले कार्य व्यस्तताका कारण यसपटक गौरा विसर्जन गर्न धनगढी पुगेको बताउनुभयो । गौराले सामाजिक एकता र भाइचाराको सम्बन्ध कायम गरेको समेत मन्त्री राणाले बताउनुभयो ।

मन्त्री राणालाई बुधबार बिहान धनगढी विमानस्थलमा कार्यकर्ता तथा समर्थकले भव्य स्वागत गरेका थिए ।

स्वागतमा सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाह, आर्थिक मामिला मन्त्री बहादुर सिंह थापा, सामाजिक विकास मन्त्री मेघराज खड्का, राज्यमन्त्री सरस्वती खड्का, पूर्व भौतिक पूर्वाधार मन्त्री प्रकाश बहादुर देउवा लगायतको उपस्थिति रहेको थियो ।

मन्त्री राणाले घरमा पुग्ने बित्तिकै गौरादेवीको दर्शन गर्नुका साथै पूजाअर्चना समेत गर्नुभएको थियो । उहाँ निवासमा पुगेपछि कार्यकर्ता तथा समर्थकहरूले डेउडा खेल्नुका साथै तथा गौरा पर्व सम्बन्धी फाग, अठेवाली समेत गाएका थिए । मन्त्री राणा दुई दिन धनगढीका विभिन्न कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको सचिवालयले जनाएको छ ।




भर्खरै